भर्खरै :

श्रीलङ्काको निर्वाचनमा प्रतिस्पर्धा गर्ने पूर्वराष्ट्रपति सिरिसेनाको घोषणा

श्रीलङ्काको निर्वाचनमा प्रतिस्पर्धा गर्ने पूर्वराष्ट्रपति सिरिसेनाको घोषणा

कोलम्बो, १७ माघ (एएनआई) : श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी राष्ट्रपतीय । निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको छ । श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को समर्थनमा चुनाव लड्ने घोषणा गर्नुभएको डेली मिररले जनाएको छ ।
पूर्वराष्ट्रपति सिरिसेनाले एसएलएफपीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा चुनाव लड्ने घोषणा गर्दै आफूविरुद्ध हुने कुनै पनि षडयन्त्रबाट आफू नडराउने बताउनुभयो ।
“कुनै पनि षडयन्त्रसँग डराउँदिनँ । म कानुन र अदालतको सम्मान गर्छु । जस्तोसुकै समस्या आए पनि म एसएलएफपीको समर्थनमा अर्को राष्ट्रपतीय चुनावमा भाग लिनेछु,” डेली मिररले मैत्रीपालालाई उद्धृत गर्दै समाचार छापेको छ ।
डेली मिररका अनुसार गत पुस २८ गते देशको सर्वोच्च अदालतले सिरिसेनालाई सन् २०१९ मा भएको ‘इस्टर सन्डे’ हमलाका पीडितलाई क्षतिपूर्तिस्वरुप रु. १० करोड क्षतिपूर्ति दिन आदेश दिएको थियो ।
सिरिसेना सन् २०१५ देखि २०१९ सम्म श्रीलङ्काका राष्ट्रपति हुनुहुन्थ्यो । श्रीलङ्काकामा सन् २०२४ को सेप्टेम्बरमा राष्ट्रपतिको निर्वाचन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *