भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, २७ माघ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत योजनाअन्तर्गत भक्तपुर नगरपालिका वडा नं ७ स्थित हनुमानघाटमा सुधारिएको शवदाह गृह नजिक प्रतिक्षालयको शिलान्यास कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकालाई देशकै उत्कृष्ट नमुना नगरपालिकाको रूपमा चिनाउने उद्देश्यका साथ नगरपालिका अगाडि बढिरहेको र यहाँका हरेक क्षेत्र सांस्कृतिक, धार्मिक हिसाबले महत्वपूर्ण भएको हुँदा जनताको सहभागितामा विकास निर्माणका कार्य अगाडि बढिरहेको बताउनुभयो ।
हनुमानघाट क्षेत्र धार्मिकरूपले महत्वपूर्ण भएको बताउँदै यस क्षेत्रमा सुधारिएको शवदाह गृह निर्माणले नगरवासीहरूलाई दाहसंस्कारमा सहज भएको र अब प्रतिक्षालय निर्माणले थप सुविधा पुग्ने उहाँले प्रस्ट पार्नुभयो ।
भक्तपुर नपाले विकास निर्माणका प्रत्येक वडालाई ५० लाखको बजेट विनियोजन गर्नुका साथै सम्पदा संरक्षण गर्न थप २०/२० लाख बजेट विनियोजन गरेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको हरेक निर्माण कार्यमा इस्टिमेटभन्दा कम रकममा गुणस्तरीय कार्य भइरहेको जानकारी गराउनुभयो ।
उपभोक्ता समितिमार्फत हुने विकास निर्माण कार्यमा स्थानीय जनताको अपनत्व रहने र कम लागतमा निर्माण सम्पन्न हुने बताउँदै उहाँले भक्तपुरलाई उत्कृष्ट बनाउनको लागि नगरवासीहरूको निरन्तररूपमा साथ र सहयोगको आवश्यकता भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका ७ नं. वडा कार्यालयका वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले नगर तथा नगरवासीहरूको हितको निम्ति सक्रिय भूमिका खेल्दै आएको बताउँदै भक्तपुर नगरपालिकाले समाजवादउन्मुख गतिविधिमा जोड दिँदै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा ७ नं. वडाका वडा सदस्य रञ्जना त्वाती, प्रतिक्षालय निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष बद्रीराम छुस्याबाग र वडा सचिव विजय लोहलाले पनि बोल्नुभएको थियो ।
Leave a Reply