सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
कैलाली, २१ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ कैलाली जिल्ला समिति कैलालीको आयोजनामा शनिबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले नेमकिपा स्थापना हुनुका कारणहरूबारे थाहा पाउन नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ लिखित किताबहरू ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’, ‘रुसी संशोधनवाद सामाजिक सम्राज्यवादमा पतन’, ‘नेपाल–भारत सम्बन्ध र भारत’ अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यकर्ताहरूमा सहयोगी भावना हुनुपर्नेमा जोड दिँदै उहाँले नेक्राकिसङ्घको माघ २८ गते हुने राष्ट्रिय सम्मेलन सफल पार्न सबैमा अनुरोध गर्नुभयो ।
नेमकिपा कैलालीका ज्योति बडुवालले नेमकिपाले स्थापनाकालदेखि नै किसानहरूको हितको निमित्त आन्दोलनहरू गर्दै आएको बताउनुभयो ।
गजबहादुर दर्लामी मगरको सभापतित्वमा भएको कार्यक्रममा नेक्राशिसङ्घ कैलाली अध्यक्ष गुप्तबहादुर शाही, नेक्रामहिला सङ्घ कैलाली उपाध्यक्ष तारा तिरुवा, कलम बडुवाल, देवीसरा अधिकारी र हिक्मत भण्डारीले पनि बोल्नुभएको थियो ।
Leave a Reply