भर्खरै :

नेमकिपा देश र कामदार वर्गको हितमा

नेमकिपा देश र कामदार वर्गको हितमा

ललितपुर, १८ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा नेमकिपा, ललितपुर महानगर समितिले खोकनामा एक कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाले हरेक निर्णय देशको हितमा छ या छैन, कामदार वर्गको हित हुन्छ या हुँदैन भन्ने आधारमा गरेको धारणा राख्नुभयो । उहाँले २०५७ मा देउवा सरकारले गरेको कमैया मुक्तिलाई नेमकिपाले धोका भनेको उल्लेख गर्दैै पुस्तौँपुस्तादेखि जमिन जोत्दै आएका किसानलाई मोहियानी हकबाट बञ्चित गर्नु गलत हो भन्नुभयो ।
नेमकिपाले माक्र्सवादलाई मुख्य मार्गनिर्देशक सिद्धान्त मानेको भन्दै माक्र्सवाद मजदुर वर्गको मुक्तिको सिद्धान्त भएको चर्चा गर्नुभयो । नेमकिपाले देशमा इमानदारीको राजनीतिलाई अगाडि बढाएको उहाँको भनाइ थियो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले देश र जनताको सेवा गर्नुबाहेक नेमकिपाको कुनै स्वार्थ नभएको भन्दै देशको सार्वभौमिकता रक्षाको आन्दोलनमा नेमकिपा अग्रमोर्चामा रहेको विचार राख्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष केपी कोजूले नेमकिपाले निर्वाचन जित्नको लागि साम, दाम, दण्ड र भेदको नीति अपनाउने काम नगरेको भनाइ राख्नुभयो ।
नेमकिपा, ललितपुर महानगर समितिका नरेश महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्जुन महर्जन, मनहिरा श्रेष्ठ, कवीन्द्र डंगोल, ए. महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *