भर्खरै :

आज नेक्राकिसङ्घको आठौँ जिल्ला सम्मेलन

आज नेक्राकिसङ्घको आठौँ जिल्ला सम्मेलन

भक्तपुर, १९ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरको आठौँ जिल्ला सम्मेलन आज शुक्रबार एक समारोहबिच हुँदै छ । उक्त सम्मेलनको उद्घाटन नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले गर्नुहुनेछ । सम्मेलनको उद्घाटन बोडेको लाछि टोलमा हुनेछ ।
सम्मेलन सुरु हुनअघि बाजागाजासहित प्रदर्शनकारीहरू दिनको १२ः३० बजे शङ्खघर चोकमा भेला हुनेछन् । ¥याली बालकुमारी, चपाचो, पुरानो ठिमी, नगरदेश हुँदै बोडेको लाछि टोलमा पुग्नेछन् ।
नेक्राकिसङ्घ जिल्ला सम्मेलन तयारी समितिका संयोजक गोविन्द दुवालको सभापतित्वमा हुने उक्त सम्मेलनमा काठमाडौँ, ललितपुर र काभ्रेका नेक्राकिसङ्घका प्रतिनिधिहरूले पनि बोल्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सम्मेलनको दोस्रो दिन शनिबार बन्द सत्र हुनेछ । आदर्श आजाद मा.वि. भेलुखेलमा हुने उक्त बन्द सत्रले नयाँ कार्य समिति चयन गर्नेछ ।
जुलुसमा नेक्राकिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सफल पारौँ, क्रान्तिकारी भूमिसुधार लागु गर, आदर निकेतनको व्यवस्था गर, स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर, गुठी जग्गा रैकरमा परिणत गर्ने व्यवस्था गर, जोताहा किसानहरूलाई मोहियानी हकको व्यवस्था गर, भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, नेमकिपा जिन्दावाद, नेक्राकिसङ्घ जिन्दावाद आदि नारा लगाउने तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *