भर्खरै :

आज नेक्राकिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको समुद्घाटन

आज नेक्राकिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको समुद्घाटन

जुलुस हुने स्थान भरतचोक कलैया बजार : उद्घाटन बैरिया कैलाली
काठमाडौँ, २७ माघ । ‘जमिन जोत्नेलाई मालिक बनाउन किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा गर्न तेस्रो राष्ट्रिय सम्मेलन’ भन्ने उद्घोषका साथ शनिबार नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह हुँदै छ । उक्त सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद् प्रेम सुवालले एक भव्य समारोहबिच गर्नुहुनेछ ।
उद्घाटन सत्र सुरु हुनुअघि जिल्ला–जिल्लाबाट सहभागी किसान, मजदुर, युवा, विद्यार्थी, महिला, शिक्षक तथा सर्वसाधारण जनता भरतचोकस्थित कलैया बजारमा भेला हुनेछन् । कैलाली बजारबाट सुरु हुने उक्त जुलुस नगर परिक्रमापछि बैरियामा पुगी उद्घाटन सत्रमा परिणत हुनेछ ।
जुलुसमा नेक्राकिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सफल पारौँ, जमिन जोत्नेको सिद्धान्तको आधारमा क्रान्तिकारी भूमिसुधार लागु गर, ५८ वर्ष माथिका किसानलाई पुग्दो निर्वाह भत्ता र आदर निकेतनको व्यवस्था गर, स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर, जनसङ्ख्याको अनुपातमा राज्यका सबै अङ्गहरूमा किसानको प्रतिनिधित्व सुनिश्चित गर भन्ने नारा लगाइने छ । त्यस्तै गुठी जग्गा रैकरमा परिणत गर्ने व्यवस्था लागु गर, सबै खालका जोताहा किसानलाई मोहियानी हकको व्यवस्था गर, माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा जिन्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, समाजवादी गणतन्त्र जिन्दावाद, नेमकिपा जिन्दावाद, नेक्राकिसङ्घ जिन्दावाद भन्ने नारा लगाउने आयोजकले जनाएको छ ।
तेस्रो राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक डिल्लीप्रसाद काफ्लेको सभापतित्वमा हुने सो उद्घाटन सत्रमा नेक्राकिसङ्घका केन्द्रीय सदस्यहरूले बोल्ने कार्यक्रम रहेको केन्द्रीय समितिले जनाएको छ । प्राप्त जानकारीअनुसार उक्त सम्मेलनमा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रे, सोलुखुम्बु, बारा, पर्सा, रौतहट, सप्तरीलगायत चार दर्जनभन्दा बढी जिल्लाका किसानहरूको सहभागिता हुनेछ ।
दोस्रो दिन बन्द सत्र हुनेछ । बन्द सत्रले नेपाल क्रान्तिकारी किसान सङ्घको केन्द्रीय नयाँ कार्य समिति चयन गर्नेछ ।
विसं २०२१ सालको भूमिसुधारलाई गरिब किसानको पक्षमा उपयोग गर्न सङ्घले भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, मोहियानी हक सुरक्षाको आन्दोलनजस्ता कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै आएको छ । नेक्राकिसङ्घले किसानको हितमा भूमिम्बन्धी ऐन र गुठी ऐन संशोधन गराउन पनि सङ्घर्ष गर्दै आइरहेको छ । नेक्राकिसङ्घको आन्दोलनले धेरै जोताहा किसानको मोहियानी हक सुरक्षित भएको थियो । सङ्घका अग्रजहरूले बारा, पर्सा, रौतहट, धनुषा, सिरहा, सप्तरी, भक्तपुर, चितवनलगायतका जिल्लामा भएको किसान सङ्घर्षमा भाग लिएका थिए ।
वर्गीय मुक्ति आन्दोलनको निम्ति सङ्घर्षरत नेक्राकिसङ्घले क्रान्तिकारी भूमिसुधार लागु गर्नुपर्ने माग गर्दै आइरहेको हो । कमैयाहरू पनि जोताहा किसान भएको हुँदा कमैयालाई मोहियानी हक दिनुपर्ने नेक्राकिसङ्घको माग हो । तर, सरकारले पुस्तौँदेखि जोत्दै आएको जग्गामा मोहियानी हक कायम नगर्दै कमैया मुक्ति घोषणा ग¥यो र द्वैधस्वामित्वको अन्त्य ग¥यो । यसले किसानहरू मोहियानी हकबाट वञ्चित भए ।
नेक्राकिसङ्घले सरकारी लगानीमा स्वदेशमै गुणस्तरीय मल कारखाना खोल्न सरकारको ध्यानाकर्षण गर्दै आएको छ । खाद्यान्नमा आत्मनिर्भर बनाउन सिंचाइ, नयाँ नयाँ बीउबिजन, सस्तो सुलभमा कृषिऔजारको माग पनि नेक्राकिसङ्घले गर्दै आएको हो । सङ्घले सुस्ता बचाउदेखि देशको सार्वभौमिकता जोगाउने अभियानमा भाग लिँदै आएको छ । सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविरीत भारतीय पक्षले एकतर्फीरूपमा बनाएका बाँध तथा तटबन्ध भत्काउनुपर्ने आन्दोलनमा पनि भाग लिइरहेको छ । यसरी देश र जनताको पक्षमा सङ्घर्षशील नेक्राकिसङ्घको आज शनिबार बाराको कलैयामा तेस्रो राष्ट्रिय सम्मेलन हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *