भर्खरै :

गोरखा चेम्बर अफ कमर्सको टोली भक्तपुरमा

गोरखा चेम्बर अफ कमर्सको टोली भक्तपुरमा

भक्तपुर, २८ माघ । भक्तपुर चेम्बर अफ कमर्सले गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठको नेतृत्वमा भक्तपुरको भ्रमणमा आएको टोलीलाई संस्थाको सचिवालयमा एक कार्यक्रमबिच स्वागत ग¥यो ।
सो अवसरमा भ्रमण टोलीलाई स्वागत गर्दै भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले दुई जिल्लाका व्यवसायीहरूको भेटघाटले आपसी सम्बन्ध वृद्धि हुने तथा व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।
गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले भक्तपुरप्रति आभार प्रकट गर्दै भ्रमण कार्यक्रमले संस्थागत विकासका नयाँ अवसरहरू पहिचान भएको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय कार्य समिति सदस्य एवं भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष रोशन भोयद्योले मौजुदा अवस्थामा अधिराज्त्र नै जिल्ला नगर चेम्बरहरूले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । जिल्ला नगर चेम्बरहरूको संस्थागत विकासमा सहयोग गर्न आफू तत्पर रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका कार्य समिति सदस्य तथा भक्तपुर नगर चेम्बरका अध्यक्ष राधेसुन्दर साँय्जुले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
भक्तपुर चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो । संस्थागत विकास, व्यापार प्रवद्र्धनलगायतका विषयहरूमा दुवै जिल्लाका व्यवसायीहरूबिच छलफल भएको थियो । भ्रमण टोलीमा गोरखा चेम्बर अफ कमर्सका पदाधिकारी, कार्यसमिति, महिला चेम्बरका सदस्यहरू गरी २२ जनाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *