प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
भक्तपुर, १८ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा भक्तपुर सिकर्मी सङ्घको आयोजनामा बुधबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै नेमकिपाको मूल उद्देश्य भएको बताउनुभयो ।
देशघाती नागरिकता विधेयक, एमसीसी र एसपीपीजस्ता देशघाती सम्झौताबारे जनतालाई सचेत पार्न नेमकिपाले देशका प्रमुख सहरहरूमा सभा गरेको चर्चा गर्दै उहाँले जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्ने अभियानसाथ नेमकिपा लागिरहेको छ भन्नुभयो ।
बहुमत जनताले नेमकिपालाई विश्वास नगरेसम्म देशमा आमूल परिवर्तन सम्भव नभएको धारणा राख्दै उहाँले शासक पार्टीहरूले कामदार जनतालाई सस्तो नारा र प्रलोभन देखाएर झुक्याइरहेको बताउनुभयो ।
नेमकिपाका प्रतिनिधिहरूले सङ्घीय संसद् र बाग्मती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै कामदार जनताको आवाज बुलन्द गर्ने र देश हितविपरीतका कामहरूबारे सरकारलाई सचेत पार्ने काम गरिरहेको छ, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले श्रमिकहरू राजनीतिकरूपमा सचेत भएमात्र परिवर्तन सम्भव छ भन्नुभयो ।
पार्टी प्रकाशनहरू अध्ययन गरी नियमतिरूपमा छलफल र अन्तरक्रिया गरी सांस्कृतिक स्तर उठाउनु आवश्यक छ, उहाँले भन्नुभयो ।
सङ्घका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामसुन्दर सुवाल र पुण्यराम न्हुछेले पनि बोल्नुभएको थियो ।
Leave a Reply