साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
भक्तपुर, १८ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा नेमकिपा चासुखेल एकाइ समितिको आयोजनामा बुधबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष एवं भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले पार्टीको स्थापना दिवसको अवसरमा पार्टीको इतिहासबारे नयाँ पुस्तालाई जानकारी दिइराख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “किसानहरूलाई मोहियानी हक दिलाउन एवं किसानको हितमा पार्टीले गरेको सङ्घर्ष र योगदानलाई सधँै स्मरण गर्दै पार्टीको सङ्घर्ष यात्रालाई नयाँ पुस्ताबिच छलफललगायत अन्तरक्रिया गर्नुपर्छ ।”
भारतीय हस्तक्षेप र अमेरिकी साम्राज्यवादबाट नेपालमा भइरहेको हस्तक्षेपबारे नेमकिपाले जनतालाई सचेत गराउँदै आएको चर्चा गर्दै उहाँले पार्टीले गरेको साहसिक सङ्घर्षमा आफ्नो जीवनको अमूल्य समय समर्पण गर्ने पार्टीका अग्रज कार्यकर्ताहरू पार्टीको गहना र आदर्श भएको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि जितेन्द्र मुनंकर्मीले आजभन्दा ३५÷४० वर्ष पहिलेसम्म भक्तपुरका किसानहरूको स्थिति अर्धदासजस्तै भएको स्मरण गर्दै नेमकिपाले अगाडि बढाएका किसान सङ्घर्षकै कारण आज भक्तपुरले शिक्षा–स्वास्थ्य, सरसफाइमा उदाहरण बन्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ५ का वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छेँले कुन पार्टी कहिले र कसरी अगाडि बढ्छ भन्ने कुरा अन्तर्राष्ट्रिय परिवेशमा पनि निर्भर रहने धारणा राख्दै नेमकिपाका कार्यकर्ता सबभन्दा दुःखकष्ट सहनसक्ने सिद्धान्त र अनुशासनमा अडिग भएकोले पार्टीको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष पूर्णगोपाल राजचलको अध्यक्षतामा सम्पन कार्यक्रममा तुल्सीनारायण दण्डेख्याले पनि बोल्नुभएको थियो ।
Leave a Reply