भर्खरै :

नेमकिपा स्थापना दिवसको अवसरमा रक्तदान

नेमकिपा स्थापना दिवसको अवसरमा रक्तदान

भक्तपुर, २१ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगरपालिका –८ सुडाल समितिको आयोजनामा रातोपाटीमा खुला रक्तदान कार्यक्रम शनिबार सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय संयोजक मिनबहादुर बाटाले पहिलोपटक रक्तदान गरी उद्घाटन गरिएको कार्यक्रममा २३ जनाले रक्तदान गर्नुभएको थियो ।
रक्तदाताहरूलाई नेमकिपा चानपा – ८ सुडाल समितिका अध्यक्ष केशवप्रसाद तिमिल्सेना र नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका उपाध्यक्ष राजकुमार लघुले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा आयोजक समितिका सरोज दुलाल र नारायण घिमिरेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *