भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, २६ माघ । भक्तपुर नगरपालिकाका प्रमुख एवम् तेह्रौँ नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको नगरसभाको बैठकबाट भक्तपुर नगरपालिका (नगर कार्यपालिका तथा समिति) को बैठक सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ सर्वसम्मतिले पारित भयो ।
उक्त कार्यविधिमाथि भएको छलफलमा सभासद्हरू नारायणप्रसाद त्वानाबासु र हरिरत्न गोर्खालीले जिज्ञासा राख्नुभएको थियो भने उठेका जिज्ञासामाथि वडाध्यक्ष रवीन्द्र ज्याख्वले प्रस्ट पार्नुभयो ।
बिहीबार बसेको नगरसभाको विशेष समयमा सभासद्हरू रामसुन्दर बासी, मन्जु लाखा, सुमित्रा बोहजु, कल्पना शिल्पकार, विष्णुकेशरी दुवाल, रीता फसिकवा, तारादेवी शाक्य, विष्णुमाया कामी, सूर्यप्रसाद श्रेष्ठ, सिद्धिराम अवाल, हरिरत्न गोर्खाली, न्हुछेराम कोजु, हेरा ख्याजु, कृष्णसुन्दर प्रजापति र जितेन्द्र मुनंकर्मीले नगरको सरसफाइ, खानेपानी समस्या, विकास निर्माण, कृषिलगायतका विषयमा आआफ्नो धारणा राख्नुभयो ।
सभामा उठेका जिज्ञासामाथि शिक्षा, संस्कृति स्वास्थ्य समितिका सदस्य रवीन्द्र ज्याख्वले आधारभूत विद्यालय स्तरोन्नतिको लागि भक्तपुर नपाले विद्यालयको निरीक्षण गरी आर्थिक अनुदानहरू प्रदान गर्दै आइरहेको, स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षक–शिक्षिकाहरूलाई अभिमुखीकरण कार्यक्रम गर्ने, वडा नं. ६ को शिशुस्याहार केन्द्र अन्य स्थानमा स्थानान्तरण गर्न उपयुक्त ठाउँको खोजी भइरहेको, शववाहन खरिद प्रक्रियामा कानुनी झन्झट भइरहेको धारणा राख्नुभयो ।
पार्किङ व्यवस्थापन र खानेपानी विषयमा वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरभित्र पार्किङ व्यवस्था गर्न वडा नं. १ मा दुईवटा पार्किङस्थल व्यवस्था गरिसकेको, नगरभरि मेलम्चीको पानी आपूर्तिको लागि निर्माण समितिमा आवश्यक छलफलसमेत भइरहेको सभामा जानकारी गराउनुभयो ।
निर्माण समितिका संयोजक उकेश कवांले सरकारले भक्तपुर नपाको लागि पर्याप्त पुँजीगत बजेट विनियोजन नगरेको हुँदा विकास निर्माण कार्यमा ढिलाइ भइरहेको, बजेट अभावकै कारण अरनिको सभाभवनको कार्यअगाडि बढाउन नसकिरहेको प्रस्ट पार्नुभयो ।
सभामा नगर प्रमुख प्रजापतिको अनुमतिमा विधायन समितिका सदस्य कृष्णप्रसाद कोजुले भक्तपुर नगरपालिका, युवा उद्यमशीलता प्रवद्र्धन ऋण परिचालन सम्बन्धमा बनेको निर्देशिका, २०७९ छलफलको लागि सभामा प्रस्तुत गर्नुभयो ।
नगरसभाको अर्को बैठक फागुन १ गते दिनको १ बजे बस्ने छ ।
Leave a Reply