पुरानोको सुस्केरा र नयाँको ताईफुई
- असार १२, २०८३
भक्तपुर, १७ माघ । भक्तपुरको कमलविनायकस्थित पारागन ऐकेडेमी (सेकेन्डरी बोर्डिङ स्कूल) को २० आँै वार्षिकोत्सव सोमबार सम्पन्न भयो ।
वार्षिकोत्सवसँगै भएको पुरस्कार वितरण, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले गर्नुभएको थियो ।
कार्यक्रममा सांसद गोसाईले अहिलेको शिक्षाले समाजमा विभिन्नखाले समस्या उत्पन्न गराइरहेको चर्चा गर्दै त्यसको कारण शासक दलहरू रहेको बताउनुभयो । उहाँले शासक दलहरूले देशको माटो, भूगोल सुहाउँदो शिक्षा नीति अवलम्बन नगर्दा देशका कर्णधार मानिएका विद्यार्थीहरूमा देशको भन्दा विदेशको मोह बढेको बताउनुभयो ।
उहाँले स्वदेशमै उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउनुपर्नेमा पढ्नका लागि समेत विदेश जानुपर्ने बाध्यता आउनु विडम्बनापूर्ण भएको उल्लेख गर्नुभयो । सांसद गोसाईले दैनिक हजारौँ युवा तथा विद्यार्थीहरू विदेश जानुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीलाई पैसामुखी र व्यक्तिवादी नभई समाजमुखी र सेवा भावले काम गर्ने बनाउन जरुरी रहेको उहाँको जोड थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १० का वडासदस्य कृष्णनारायण दुमरुले विद्यालयले विद्यार्थीलाई अनुशासित र योग्य नागरिक तयार गर्नको लागि पहल गर्नुपर्ने बताउनुभयो ।
नेसनल प्याब्सनका केन्द्रीय प्रतिनिधि विक्रम धुकुछु, यूएसडीएफ भक्तपुरका अध्यक्ष श्रीराम सुवाल, आदर्श आजाद कलेजका प्राचार्य श्रीकृष्ण किसीले विद्यार्थीहरूमा आइरहेका विभिन्न परिवर्तनलाई शिक्षकहरूले बुझेर सोहीअनुसार अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ईसीडी मन्टेश्वरी विज्ञद्वय रीता घिमिरे र रीता आचार्यले बालबालिका तथा विद्यार्थीहरूमा आउने विभिन्न मानसिक तथा संवेगात्मक परिवर्तनलाई शिक्षकले मात्र नभई अभिभावकले पनि बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँहरूले विद्यालयहरूमा अभिभावक शिक्षाको जरुरी बढ्दै गएकोले अभिभावक शिक्षालाई छुटाउन नहुनेमा जोड दिनुभयो ।
विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा हाल ९ सय ८८ विद्यार्थी अध्ययन गरिरहेको र ७० जना शिक्षक अध्यापनरत रहेको जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीप्रसाद कुसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अभिभावक प्रतिनिधि तुलसा केसी, विद्यार्थीको तर्फबाट जस्मिन गोरा, शिक्षकको तर्फबाट शर्मिला अवाल र शिक्षक सागर पराजुलीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्टलाई एकेडेमिक अवार्ड, स्पार्टस् मिटका विजयी विद्यार्थीलाई पुरस्कार, एक्टिभ स्टुडेन्टस् अवार्ड, एसईई २०७६, ०७७ र ०७८ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा वर्ष विद्यार्थी सम्मानबाट विद्यार्थीहरू एलिसा गणेजू, श्रयण तामाङ र सुजाता लामालाई सम्मान गरिएको थियो । वर्ष अभिभावकबाट अभिभावकहरू क्रमशः रमेश घिमिरे, श्रावती अमात्य, अनिल ज्याख्व, सिर्जना फोजूँ, रिकेश कार्की र तुलसा केसी सम्मानित हुनुभएको थियो ।
सोही अवसरमा वर्ष शिक्षकबाट रामेश्वरी शिल्पकार, सुनिता अवाल र सरिता गैंडा सम्मानित हुनुभएको थियो । यसैगरी, निरन्तर सेवा पदकबाट विद्यालयमा ५ वर्ष निरन्तररूपमा अध्यापन गराइरहेका शिक्षकहरू रुषा तुल्सीबाख्यो, सरिता प्रजापति, सर्मिला छुस्याबाग, सपना प्रजापति, सरिता गैंडा र नानीमैंया श्रेष्ठ सम्मानित हुनुभयो ।
विद्यालयमा १५ वर्ष अध्यापन गराएका शिक्षकद्वय राजेन्द्र फोजूँ र शर्मिला अवाललाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो ।
Leave a Reply