नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
केही दिनपछि लेनिनलाई एक गुत बैठकमा लैजान राहिया आए । रात छिप्पिसकेको थियो । सबै पसलहरू बन्द भइसकेका थिए । घरबाट केही दूरीमा बिस्कुटको सुनौलो साइनबोर्ड टाँगिएको रोटी पसल थियो । ढोकामा ताल्चा लागेको थियो । झ्यालहरू पनि बन्द थिए । पसलअगाडि लामो लाइन थियो । उभिनेमा धेरैजसो आइमाई थिए । उनीहरू सबैले मजेत्रो ओढेका थिए । चिसोले काम्दै ठूलो धैर्यका साथ उनीहरू प्रतीक्षारत थिए । यस्तै हाल अरू पसलअगाडि पनि थियो । पेत्रोग्रादमा पाइलैपिच्छे यस्ता थकितगलित र उकुसमुकुस लाइनहरू देखापर्थे । खाद्यसामग्रीको वितरण पहिल्यै भइसकेको थियो । हरेकलाई कहिले आधा त कहिले चौथाइ पाउन्ड खाद्यसामग्री दिइन्थ्यो । प्रत्येक व्यक्ति छिटोभन्दा छिटो किन्न चाहन्थ्यो । ढिलो गरेमा कसैगरी किन्न सकिँदैनथ्यो । आइमाईहरू रातभर लाइन लगाएर रोटी पसलसामु उभिरहन्थे । उनीहरूको शिरमा दुःखको पहाड खसेको थियो । अर्कोतिर पति र छोराहरू युद्धका मोर्चाहरूमा अकारण मारिरहेका थिए । लडाइँ रोकिने छाँट थिएन ।
“मेरो देशको हाल पनि खासै राम्रो छैन । मालिकहरूले धमाधम कारखाना बन्द गरिरहेका छन् । मेसिनहरू बन्द छन् । बेरोजगारी बढिरहेछ ।” एइनो राहियाले भने ।
देश साँच्चै सङ्कटपूर्ण स्थितिबाट गुज्रिरहेको थियो । रेलगाडीहरू जसोतसो चलिरहेका थिए । कलकारखानाहरू कोइला र कच्चा पदार्थको पर्खाइमा थिए । सहर खाद्य पदार्थको पर्खाइमा थियो ।
“अब केको प्रतीक्षा हो त ?” राहियाले सोधे ।
“बोल्सेभिकलाई थाहा हुनुपर्ने हो,” लेनिनले कडा पारामा जवाफ दिए ।
“बोल्शेभिकहरूले प्रतीक्षा होइन, सर्वहारा क्रान्ति गर्नुपर्छ ।” उनले त्यस्तै पारामा फेरि भने ।
फेब्रुअरी क्रान्तिको सुरूदेखि नै लेनिनले बोल्योभिकहरूले सोभियतहरूमा कब्जा जमाउनुपर्छ भन्ने कुरामा जोड दिँदै आएका थिए । अनि मात्र मजदुर वर्गले शान्तिपूर्ण तरिकाले सत्ता हत्याउन सक्थ्यो । तर, मेन्शेभिकहरूले पाइला–पाइलामा भाँजो हालिरहेका थिए ।
स्थिति अब एकदम बदलिएको थियो । सशस्त्र क्रान्तिको समय आएको थियो । अझै अबेला गर्नु ठीक थिएन ।
अक्टोबरको त्यो साँझ गुप्त बैठकमा पार्टीका केन्द्रीय समितिका सबै सदस्यहरू उपस्थित थिए । बैठकमा लेनिन पनि आउने सुइँको सबैले पाएका थिए । उनीहरूले धेरै समयदेखि लेनिनलाई देखेका थिएनन् । यसर्थ, सबैले अधीर भई प्रतीक्षा गरिरहेका थिए । वृद्धको भेषमा लेनिनलाई चिन्न कठिन थियो । तर, विचार, स्वर, नाराहरू र सङ्कल्पशक्ति सबथोक लेनिनका थिए ।
हामीले सशस्त्र क्रान्तिको तयारी गर्नु छ । फौजलाई मजदुरहरूको पक्षमा ल्याउनु छ । सबैभन्दा योग्य बोल्शेभिकहरूलाई विभिन्न प्रान्त र सहरहरूमा पठाउनु छ । कलकारखानाका लालगार्ड दलहरूलाई हतियारले सुसज्जित तुल्याउनु छ । उनीहरूको नेतृत्व गर्ने अनुभवी र समझदार कमान्डर नियुक्त गर्नु छ ।”
“हामीले क्रान्तिको समय आएपछि कुन लालगार्ड दल कतातिर बढ्नेछ भन्ने कुराको पनि निक्र्योल गर्नु छ । क्रान्तिको नेतृत्व सैनिक क्रान्तिकारी समितिले गर्नेछ ।” यो थियो सशस्त्र क्रान्तिको योजना । केन्द्रीय समितिले यसमाथि विचार ग¥यो, छलफल ग¥यो । सबै ठीक छ, स्पष्ट छ भन्नेमा अधिकतर सदस्य सहमत भए ।
केन्द्रीय समितिमा दुई सदस्य यस्ता थिए, जसले आफूलाई भन्न त बोल्शेभिक भन्थे । तर, सर्वहारा क्रान्तिको जोडदार विरोध गर्थे ।
उनीहरू पार्टी र लेनिनको योजनामा सहमत थिएनन् । यी दुई सदस्य थिए जिनोभियम र कामेनेभ । जिनोनित् र कामेनेभ दुवै बहस गर्न जान्दथे । दुवै उत्कृष्ट वक्ता थिए । क्रान्तिको कुरा उठेपछि दुवै हच्किए ।
“के मजदुर वर्गमा राज्य सञ्चालन गर्न सक्ने योग्यता छ ?” दुवैले अविश्वास प्रकट गर्दै सोधे ।
यस निर्णायक घडीमा दुवैले क्रान्तिको योजनाको विरोध गरे । यतिमात्र होइन, उनीहरूले एक मेन्शेभिक पत्रिकामा यस योजनाको खबर पनि छापे । यसरी बोल्शेभिकहरूले कहाँ, कहिले र कसरी क्रान्ति सुरू गर्दै छन् भनी अस्थायी सरकार र पुँजीपतिहरूलाई बताइदिए ।
“अब यी दुवैलाई आफ्नो साथी मान्दिन भन्दा मलाई आपत्ति हुनेछैन,” रोषपूर्वक लेनिनले लेखे । “यस्तो कठिन घडीमा यस्तो महत्वपूर्ण काममा यति ठूलो विश्वासघात !”
तर, लेनिन विचलित भएनन् । क्रान्ति भई छोड्नेछ । केन्द्रीय समिति सम्पूर्ण शक्ति खर्चेर क्रान्तिको तयारीमा जुट्यो ।
– ‘लेनिन कथा’ बाट
Leave a Reply