भर्खरै :

बङ्गलादेशको राजनैतिक अवस्थाबारे सङ्क्षिप्त प्रतिवेदन–२

बङ्गलादेशको राजनैतिक अवस्थाबारे सङ्क्षिप्त प्रतिवेदन–२

(बङ्गलादेशको राजनैतिक अवस्थाबारे सङ्क्षिप्त प्रतिवेदनको पहिलो भाग हाम्रो ‘मजदुर’ दैनिकको हिजो १८ गतेको अङ्कमा प्रकाशित भयो । ‘यूनिटि एण्ड स्ट्रलगल नामक’ विभिन्न देशको वर्तमान राजनैतिक अवस्थाको बारेको आलेखको सङ्कलन रहेको पुस्तकका आलेखहरूलाई प्रस्ट बुझ्न सम्बन्धित देशहरूको विगतको छोटो राजनैतिक इतिहासलाई पनि बुझ्न आवश्यक भएकोले अनुवादित लेखको सुरुमै त्यो पृष्ठभूमि समेत दिइएको जानकारी हाम्रा पाठकहरूलाई अवगत गराउदछ । बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थाको समान्य जानकारी दिने त्यस आलेखको दोस्रो भाग आज प्रस्तुत गरिएको छ । – सम्पादक)

२. पुँजीपतिवर्गले आफ्नो सरकार पुँजीवादी प्रजातन्त्रकै निर्वाचनको सेरोफेरोमा रहेर गराउँछ । अर्को शब्दमा भन्दा पुँजीवादी व्यवस्थाका शासक दलहरूले निर्वाचनमा धाँधली र अनियमितता गरेर नै चुनाव जित्छन् । यस्तो घटना अधिकांश त्यस्ता पुँजीवादी बन्दोबस्त भएका देशहरूमा हुन्छन् जहाँ भ्रष्टाचार र अनियमितता सरकारी संयन्त्रहरूको आडमा हुन्छन् । यस्तो अभ्यास हुने अफ्रिकामा पनि धेरै देशहरू छन् । बङ्गलादेशको हकमा देशको स्थापना कालदेखि नै यस्तो अनियमितता र अव्यवस्था निरन्तर हँुदै आएको देखिन्छ । पहिलो आम निर्वाचन सन् १९७३ मा सम्पन्न भयो । यसमा अवामी लिगले विनाधाँधली दुईतिहाइ बहुमत ल्याउने सय प्रतिशत सम्भावना थियो । तर, आज पनि ऊ धाँधली नै गरेर चुनाव जित्छ । सन् १९७३ को त्यो पहिलो निर्वाचनको जितपछि शेख मुजीवर रहमानले बङ्गलादेशको संसद्मा कुनै विपक्ष नभएको घोषणा गरे । यस घोषणाले बङ्गलादेशको राजनैतिक चरित्रलाई प्रतिबिम्बित गर्छ ।
पुँजीवादी निर्वाचन पद्धतिमा शासक दलको राज्यस्रोतको दोहन सधैँ सुरक्षित नै रहन्छ । सत्तामा देशको कुन भागको शासक वर्ग छ भन्ने कुराको निक्र्योल उसले लगानी गर्ने पुँजीमा निर्भर रहन्छ । अर्को उसको राज्यस्रोतको दोहनको मात्रा कति भन्ने कुरा ऊ सत्तामा कति लामो समयसम्म रह्यो भन्नेले गर्छ । त्यसैले प्रत्येक पुँजीवादी पार्टी सत्तामा टिकिरहन हुनसम्मको प्रयास गर्छ । फलस्वरूप, निर्वाचनमा व्यापक अनियमितता र धाँधली हुन्छ । बङ्गलादेशका व्यापारिक वर्ग र पुँजीवादीहरूले बैङ्क, बीमा कम्पनीलगायतका वित्तीय सस्थाहरू तथा औद्योगिक क्षेत्र र कृषि क्षेत्रसमेतलाई आफ्नो नियन्त्रणमा राखेका छन् । प्रमसँग निकट सम्बन्धका व्यापारिक घरानाहरू बैङ्क र बीमा कम्पनीहरूका बोर्डका प्रमुख पदहरूमा रहेका हुन्छन् । उत्पादनका साधनहरू पनि उनीहरूकै स्वामित्वमा हुन्छन् ।

आवमी लिग पार्टीको झन्डा

३. विगतका धेरै वर्षदेखि अवामी लिग सत्तामा छ । सत्तामा कुन पार्टी हुन्छन् भन्ने कुरा प्रमुख होइन बरु कुन वर्गको हो भन्ने हो । निरन्तर सत्तामा रहेको दल अवामी लिगले यस्तै पुँजीवादी वर्गको प्रतिनिधित्व गर्दछ । व्यापारिक घराना, बैङ्क र बीमा कम्पनीका मालिकहरू, सैनिक अधिकारिहरू, ठूला र साना पुँजीपतिवर्ग, मध्यमवर्ग, सरकारी कर्मचारीतन्त्र, पत्रकार, कलाकार, भ्रष्टाचारीहरू सबैको स्वास्थ्यका लागि काम गर्दै आएका शेख हसिनाले देशको सिङ्गो निर्वाचन संयन्त्रलाई आफ्नै हिसाबले चलाएका छन् र निर्वाचन आफ्नै पोल्टामा पार्दै आएका छन् । संसद्मा निर्वाचितहरूमध्ये पनि यी नै वर्गका प्रतिनिधिहरू धेरै देखिनुले पनि यो कुराको पुष्टि हुन्छ । पछिल्लो निर्वाचनमा पनि अवामी लिगले निर्वाचन आफ्नो पक्षमा लियो, तर यो साङ्गठनिक बलको आधारमा थिएन बरु सैनिक र प्रहरीको मिलेमतोमा विभिन्न सरकारी संयन्त्रहरूको दुरूपयोगको आधारमा थियो । विरोधी र बागी उम्मेदवारलाई पुलिस र सैनिकको सहयोगमा निस्तेज पाथ्र्यो । अझ गृहमन्त्रालय र प्रहरी सयन्त्रलाई समेत कमजोर बनाई प्रत्यक्षरूपमा प्रमको कार्यालयबाट यी सबै कार्यहरू सञ्चालन हुन्छ । अवामी लिगका स्थानीय समितिको विवादलाई समेत प्रम कार्यालयको आदेशमा प्रहरीले मिलाउने गर्छ । यसरी अवामी लिग आफै पार्टीको साङ्गठनिक रूप कमजोर र प्रहरीमा हाबी भएको देखिन्छ ।
संरचनागतरूपमा प्रहरी, सैनिक र कर्मचारीतन्त्र राज्यका संयन्त्रहरू हुन् । यिनीहरू स्वतन्त्र छविका हुन्छन् तर उनीहरूको सत्ता साझेदारीमा हिस्सा भएकोले राज्यस्रोतको दोहनमा यिनीहरू अग्रपङ्क्तिमै देखिन्छन् । त्यसैले सर्वसाधारण जनताले यी सत्ताधारी पुँजीपतिवर्गलाई आफ्ना शत्रु ठानेका छन् ।

बङ्गलादेशको ¥याब नामक अर्धसैनिक बल

४. सर्वसाधारण बङ्गलादेशका जनताले ती पुँजीपतिवर्ग र अवामी लिगको जनविरोधि गतिविधिको विरोधमा आवाज उठाइरहेको भएता पनि त्यो प्रतिरोध सशक्त हुनसकेको छैन । सरकार विरोधका ती प्रतिरोधहरू साङ्गठनिक आधारमा नभएकाले प्रभावकारी हुनसकेका छैनन् ।
बङ्गलादेशको फासीवादी शासकवर्ग र यसका सरकारको सम्बन्ध कुनै न कुनै तवरले साम्राज्यवादीहरूसँग रहेको देखिन्छ । पछिल्लो निर्वाचनमा अवामी लिगलाई भारतको साथसाथै अरुले समेत सहयोग गरेको देखिन्छ । सामान्यतया, हालसालका वर्षहरूमा बङ्गलादेशका जनता भारतको हस्तक्षेपको भत्र्सना र विरोध गर्छन् । विगतमा अमेरिकी साम्राज्यवादको जति विरोध हुन्थ्यो त्यो आज घट्दै छ । तर, आज पनि बङ्गलादेशको सेना, पुलिस, प्रशासन, व्यापारिक समूह, मिडिया तथा वित्तीय क्षेत्रमा पनि अमेरिकी साम्राज्यवादको घुसपैठ बलियो नै छ । अमेरिकाको सम्बन्ध अन्य स–सानाबाहेक दुई प्रमुख पार्टी अवामी लिग र बीएनपीसँग अहिले पनि मजबूद सम्बन्ध छ । गाना फोरम, नागरिक एकता, जेडीएस आदि अमेरिकासँग राम्रो सम्बन्ध भएका पार्टीहरू मानिन्छन् । यिनीहरू प्रमुख प्रतिपक्ष बीएनपीसँगको चुनावी गठबन्धनका साझेदारहरू पनि हुन् । यस प्रतिपक्ष गठबन्धनले सर्वसाधारण जनताको समर्थन पनि पाइरहेको छ । बङ्गलादेशका शासकवर्गहरूको अमेरिकी साम्राज्यवादसँगको साठगाँठ बाह्यरूपमा प्रस्ट नदेखिएकोले सर्वसाधारण जनताले उनीहरूलाई शत्रुको रूपमा हेरेका छैनन् । त्यसैले, उनीहरूको सङ्र्घषको लक्ष्य उनीहरूलाई बनाएका छैनन् । यही नै बङ्गलादेशको प्रजातान्त्रिक आन्दोलनमा देखिएको खतरा हो ।
प्रमुख प्रतिपक्ष बीएनपी र यसका चुनावी साझेदारहरूको गठबन्धन राष्ट्रिय एकता मञ्चले पछिल्लो निर्वाचनमा सत्ताधारी पार्टीले गरेका ज्यादती, अनियमितता प्रहरी दमन र राज्य संयन्त्रको चरम दुरूपयोगको विरोधमा सशक्त प्रतिकार गर्न सकेनन् । यसको प्रमुख कारण थियो, उनीहरूको भुँइ तहका जनताको तहसम्म कुनै साङ्गठनिक आधार थिएन र विपक्ष भएता पनि उनीहरू स्वयं पुँजीवादी शासकवर्गकै कोटीमा पर्छन् ।

बङ्गलादेश राष्ट्रिय पार्टीको झन्डा

५. बङ्गलादेशको राजनीतिमा यी शासकवर्गहरूबिचको द्वन्द्व र अन्तद्र्वन्द्व अहिले धेरै हावी भइरहेको देखिन्छ । शोषित र पीडित जनताको द्वन्द्व पनि यी शासक वर्गहरूसँग छ, तर बेलामौकामा यी दुई वर्गबिच हुने झडप बङ्गलादेशको प्रमुख राजनैतिक मुद्दा हुन सकिरहेको छैन ।
बाह्यरूपमा हेर्दा शासक वर्गहरू जनताको विरोध र सङ्घर्षभन्दा बलियो देखिए तापनि वास्तविकता त्यस्तो होइन । शासकवर्ग सत्ताको लुट र भ्रष्टाचारको आडमा बलियो र मजबुद देखिन्छन्मात्र । बलियो साङ्गठनिक ढाँचाको आधारमा गरिने जनताको विरोध र प्रतिरोधको अभावमा उनीहरू उभिन सकिरहेका हुन्छन् ।
बङ्गलादेशी जनताको माग प्रजातान्त्रिक अधिकारको प्राप्ति हो । किनभने, अधिकार जनतामाथि हुने अन्याय, अत्याचारको विरोधमा सभाहरू गर्न पाउन, वाक् स्वतन्त्रताको अधिकार उपभोग गर्न पाउन र विदेशी हस्तक्षेपको विरोध गर्न हो ।

अवामी लिग सरकारको विरोधमा प्रदर्शन

जनता फासिस्ट चरित्रको अवामी लिगको शासनको अन्त र उसैको आडमा गरेका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन चाहन्छन् । आजका विद्यमान शासकवर्गहरूबाट सञ्चालित पार्टीहरूबाट कुनै प्रजातान्त्रिक आन्दोलनको आशा गर्न सम्भव देखिँदैन । यसको लागि क्रान्तिकारी, प्रगतिशील र साँचो मानेमै प्रजातान्त्रिक शक्ति आवश्यक हुन्छ । सङ्गठनको निमार्ण गर्नु र साङ्गठनिक शक्ति हासिल गर्नु नै आजको अहम् राजनैतिक आवश्यकता हो ।
अनुवादः योगेन्द्र
–समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *