भर्खरै :

हङकङ सामान्य अवस्थामा फर्कँदा विश्वका लागि नयाँ प्रतिक्षाको सिर्जना

हङकङ सामान्य अवस्थामा फर्कँदा विश्वका लागि नयाँ प्रतिक्षाको सिर्जना

पेइचिङ, ७ फेब्रुअरी । फेब्रुअरी ६ का दिनदेखि हङकङ र मुख्य भूमिबिचको आवतजावत सहज र सामान्य भएको छ ।
ब्लम्वर्गका अनुसार, त्यो हङकङले अर्थतन्त्र र पर्यटन व्यवसायलाई पुनःतेजिलो पार्नका लागि चालेको एक कदम हो ।
अन्तर्राष्ट्रिय ठूलो सहर पुनः सामान्य अवस्थामा फर्केको देखिएको हङकङ विशेष प्रशासनिक क्षेत्रका सरकारी पदाधिकारीले प्रतिक्रिया दिएका छन् । अन्तर्राष्ट्रिय जनमतका अनुसार, भविष्यमा चीनको मुख्य भूमि र विश्वका अन्य क्षेत्रसँग जोड्ने र सम्पर्क राख्ने सन्दर्भमा हङकङले अझ राम्रोसँग आफ्नो विशेषतायुक्त श्रेष्ठताको सदुपयोग गर्दै जानेछ ।
बितेका केही समययता महामारीले हङकङको अर्थतन्त्रमाथि नकारात्मक प्रभाव पारेको थियो । चीनको महामारी प्रतिरोधात्मक नीति सुधारिँदै आएको र महामारी अवस्था परिवर्तित हुँदै आएको सिलसिलामा हङकङ तथा मुख्य भूमि बीचको आवतजावत बल्ल भएर पुनःसुरु भएको छ । त्यसमा अर्थतन्त्रको पुनःरुत्थान हुने हङकङवासीहरूको प्रतिक्षाको पनि बोकेको छ ।
सामान्य अवस्थामा फर्केको हङकङ जोडतोडसँग प्रयास गरिरहेको छ । हाल हङकङ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक ली का छ्यु जोन प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउदी अरबिया र संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहनुभएको छ । जुन हङकङ बेल्ट एन्ड रोडको निर्माणमा संलग्न भएको पछिल्लो वास्तविकता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *