भर्खरै :

बङ्गलादेशको राजनैतिक अवस्थाबारे सङ्क्षिप्त प्रतिवेदन–१

बङ्गलादेशको राजनैतिक अवस्थाबारे सङ्क्षिप्त प्रतिवेदन–१

(बङ्गलादेशको छोटो परिचय : सन् १९७१ सम्म बङ्गलादेश पूर्वी पाकिस्तानको नामले चिनिन्थ्यो । सन् १९७० को निर्वाचनमा प्रमुख पार्टी अवामी लिगका शेख मुजिबर रहमानको अत्यधिक बहुमतले विजय हासिल ग¥यो र मार्च १९७१ मा एकतर्फीरूपमा पाकिस्तानबाट स्वतन्त्र भएको घोषणा ग¥यो र देश गृहयुद्धमा धकेलियो । भारतको समर्थनमा बङ्गलादेशको ‘मुक्ति बाहिनी’ को नामक विद्रोही समूहले पाकिस्तानी सेनासँग युद्ध ग¥यो । त्यसपश्चात् भारतको सैनिक हस्तक्षेप र अतिक्रमणको नौ महिनापश्चात् आखिर बङ्गलादेश नाममा नयाँ स्वतन्त्र राज्यको स्थापना भयो । शेख मुजिवर रहमान बङ्गलादेशको प्रधानमन्त्री भए । उनले भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीसँग निकट सम्बन्ध राखि आर्थिक सहयोगको लागि मैत्री सन्धि पनि गर्दै सन् १९७२ मा नयाँ संविधान पनि घोषणा गरे । नयाँ र स्वतन्त्र बङ्गलादेश प्राकृतिक प्रकोप र आर्थिक सङ्कटको भूमरीमा फस्न गयो । मुजिवर रहमानकै कालमा बङ्गलादेशमा बामपन्थी आन्दोलनको पनि सुरुआत भयो । तर, कम्युनिस्ट विरोधी रहमान सरकारले निर्ममतापूर्वक कम्युनिस्टहरूको दमन ग¥यो । अन्तत्तोगत्वा सन् १९७६, १५ अगष्टको एउटा सैनिक ‘कू’ (विद्रोह) मा मुजिवर रहमानको हत्या भयो र देशमा १५ वर्षसम्म सैनिक शासन कायम हुन्छ ।

शेख मुजिबहर रेहमान (दायाँ) इन्दिरा गान्धीसँग (बायाँ)

यही अवधिमा जियाउर रहमानको काल सन् १९८१ सम्म चल्यो र उनको पनि सन् १९८१ मा हत्या भयो र पछि जनरल यरसादको शासनकाल सुरु भयो । यस अवधिभित्र कहिल्यै पूर्ण सैनिक शासन लागु भयो भने कहिले सेनाको सहयोगमा नागरिक शासन लागु भयो । यही अन्योलको राजनैतिक अवस्थाको बीचमा सन् १९९० मा यरसाद सरकारको विरोधमा धेरै पार्टीहरूले मोर्चाबन्दी गरी आन्दोलन गरे । ती पार्टीहरूमा जियाउर रहमानकी विधवा श्रीमती बेगम खालेदा जिया नेतृत्वको (बङ्गलादेशी राष्ट्रवादी पार्टी) (विएनपी), हत्या गरिएका शेख मुजिबर रहमानकी छोरी शेख हसिना नेतृत्वको बङ्गलादेशी आवामी लिग तथा जमायति इस्लाम बङ्गलादेशी लगायतका पार्टीहरू थिए । दुई महिनासम्मको निरन्तरको आन्दोलनपछि जनरल यरसाद राजिनामा दिन बाध्य भए र देशमा अन्तरिम शासन हुँदै बङ्गलादेश स्वतन्त्र भएको २० वर्षपछि सन् १९९१, फ्रेबुअरी २७ मा अर्को आम निर्वाचन सम्पन्न भयो । जसमा दक्षिणपन्थी बङ्गलादेश राष्ट्रिवादी पार्टी (विएनपी) ले बहुमत प्राप्त ग¥यो । बेगम खालिदा जिया प्रधानमन्त्रीमा नियुक्त भइन् । खालिदा जिया, सन् १९७५ देखि १९८१ सम्म सैनिक शासन चलाउने प्रधानसेनापति जियाउर रहमानकी विधवा श्रीमती थिइन् । पार्टीहरूको आपसी खिचातानीले फेरिपनि बङ्गलादेशको राजनीति अन्योलग्रस्त हुन गएको थियो र सन् १९९६ पुनः निर्वाचन भयो जसमा बेगम खालिदा जियाको बिएनपीले फेरि बहुमत प्राप्त ग¥यो । पार्टीहरूको आपसी तानातानी र वैमनश्यका कारणले फेरि राजनीतिलाई अन्योलग्रस्ट तुल्यायो, कहिले विएनपी र कहिले आवामी लिग पालै पालो सरकार चलाउन पुग्छन् । यो अस्थिर अवस्था सन् २००९ सम्मै यथावत नै रह्यो ।)

१. शेख हसिनाको नेतृत्वमा बङ्गलादेश आवामी लिगले विगत १३ वर्षदेखि (सन् २००९ देखि २०२१ सम्म) निरन्तर बङ्गलादेशमा शासन चलाउँदै आएको छ । यस अवधिको हसिनाको शासन मूलरूपमा ‘लहु र लौह नीति’ को भरमा चल्यो । छरिटो कार्य दस्ता RAP (¥यापिड एक्सन् बटालियन) भनिने विशेष प्रहरीको जासूजी दस्ताले मुठभेडको नाउँमा हजारौँ विपक्षको हत्या ग¥यो र सयौँलाई बेपत्ता पारियो । दशौँ हजारलाई राजनैतिक मुद्दा चलाइयो र जेल सजाय गरियो ।

शेख हसिना

२९ डिसेम्बर २००८ मा सम्पन्न आम निर्वाचनमा अवामी लिगको नेतृत्वको गठबन्धन अत्यधिक मतले विजय हासिल ग¥यो । यसमा बाह्य शक्तिमा साम्राज्यवादी अमेरिका तथा छिमेक भारत सरकारको हात पनि थियो । तिनीहरूले सुनियोजित तरिकाले जनताको मत राख्ने अधिकारलाई कुण्ठित गर्ने चालाबाजी चलाउँदै आएका थिए । काम चलाउ सरकारले आम निर्वाचन गराउन सक्ने प्रावधानलाई सन् २०११ जुन ३० को संविधानको पन्ध्रौँ संशोधन गरेर खारेज गरे । छापामा सरकारविरोधी समाचार तथा विज्ञप्तिहरूलाई कारिब करिब प्रतिबन्धै लगाए । धेरै टिभी च्यानल, दैनिक पत्रिका तथा म्यागाजिनहरूलाई बन्द गर्न लगाए । सार्वजनिक र निजी सस्थाबाट हुने विज्ञापनहरूलाई समेत नियन्त्रण गर्दै विभिन्न माध्यमहरूले पत्रकार र सञ्चारकर्मीहरूलाई डर, त्रास, धम्कीहरू तथा मुद्दा नै राखेर सम्पूर्ण सञ्चार जगतलाई अवामी लिगले पूर्ण नियन्त्रणमा राख्यो । विशेष अधिकार ऐन, आतङ्कवादी विरोधको कानुन, द्रुत मुद्दा छिनाफानो ऐन, अपराध संहिताको सेक्सन ५४ र विद्युतीय सुरक्षा ऐनलगायतका कानुनको भरमा सरकारको विरोधका कुनै पनि आवाजलाई निस्तेज पार्ने कार्य ग¥यो । यसकै आधारमा सबभन्दा पहिले विएनपी (बङ्गलादेश राष्ट्रिय पार्टी) को सङ्गठनलाई तहसनहस पार्यो । अवामी लिगले सरकार चलाउनु अघि विएनपी नै सरकारमा थिए । विएनपीलाई सिध्याउन सरकारमा रहँदा व्यापकरूपमा भएका भ्रष्टाचार, लूट, चोरी चकारी, धोखाधडी र जालसाझीले पनि अवामी लिगलाई सघायो । विएनपीले आफ्नो साङ्गठनिक संरचनालाई मजबुत बनाउनुभन्दा अन्य कुरालाई ध्यान दियो । दोस्रो कुरा, अन्य प्रजातान्त्रिक तथा क्रान्तिकारी शक्तिहरूको कमजोर साङ्गठनिक आधारहरूको कारण आवमी लिगको विरोधमा बलियो प्रतिकार गर्न असफल भयो । तेश्रो, जसरी पनि शेख हसिनालाई सत्तामा टिकाउन साम्राज्यवादी शक्तिहरू विशेषगरी भारतले अनेक दाउपेज र षड्यन्त्रकारी कार्यहरू गरिनै रहे ।

बेगम खालिदा जिया

अवामी लिगले फेरि सन् २०१४ जनवरी ५ मा सम्पन्न मतदाताविहीन निर्वाचनपछि सरकार गठन ग¥यो । जम्मा ३०० सीटको राष्ट्रिय संसद्मा ५० सीट सङ्ख्या महिलाहरूको आरक्षणको लागि छुट्याइएको थियो जसकोलागि कुनै निर्वाचन गरिएन । त्यस्तै, १५३ निर्वाचन क्षेत्रमा चुनाव नै गरिएन किनभने तीमध्ये जम्मा एकजना मात्र उम्मेदवार थिए । बाँकी १५२ वटा निर्वाचन क्षेत्रमा विभिन्न सरकारी संयन्त्र परिचानगरी प्रधानमन्त्रीको कार्यालयको ठाडो आदेशमा उम्मेदवारी फिर्ता लिन लगाएका थिए । धेरै निर्वाचन क्षेत्रमा अवामी लिगका उम्मेदवारका विरोधमा दर्ता गरिएका उजुरीहरूलाई निवार्चन आयोगले पूरै बेवास्ता गरी जीतको घोषण गरे । बाँकी निर्वाचन क्षेत्रहरूमा मतदाताले मतदान नै गरेनन् । यसरी नौटङ्कीपूर्ण निर्वाचनको आडमा अवामी लिगले सन् २०१४ को निर्वाचन आफ्नो पक्षमा पारे । यो भन्दा उदेकलाग्दो कुरा त डिसेम्बर ३० सन् २०१८ को निर्वाचनमा गरेका गतिविधिहरू त अझ भयावह थियो । यस पछिल्लो निर्वाचनका लागि अझै ठूलो षड्यन्त्रकारी योजनाहरू तयार पारिएका थिए ।

निर्वाचनको सङ्घारमा प्रम कार्यालय आफैले जिल्ला निर्वाचन अधिकृतहरूको (Returning Officers) नियुक्त ग¥यो । उनीहरूलाई निर्वाचन कसरी सम्पन्न गर्ने भनी प्रम कार्यालयमै निर्देशात्मक आदेश दिइयो र यसका बारेमा प्रमुख निर्वाचन आयुक्तले आफूलाई कुनै जानकारी नभएको बताए । निर्वाचनको लागि दिइएका करिब ३०८५ उम्मेदवारीमध्ये ती जिल्ला निर्वाचन अधिकृतिहरूले ७८६ जनाको उम्मेदवारी दर्ता नै खारेज गरिदिए । ती खारेज गरिएका ७८६ मध्ये अधिकांश प्रतिपक्ष विएनपीका र यसका गठबन्धनसँग सम्बन्धित उम्मेदवारहरू थिए । यी सबै प्रम कार्यालयमा गरिएको निर्देशात्मक आदेशका आधारमा ती जिल्ला निर्वाचन अधिकृतहरूले गरेका हुन् भन्नेमा कुनै शङ्का रहेन ।

सन् २०१३ देखि नै विपक्षीहरूलाई विभिन्न बहानामा जेल कोच्ने, झूठा मुद्दा लगाउने, धम्काउने, पक्षघात हुनेगरी हातखुटामा गोली हान्ने कार्यहरूलाई अवामी लिगको सरकारले निरन्तरता दियो ।
निर्वाचनको सङ्घारमा प्रम कार्यालय आफैले जिल्ला निर्वाचन अधिकृतहरूको (च्भतगचलष्लन इााष्अभचक) नियुक्त ग¥यो । उनीहरूलाई निर्वाचन कसरी सम्पन्न गर्ने भनी प्रम कार्यालयमै निर्देशात्मक आदेश दिइयो र यसका बारेमा प्रमुख निर्वाचन आयुक्तले आफूलाई कुनै जानकारी नभएको बताए । निर्वाचनको लागि दिइएका करिब ३०८५ उम्मेदवारीमध्ये ती जिल्ला निर्वाचन अधिकृतिहरूले ७८६ जनाको उम्मेदवारी दर्ता नै खारेज गरिदिए । ती खारेज गरिएका ७८६ मध्ये अधिकांश प्रतिपक्ष विएनपीका र यसका गठबन्धनसँग सम्बन्धित उम्मेदवारहरू थिए । यी सबै प्रम कार्यालयमा गरिएको निर्देशात्मक आदेशका आधारमा ती जिल्ला निर्वाचन अधिकृतहरूले गरेका हुन् भन्नेमा कुनै शङ्का रहेन ।

मोहमद यरसाद

बङ्गलादेशी जनता आवमी लिगको अत्याचार, भ्रष्टाचार र दमनकारी सरकारबाट पारपाउन र प्रजातान्त्रिक अधिकार र न्यायका लागि निर्वाचनमा उनको विपक्षमा मतदान गर्न चाहन्थे । जनताको यस चाहना उनीहरूले सन् २०१८ जुलाईमा सुरक्षित सडकको नारा लिएर हजारौँ जनता सडकमा उत्रिएकोबाट प्रतिविम्वित हुन्छ । राजधानी ढाका र वरिपरीका औद्योगिक क्षेत्रहरूका हजारौँ मजदुरहरू निर्वाचनमा मतदान गर्न आफ्नो क्षेत्रमा गए । यस्तो घटना पहिला अनुभव गरिएको थिएन । तर, चुनावको समय नजिकिँदै गर्दा विपक्षलाई डर, धम्की, मतदान केन्द्रमा जान अवरोध जस्ता घटना घटाए । राज्यका प्रहरी र प्रशासन र गुण्डाको बलमा समेत आवामी लिगले मतदान आफ्नो पक्षमा पारे । मतदान केन्द्र वरिपरि मात्र देखावटीका रूपमा सेनालाई घुमेको देखाइयो तर मतदान केन्द्रभित्र भएका ज्यादतिहरूका बारेमा मतदाताहरूले गरेको गुनासो माथि आँखा चिम्लिने कार्य ग¥यो । निर्वाचन आयोगले निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित भएको सुगा रटाइमात्र गरिरह्यो । अन्तमा अवामी लिगका प्रतिक्रियावादीहरू, अप्रजातान्त्रिक र आतङ्क मचाउने समूहरूकै सरकारमा हालिमुहाली भयो । निर्वाचनको नाउँमा जनतामाथि ठूलो ‘कू’ (सैनिक विद्रोह) गरियो । जसमा अत्याचारी सरकारलाई निर्वाचनको माध्यमले फाल्ने जनताको चाहनामा तुषारापात गरियो । विना विदेशी शक्ति तथा साम्राज्यवादीहरूको सहयोग र समर्थनमा यस्तो सम्भव नै थिएन । यी घटनाहरूले बङ्गलादेशको वर्तमान राजनीति अवस्थालाई प्रस्ट पार्छ ।
अनुवाद : योगेन्द्र

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *