कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २२ माघ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को चाँगुनारायण उपसमितिको आयोजनामा शनिबार सदस्यसम्बन्धी तालिमको आयोजना भयो ।
कार्यक्रममा सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले संस्थासँग सदस्यको राम्रो सम्बन्धले मात्र संस्था सफल हुने भएकोले संस्थाले सदस्यहरूको सन्तुष्टिलाई विशेष ध्यान दिनुपर्छ भन्नुभयो ।
सदस्यको समस्या समाधानले सदस्यसँगको सम्बन्ध मजबुट हुन्छ, उहाँले भन्नुभयो ।
सङ्घका सञ्चालक एवं उपसमितिका संयोजक सन्तोषी खतिवडाले तालिमले ज्ञान र सीपमा अभिवृद्धि गर्ने चर्चा गर्दै तालिम तथा सिकाइलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
सङ्घका व्यवस्थापक बालकृष्ण धोजुले प्रभावकारी सदस्य सम्बन्धको व्यवस्थापन हुन नसक्दा हाल सहकारीमा समस्या तथा चुनौती बढिरहेको बताउनुभयो ।
नेफ्स्कुनका कवि न्यौपानेले सहकारीमा सदस्य सम्बन्धको महत्व, सम्बन्ध विकासका चरण, उत्कृष्ट सेवा प्रवाहका तरिका, सदस्यसँग गर्ने व्यवहारलगायतका विषयमाा सहजीकरण गर्नुभयो ।
कार्यक्रममा सङ्घका कर्मचारी राकेश जोशीले पनि बोल्नुभएको थियो ।
Leave a Reply