कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २३ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली काङ्ग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको बताउनुभएको हो ।
सोमबार रफत सञ्चार क्लव भक्तपुरको १३ औँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा उहाँले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने केही नभएको चलन काङ्ग्रेसले ल्याएको बताउनुभएको हो ।
बिजुक्छेँले भन्नुभयो, “प्रमुख प्रतिपक्ष दलले कहिल्यै सरकारलाई समर्थन गर्दैन, प्रमुख प्रतिपक्ष दल त छाया सरकारको रूपमा रहेर सरकारको गतिविधिलाई नियाल्नुपर्छ, सरकारका गलत कामलाई खबरदारी गर्ने, रोक्ने काम प्रतिपक्षको हो, सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको हो तर सत्ताको मोहले काङ्ग्रेसले त्यो जिम्मेवारी नै छाडिदियो ।”
उहाँले प्रतिपक्ष पनि हुँ भन्ने अनि सत्तामा भागबन्डा पनि खोज्ने काङ्ग्रेसको नीति नै गलत भएको बिजुक्छेँको भनाइ थियो ।
उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कम्युनिस्ट पनि भन्ने काङ्ग्रेस नेतृत्वको सरकारमा जाने कसरी कम्युनिस्ट हुन्छ भनी प्रश्न गर्नुभयो ।
संसद्मा सांसदलाई बोल्न नदिनु गलत भएको भन्दै नेमकिपा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “राप्रपाले हिन्दू राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसद्मा सभामुखले रोक्नु गलत हो, संसदमा बोल्न पाउनुपर्छ, चित्त नबुझेका कुरा जवाफ दिने हो, बोल्न रोक्न पाइँदैन ।”
कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ, कल्पना स्मृति कोषका अध्यक्ष एवं रफत सञ्चार क्लवका संरक्षक प्रेमबहादुर थापा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव नारायणसुन्दर किलम्बु, महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापति, रासस भक्तपुरका विशेष समाचारदाता रमेश गिरीलगायतले रफत सञ्चार क्लवले १३ वर्षमा भक्तपुरलाई चिनाउन खेलेको भूमिकामाथि चर्चा गर्नुभयो ।
रफत सञ्चार क्लवका अध्यक्ष सुशीलबन्धु थापाले भक्तपुर सञ्चार क्षेत्रमा निकै पछाडि परेको अवस्थामा सुरु भएको क्लवले राजनीतिक, सामाजिक, सांस्कृतिक बहस, छलफल गर्दै आवाजविहीनहरूको आवाजलाई उत्थान गर्दै आएको बताउनुभयो ।
Leave a Reply