अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र
- श्रावण ४, २०८३
भक्तपुर, २० माघ । आधारभूत विद्यालय समिति भक्तपुरको वार्षिक कार्यतालिकाअनुसार तारा माविको संयोजनमा शुक्रबार समितिस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगिताको उद्घाटन समारोहमा समितिका अध्यक्ष दीपक माकले ज्ञानको दायरा बढाउन हाजिरीजवाफ प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रअ प्रेमलक्ष्मी त्वायनाले समितिको अतिरिक्त गतिविधिबाट विद्यार्थीको अध्ययनमा सुधार हुने बताउनुभयो ।
निर्णायकमण्डलका संयोजक हरिप्रसाद बाँस्तोला र श्याम ख्याजूले पनि बोल्नुभएको थियो ।
सो कार्यक्रममा प्राविबाट प्रथम, द्वितीय, तृतीयमा क्रमशः ब्रह्मायणी आविका अनिलकुमार शाह र लक्ष्मी तामाङ, जनसेवा आविका रेजिना नेपाली र श्याम ग्यावा, भीम आदर्श आविका दीपशिखा तामाङ र खुसी तामाङ भए । नवीन आविका एन्जिला तामाङ र नानु दुवाल तथा गणेश माविका सहना खातुङ र विपिन बाइजू सान्त्वना भएका थिए ।
कार्यक्रममा निमाविबाट प्रथम, द्वितीय, तृतीय तथा सान्त्वनामा क्रमशः समाज सुधार माविका दीपक घर्तीमगर र प्रीति प्रजा, बालसेवक आविका सुजाता पुरी र निकिता वाइबा, दत्तात्रय आविका अस्मिता तामाङ र यमराज तामाङ तथा भीम आदर्श आविका सुदिप कार्की र सुशील तामाङलाई पुरस्कार वितरण गरिएको थियो ।
Leave a Reply