नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
“अमेरिकाले दोस्रो विश्वयुद्धको समयमा बिछ्याएका र विस्फोट नभएका माइन बमलाई जतिसक्दो चाँडो हटाउनुपर्छ ।” सोलोमन टापुको राजधानी होनियाराको सडकमा स्थानीय नाट्टी साराले बेलायती अखबार द गार्डियनलाई दिएको अन्तर्वार्तामा यस्तो बताइन् । तीस वर्षसम्म बन्द रहेको सोलोमनको लागि अमेरिकी राजदूतावास पुनः खोलिएको केही दिनपछि मात्रै उक्त रिपोर्ट आएको हो । अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रशान्त क्षेत्रमा थप कूटनीतिज्ञ पठाएर अमेरिकी कार्यक्रम र स्रोतलाई स्थानीय आवश्यकतासँग जोड्ने जनाएको छ । यदि अमेरिका, यो मौकामा प्रशान्त महासागरीय टापु देशहरूलाई इमानदारीपूर्वक मद्दत गरेर टापु देशहरूको विकासलाई बढाउने संयुक्त अन्तर्राष्ट्रिय शक्ति बन्यो भने, यो निःसन्देह राम्रो कुरा हुनेछ । यद्यपि, धेरै पश्चिमी मिडियाले यसलाई यसरी हेर्दैनन् । यो नै वासिङटनको ‘चीनलाई सन्तुलनमा राख्न’ र “एशिया–प्रशान्त क्षेत्रमा आफ्नो बन्दोबस्तलाई गतिशील पार्न’ को लागि नवीनतम उपाय हो भन्ने विश्वास गरिएको छ ।
विगत ३० वर्षमा सोलोमन टापुमा अमेरिकाको ‘आउजाउ’ सधैं रणनीतिक चिन्ता र भूराजनीतिक खेलहरूमा डुबेको छ । अमेरिकाले वास्तवमै टापु देशहरूको विकासमा साँच्चिकै चासो राखेको छ ? के उनीहरूलाई समान साझेदारको रूपमा व्यवहार गर्छ र ? भन्ने शङ्का गर्ने अधिकार स्थानीयहरूसँग छ । सन् २०२२ को जूनमा सोलोमन टापुका पत्रकार डोरोथी वीहानले न्युयोर्क टाइम्समा लेख प्रकाशित गर्दै भनिन्, “मैले मेरो देशका सबै टापुहरूको भ्रमण गरेको छु र अमेरिकाले छोडेको कुनै सम्पदा देखेको छैन । तर चिनियाँ कम्पनीहरूले हाम्रा मुख्य अस्पतालको स्तरोन्नति गरेको साथै एक रङ्गशालाको निर्माण पनि गरिरहेका छन् । उनले यस्तो प्रश्न गरिन, ‘सोलोमनले चीनसँग सहकार्य गरेको आरोप लगाउने अमेरिकासँग के अधिकार छ ?’ युनिभर्सिटी अफ उटाहकी सहायक प्राध्यापक एन्जेला रोबिन भन्छिन्, ‘दसकौँ बितिसकेको छ र अहिले अमेरिकालाई चीनको बारेमा चिन्ता लागेकोले प्रशान्त टापुका देशहरूको बारेमा चासो राख्न थालेको रहेछ, यसबाट वास्तवमा इमानदार नभएको महसुस हुन्छ ।’
इमानदारी नै देशहरूबीचको सहयोगको आधार हो । प्रशान्त महासागरीय टापुका देशहरूका लागि विकास प्राथमिकता हो र यसका लागि अवसरवाद चाहिँदैन, वास्तविक विदेशी सहयोगको खाँचो छ । तिनीहरूमा ठूला मुलुकको खेलको प्यादा र सिकार बन्ने मनसाय छँदैछैन । तीस वर्षसम्म बन्द रहेका आफ्ना दूतावास पुनः खोलेपछि अमेरिकाले प्रशान्त टापु देशहरूप्रति सम्मान र समानताको पुनः स्थापना गर्ने आशा गरिएको छ । उदाहरणका लागि, नाट्टी साराको मागको जवाफ दिँदै संरा अमेरिकाले दोस्रो विश्वयुद्धमा सोलोमन टापुमा बाँकी रहेका बमहरूलाई हटाउने काम इमानदारीपूर्वक गर्नुपर्छ ।
Leave a Reply