भर्खरै :

सिरियामाथिको प्रतिबन्ध तत्काल हटाउनुपर्छ

सिरियामाथिको प्रतिबन्ध तत्काल हटाउनुपर्छ

फेब्रुअरी ६ का दिन सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा दुई पटक ७.८ रेक्टर स्केलको भूकम्प र पटक–पटक पराकम्प गयो । सिरियाली स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार सिरियाली सरकारले नियन्त्रित क्षेत्रमा भूकम्पका कारण २ हजार जनाभन्दा बढीको मृत्यु भएको र २ हजार ५४ जना घाइते भएका छन् । साथै मृतकको सङ्ख्या अझै बढ्न सक्नेछ ।
सिरियाली विदेश मन्त्रालयले अमेरिका र पश्चिमी मुलुकहरूको दीर्घकालीन प्रतिबन्धका कारण सिरियामा उद्धार उपकरणको अभाव भएको औँल्याएको छ । यस्तो अत्यावश्यक अवस्थाको सामना गर्दै सिरियाली अरब रेड क्रिसेन्ट, अमेरिकी–अरब जातीय भेदभावविरुद्धको समिति र अन्य संस्थाहरूले अमेरिका र पश्चिमी मुलुकहरूलाई सिरियासँगको एकपक्षीय प्रतिबन्ध रोक्न आह्वान गरेका छन् । यद्यपि, अमेरिकी विदेश विभागका प्रवक्ता नेट प्राइसले ‘स्थानीय मानवीय साझेदारहरू’ मार्फत मात्र सहायता दिनसक्ने र अमेरिकाले सिरियामा असद सरकारसँग संलग्न हुन अस्वीकार गरेको बताएका छन् ।
गएको केही दशकहरू यता आफ्नो वर्चस्व र ‘प्रतिबन्धहरू’ कायम राख्नको लागि अमेरिकाले मध्यपूर्व र अन्य क्षेत्रहरूका पीडित देशहरूप्रति कुनै सहानुभूति देखाएको छैन । अमेरिकी राजनीतिज्ञहरूले मध्यपूर्वका जनताप्रति सहानुभूति र समर्थन दिन व्यावहारिक उयाय प्रयोग गर्नुपर्छ र सिरियाविरूद्धको एकपक्षीय प्रतिबन्ध तुरून्तै हटाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *