भर्खरै :

प्रमलाई संसद्प्रति जवाफदेही बनाउने नियमावली जरुरी

काठमाडौँ, १९ माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री वा निजको कार्य क्षेत्रभित्र रहेको मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ प्रधानमन्त्रीलाई नै दिन लगाउनुपर्ने र प्रधानमन्त्री अनुपस्थित भएर अन्य कुनै मन्त्रीलाई दिलाउने व्यवस्था नियमावलीमा राख्न नहुने उल्लेख गर्नुभयो ।
नियमावली मस्यौदा समितिको बिहीबारको बैठकमा सांसद सुवालले प्रधानमन्त्रीलाई पन्ध्र÷पन्ध्र दिनमा प्रश्नको जवाफ दिन लगाउने व्यवस्था भए सरकार संसद्प्रति थप उत्तरदायी हुने उल्लेख गर्दै एउटा बैठकमा प्रतिनिधिसभामा भएका एक एक राजनीतिक दलका सांसद र तीन स्वतन्त्र सांसदसहित कम्तीमा १५ जना सांसदलाई प्रश्न राख्न दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मन्त्रीहरूलाई प्रश्न सोध्ने कार्यसूची पनि नियमित हुने गरी नियमावलीमा व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै सांसद सुवालले सचिवालयमा प्रश्न दर्ता भएको दस दिनभित्र सम्बन्धित मन्त्रीलाई बैठकमा जवाफ दिन लगाउनुपर्नेमा जोड दिनुभयो ।
विषयकेन्द्रित भएर नबोलेकै कारण सांसदलाई बोल्न बन्द गराउने व्यवस्था उचित नहुने उल्लेख गर्दै सांसद सुवालले न्यायालयबाट भएको फैसलाबारे संसद्मा बोल्न नदिने व्यवस्था प्रजातान्त्रिक नहुने उल्लेख गर्नुभयो ।

संसदीय प्रक्रियाबारे छलफल
सचिवालयले संसदीय प्रक्रिया र अभ्यासबारे नवनिर्वाचित सांसदहरूसँग बिहीबार अन्तरक्रिया कार्यक्रम सुरु ग¥यो । कार्यक्रममा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानुनमन्त्री ध्रुवबहादुर प्रधान, सांसद सुवास नेम्वाङ, पूर्वउपसभामुख पुष्पा भुसाल, संविधानसभा सदस्य खिमलाल देवकाटाले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *