भर्खरै :

सन्धि–सम्झौतामा हस्ताक्षर हुनुअघि मस्यौदा संसद्मा छलफल हुनु जरूरी

काठमाडौँ, २६ माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले द्विपक्षीय र बहुपक्षीय सम्झौताको मस्यौदा संसद्मा छलफल गर्ने नियमावलीमा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको बिहीबारको बैठकमा सांसद सुवालले महाकाली सन्धि, एमसीसीलगायत सन्धि–सम्झौतामा सरकारबाट हस्ताक्षरपछि संसद्मा अनुमोदनको लागि प्रस्तुत हुँदा देश र जनताको हितमा हुनुपर्ने बुँदासमेत छुटेको तर्फ बैठकको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले फौजदारी अभियोगमा पक्राउ गरिएका वा फरार भएका सदस्यको पारिश्रमिक र सुविधा स्थगित हुनुपर्ने र फौजदारी अभियोगमा प्रचलित कानुनबमोजिम कैदको सजाय परेका सांसदको पद नै रिक्त हुने व्यवस्था नियमावलीमा समावेश गर्नुपर्नेतर्फ जोड दिनुभयो ।
सांसद सुवालले सरकारमा गएका दलहरूको सुझावअनुसार नियमावली बनाइँदा अहिले संसद् र समिति प्रभावकारी नभएको तर्फ बैठकको ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *