अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
कोहलपुर, १७ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप मावि स्थानीय तहबाट सञ्चालित देशकै पहिलो शैक्षिक संस्था भएको बताउँदै भक्तपुर नपाबाट २ वटा इन्जिनियरिङ कलेजसहित सातवटा शैक्षिक संस्थाहरू सञ्चालनमा रहेकोमा यस वर्षदेखि ख्वप कलेज अफ ल पनि सञ्चालनमा आइसकेको बताउनुभयो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को १०० वर्षपछिको भक्तपुरको परिकल्पना पूरा गर्ने उद्देश्यअनुरूप भक्तपुर शैक्षिक गन्तव्यस्थलको रूपमा विकास भइरहेको बताउँदै उहाँले नेमकिपाले देशघाती सन्धि सम्झौताको विरोध निरन्तर गर्दै आइरहेको बताउनुभयो ।
जनताको साथ र सहयोग भए असम्भव भनेको केही छैन, सबै चिज पैसा होइन भन्दै उहाँले विकास भनेको भौतिक निर्माणमात्र नभई असल सोच र चेतनाले हुने काम पनि हो भन्नुभयो ।
उहाँले सङ्घ, प्रदेश र स्थानीय तहले स्वतन्त्र र स्वायत्त ढङ्गले काम गर्न पाउनु नै प्रजातन्त्रको सुन्दरता भएको बताउनुभयो ।
मङ्गलबार एनटीभी कोहलपुरबाट प्रसारित मर्निङ संवाद कार्यक्रममा उहाँले देशका शैक्षिक संस्थाहरूमा भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले शैक्षिक गुणस्तरमा उचाइ प्राप्त गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले नगरको स्वास्थ्य क्षेत्रमा भइरहेको गतिविधिबारे अवगत गराउँदै भक्तपुर नपाले १०० शøयाको ख्वप अस्पताल सञ्चालनमा ल्याउनुका साथै नगरवासी जनतालाई निःशुल्क अक्सिजन र रगत उपलब्ध गराउँदै आएको बताउनुभयो ।
विदेशी सहयोगविना भक्तपुर नपाले विकास निर्माणका कार्यहरूलाई अगाडि बढाउँदै आएको बताउँदै उहाँले जनसहभागिता र जनश्रमदानबाट नै सम्पदा पुनःनिर्माण मौलिक शैलीमा हुँदै आएको छ भन्नुभयो ।
भक्तपुर नपालाई आत्मनिर्भरतातर्फ अगाडि बढाउँदै आएको उल्लेख गर्दै उहाँले भक्तपुरको विकास मोडलबाट सबैजना आकर्षित र प्रभावित भएको बताउनुभयो ।
उहाँले संसद्को एकमात्र प्रमुख प्रतिपक्ष नेमकिपा नै भएको बताउनुभयो ।
Leave a Reply