भर्खरै :

बाँके, सुर्खेत, दैलेख, अछाम, कालीकोट र जुम्ला अध्ययन भ्रमणको स्मरण–१

बाँके, सुर्खेत, दैलेख, अछाम, कालीकोट र जुम्ला अध्ययन भ्रमणको स्मरण–१

माघ ६ गते, शुक्रबार
नेपाल मजदुर किसान पार्टी स्थापनाको ४९ औँ वर्ष पुगेको अवसरमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसमेतको टोलीले २०७९ माघ ६ गतेदेखि १८ गतेसम्म सुदूरपश्चिम नेपालको भ्रमण ग¥यो । भ्रमण टोलीमा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रन्जना त्वाती, नेक्राविसङ्घका केन्द्रीय सदस्य प्रकाश गुरुङ, स्वकीय सचिव कृतिका प्रजापतिसहित ६ जना हुनुहुन्थ्यो ।
हामी शुक्रबार बिहान करिब ५ः३० बजे भ्रमणको निम्ति भक्तपुरबाट हिँड्यौँ । केही समयदेखि नारायणगढ मुग्लिन सडक खण्डमा निर्माणाधीन पुलको निम्ति दिउँसोको समय सवारी आवतजावत बन्द गरिएको हुँदा हामी सकभर बाटो बन्द हुनु अगाडि मुग्लिन कट्ने हिसाबले हाम्रो यात्रा अगाडि बढेको थियो ।
नारायणगढदेखि बुटवलको सडक खण्डमा विगत केही वर्षदेखि चलेको सडक चौडा पार्ने र पुल निर्माणको काम अझै कायमै छ । करिब तीन घण्टामा सकिने नारायणगढदेखि बुटवलसम्मको यात्राको अवधि अहिले झन्डै दोब्बर पुगेको देखिन्छ । बाटो पुरै धुलाम्य थियो । यात्रुहरूको लागि पश्चिम नेपालको यात्रा सहज भने पक्कै छैन । दैनिक हजारौँ सवारीसाधन चल्ने यो सडकको अवस्थाले यात्रुहरूलाई सास्ती दिइरहेको छ । सडक बन्दै गरेको धेरै वर्ष भइसक्यो तर काम भने ज्युका त्युँ नै देखिन्छ । सडक विस्तारअन्तर्गत पुल निर्माणको काम अझै सकिएको देखिँदैन । निर्माण कार्य चलिरहेका यी सडकको यात्रा झन्झन् कष्टकर बन्दै गएको यात्रुहरूको गुनासो छ । सडकको खाल्डाखुल्डीले हाम्रो यात्रा निकै कठिन बनायो । बिहान ५ः३० बजे निस्केका हामी बेलुकी ६ः३० मा नेपालगञ्ज पुग्यौँ । आजको दिन कोहलपुरस्थित मानसरोबर होटलमा हामी बसेका थियौँ ।

माघ ७ गते शनिबार
आज हाम्रो कोहलपुरबाट सुर्खेत पुग्ने कार्यक्रम थियो । बिहान ७ बजे कोहलपुरबाट हिँडेका हामी १० बजे सुर्खेत पुग्यौँ । बाटो राम्रो भएकोले होला, नेपालगञ्जदेखि सुर्खेतको यात्रा भने निकै सहज भयो । सुर्खेतस्थित फूलबारी होटलमा हाम्रो बस्ने व्यवस्था मिलाइएको थियो ।
वीरेन्द्रनगरमा नेक्राविसङ्घको प्रशिक्षण
नेक्राविसङ्घ सुर्खेत जिल्ला समितिको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा नेमकिपाको ४९ औं स्थापना दिवसको अवसरमा समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम दिनको ११ बजेको लागि तय गरिएको थियो । वीरेन्द्रनगर वडा नं. ६ स्थित जन नमुना माध्यमिक विद्यालयको प्रशासनिक भवनमा आयोजित कार्यक्रममा हामी पुग्दा सबै विद्यार्थी कार्यकर्ताहरू उपस्थित भइसकेका थिए ।
नेमकिपा स्थापनाको ४९ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा कर्णालीका विभिन्न जिल्लाबाट सुर्खेतमा अध्ययनको लागि आएका करिब ६० जना विद्यार्थीहरूको सहभागितामा भव्यताका साथ कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपा स्थापनाका आधारहरूमाथि प्रस्ट पार्दै माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई अझ माथि उठाउन २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी स्थापना भएको बताउनुभयो । उहाँले देशमा साम्यवादी व्यवस्था स्थापना गर्ने स्पष्ट विचारका साथ पार्टी अगाडि बढिरहेको धारणा राख्नुभयो । भारतीय विस्तारवादबाट नवलपरासीको सुस्तामा भएको भूमि अतिक्रमणविरूद्ध सबभन्दा पहिले विरोध गर्ने दल नेमकिपा भएको बताउँदै नेता प्रजापतिले माओवादीहरू आज ट्रोजन हर्स साबित भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा सुर्खेत जिल्ला समितिका अध्यक्ष हरिबहादुर बोहरा, नेक्राकिसङ्घका केन्द्रीय सदस्य ऐनबहादुर शाही, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ, भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, नेक्राविसङ्घ सुर्खेत जिल्ला सम्मेलन तयारी समितिका संयोजक राजन विक, सदस्य उत्तम थापामगर र रवीन्द्र भण्डारीले नेमकिपा स्थापनाका उद्देश्यहरूमाथि आ–आफ्नो धारणा राख्नुभयो । युवा विद्यार्थीहरूमाझ भएको प्रशिक्षण कार्यक्रम प्रभावकारी थियो ।

माघ ८ गते, आइतबार
सुर्खेतमा पत्रकार सम्मेलन, नगरप्रमुखहरूसँग भेट तथा प्रशिक्षण कार्यक्रम
पूर्वनिर्धारित कार्यक्रमअनुसार हामी बसेको फूलबारी रिसोर्टको सभाहलमा आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सोही बिहान सुर्खेतको छिन्चुदेखि सदरमुकाम वीरेन्द्रनगर आउँदै गर्दा झुप्राखोला नजिक सवारी दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको दुःखद खबर अनलाइन खबरबाट थाहा भयो । यस घटनाले पनि पत्रकार सम्मेलनमा केही असर हुने हो कि भन्ने लागेको थियो ।
उक्त भेटघाट कार्यक्रममा सुनिल प्रजापतिले कर्णालीमा गुणस्तरहीन सडककै कारण दिनहुँ सवारी दुर्घटना हुने गरेको हुँदा गुणस्तरहीन सडक निर्माणमा संलग्न ठेकेदारलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
संसद्मा नेपाली काङ्ग्रेसले समेत सरकारलाई समर्थन गरिसकेकाले प्रतिपक्ष नभएको सरकार तानाशाही हुने हुँदा लोकतन्त्रको सुदृढीकरणका लागि नेमकिपालाई कानुनसम्मत ढङ्गले प्रमुख प्रतिपक्ष दल तोकिदिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेमकिपा सुर्खेत जिल्ला कार्य समितिका अध्यक्ष हरिबहादुर बोहरा, उपाध्यक्ष प्रेमकुमार थापा र सचिव धनेन्द्र विकले आफ्ना भनाइहरू राख्नुभयो ।
तत्पश्चात्् सुर्खेतको वीरेन्द्रनगरका नगर प्रमुख मोहनमाया भण्डारी (ढकाल) सँग भेट्ने कार्यक्रम थियो । हामीलाई नगर प्रमुख ढकालले उहाँको कार्यकक्षमा खादा ओढाई स्वागत गर्नुभयो ।
भेटमा क्रममा दुई नगर प्रमुखबिच नगरपालिकाले अहिलेसम्म गरिरहेका सकारात्मक कार्य, समस्या र चुनौतीको विषयमा आ–आफ्नो अनुभव आदानप्रदान भयो भने आगामी दिनमा दुवै स्थानीय सरकारबिच हुनसक्ने विभिन्न विकास साझेदारीको विषयमा छलफल भएको थियो ।
सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाले नगरवासी विद्यार्थीहरूलाई सहुलियत दरमा शैक्षिक ऋण र विभिन्न विषयहरूमा पीएचडी अध्ययनसम्मको छात्रवृत्तिको व्यवस्था गर्दै आएको बताउनुभयो ।
भेटमा वीरेन्द्रनगर नपाका प्रमुख मोहनमाया भण्डारीले भक्तपुर नपाको असल अभ्यासबारे आफू जानकार रहेको बताउँदै सुर्खेत जिल्ला कर्णाली प्रदेशको राजधानी भएकोले प्रदेशकै शैक्षिक गन्तव्यको केन्द्रको रूपमा रहेको चर्चा गर्नुभयो ।
भेटमा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रञ्जना त्वाती, नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ, नेमकिपा सुर्खेत जिल्ला समितिका सचिव धनेन्द्र विक, वीरेन्द्रनगर जिल्ला समन्वय प्रमुख, वडा नं. ८ र ९ का वडाध्यक्ष एवम् भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललगायत उपस्थित हुनुहुन्थ्यो ।
भेटघाटपश्चात् पुनः होटलमा गई खाना खायौँ । दिउँसो १२ बजे सुर्खेतका कार्यकर्ताबिच समसामयिक राजनीतिक विषयमा प्रशिक्षण कार्यक्रममा सहभागी भयौँ । कर्णालीका अग्रज कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा उक्त प्रशिक्षण कार्यक्रम भएको थियो ।
कार्यक्रममा अतिथि प्रजापतिले नेपाली समाज पुँजीवादी समाजमा रूपान्तरण भएसँगै कामदार वर्गको अवस्था झन्झन् नाजुक हुँदै गएको उल्लेख गर्दै कामदार वर्गको स्वर्ग भनेकै समाजवादी व्यवस्था भएको बताउनुभयो ।
कार्यक्रममा सभापति नेमकिपा सुर्खेत जिल्ला समितिका अध्यक्ष हरिबहादुर बोहरा, नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, नेक्राकिसङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापा, नेमकिपा सुर्खेत जिल्ला समितिका सचिव धनेन्द्र विक, नेक्रामहिला सङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्कालगायतले पार्टीका गतिविधिहरूबारे प्रस्ट पार्नुभयो ।
कार्यक्रम सकाएर करिब ४ बजेतिर हामी सुर्खेतबाट दैलेखको यात्राको लागि निस्क्यौँ । आजको हाम्रो यात्रा सुर्खेत बजारदेखि दैलेखको घोडाबाससम्मको थियो । नेपालको भौगोलिक बनोट र विकटताको अध्ययन गर्न पश्चिम नेपालको भ्रमण गर्न अपरिहार्य भएको महसुस भयो । साँझ करिब ६ बजेतिर हामी दैलेखको घोडाबास पुगेका थियौँ । हामीलाई घोडाबासका मित्रहरूले सयपत्री फूलले न्यानो स्वागत गर्नुभयो । सोही क्रममा त्यहाँको शुभकामना होटलमा त्यहाँका साथीहरूसँग समसामयिक राजनीतिक विषयमा कुराकानी र निर्वाचनको समीक्षा भयो । खान र बस्ने व्यवस्था त्यही भयो ।

कठिन दैलेखदेखि कालीकोटसम्मको यात्रा
माघ ९ गते, सोमबार
आजको यात्रा हाम्रो कालीकोटको मान्ममा पुग्नु थियो । बिहान ७ बजे दैलेखको गुराँस गाउँपालिकाको घोडाबासबाट हामी बिहानै निस्क्यौँ । यात्रा निकै कठिन थियो । सडकको ठाउँ ठाउँमा पहिरो खसिरहेको, खाल्डाखुल्डीले हाम्रो यात्रालाई स्मरणयोग्य बनायो । चामुन्डाविन्द्रासैनीको पालेताडामा त्यहाँका कार्यकर्ताबिच प्रशिक्षण थियो । सुनिल प्रजापतिले उहाँहरूलाई वर्तमान राजनीतिक अवस्थामाथि प्रस्ट पार्नुभयो । त्यहाँ खाना खाएर हामी कालीकोटको लागि हिँड्यौँँ । कठिन यात्रापश्चात्् हामी करिब २ बजेतिर कालीकोटको मान्ममा पुग्यौँ । लगत्तै त्यहाँ नेमकिपाको स्थापना दिवसको अवसरमा कालीकोट जिल्ला समितिले आयोजना गरेको पत्रकार भेटघाटमा सहभागी भयौँ ।
पत्रकार भेटघाटमा प्रजापतिले वामपन्थी र दक्षिणपन्थी अवसरवादको विरोधमा सम्झौताहीन सङ्घर्ष गर्दै नेपाल मजदुर किसान पार्टी ४८ वर्षदेखि निरन्तर अगाडि बढ्दै छ भन्नुभयो । पत्रकारहरूको जिज्ञासाबारे प्रस्ट पार्दै नेमकिपा स्थापनाका आधारहरू, पार्टीको उद्देश्य र निर्वाचनमा नेमकिपाले भाग लिनुको उद्देश्यमाथि उहाँले आफ्नो धारणा राख्नुभयो ।
पत्रकार भेटघाटमा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाही, नेमकिपा कालीकोट जिल्ला समितिका अध्यक्ष खड्गराज शाही र कालीकोट जिल्ला समितिका सचिव धनञ्जय अधिकारीले पनि बोल्नुभएको थियो ।

माघ १० गते, मङ्गलबार
कालीकोटमा राजनीतिक प्रशिक्षण
हाम्रो कालीकोटको बसाइ निकै स्मरणीय भयो । माघ १० अर्थात् नेमकिपाको पार्टी स्थापना दिवसको दिन । सोही अवसरमा कालीकोट बजारमा ¥यालीसहित कार्यक्रम थियो । तर, बिहानदेखि सीमसीम परेको पानी र हावाहुरीले पूर्वनिर्धारित कार्यक्रम प्रभावित भयो । चिसो बढेको थियो । मान्मको चोकमा खुलारूपमा कार्यक्रम गर्ने निर्धारित कार्यक्रमअनुसार निरन्तर परिरहेको पानीले गर्दा आजको कार्यक्रम एउटा सभाहलमा सीमित हुनपुग्यो । हलभित्रै दुई चरणमा कार्यक्रम भयो । सुरुमा अनौपचारिक रूपमा प्रशिक्षण कार्यक्रम भएको थियो भने बिहानको खाना खाइसकेपछि औपचारिक प्रशिक्षण चलाइएको थियो ।
यति चिसो मौसमबिच भएको प्रशिक्षणका सहभागी विद्यार्थी तथा अग्रज कार्यकर्ताहरूको सहभागिता उत्साहजनक मान्नुपर्छ । सहभागीहरू कालीकोटको विभिन्न ठाउँबाट करिब २÷३ घण्टाको पैदल यात्रा गरी चिसोमा प्रशिक्षणमा सहभागी हुन आएका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले पार्टी आजको दिनसम्म आइपुग्दा पार्टीका अग्रजहरूले गरेको दुःख, कष्ट, सङ्घर्षको स्मरण गर्दै पार्टीको उद्देश्य पूरा गर्न अविचलित सङ्घर्ष गर्ने सम्पूर्णमा सम्मान व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाही, नेपाल क्रान्तिकारी शिक्षक सङ्घका उपाध्यक्ष नरदिप शाही, नेक्राविसङ्घका अध्यक्ष प्रकाश गुरुङ, कार्यक्रमका सभापति नेमकिपा कालीकोट जिल्ला समितिका अध्यक्ष खड्गबहादुर शाही र कालीकोट जिल्ला समितिका सचिव धनञ्जय अधिकारीले पनि बोल्नुभएको थियो ।

कालीकोटदेखि जुम्लासम्मको जोखिमपूर्ण यात्रा
कालीकोटमा आज बिहानदेखि नै हावाहुरी र हल्का वर्षा भइरहेको थियो । कालीकोटको कार्यक्रमपश्चात् हाम्रो जुम्ला जाने कार्यक्रम तय थियो । तर, जुम्लामा बिहानदेखि नै बाक्लो हिउँ परिरहेको खबर प्राप्त भएपछि जुम्ला जाने वा नजाने भन्ने कुरामा अलमलियौँ । हिमपातले गर्दा सडक चिप्लो हुने, पहिरो खस्ने सम्भावना भएकोले जुम्ला जाने वा नजाने अन्योल भयो । उता जुम्लाका मित्रहरूले फोन सम्पर्कबाट बाटोको स्थिति दिइरहनुहुन्थ्यो । कालीकोटमा कार्यक्रम करिब ३ बजे सकिएको थियो । लगत्तै हिमपात भएको हुँदा सडकमा खासै समस्या नहुने जस्तो देखिएपछि जुम्ला जाने कुरा भयो । हामी कालीकोटका ३ः१५ मा जुम्लाको लागि हिँड्यौँ ।
कर्णालीको वास्तविक यात्रा बल्ल सुरु भएको महसुस भयो । कालीकोटदेखि मान्म बजारसम्मको सडक छेउछाउका पहाडहरू भयानक देखिन्थे । कर्णाली नदीको किनारबाट गएको सडक कतै कालोपत्रे त कतै कच्ची थियो । विशाल भिरको चट्टान काटेर बनाइएको थियो । त्यो सडकको यात्रा निश्चय पनि जोखिमपूर्ण थियो । तर, यस पटकको हाम्रो भ्रमण सुरु भएदेखि हिमपातका दृश्यहरू देखिन थाल्यो । जुम्ला जिल्ला पुगेदेखि पहाडहरू हिउँले पुरै सेताम्य भरिएका थियो । करिब १ फिटको हिउँ जमिरहेको खेतबारी, घरका छाना र बाटो छेउछाउका दृश्य मनमोहन थियो । चिसो भने अत्यधिक बढेको थियो । गाडी चल्ने सडकमा बाहेक सबै ठाउँमा हिउँ नै हिउँले छोपिएको थियो । रातको करिब ७ बजेतिर हामी जुम्लाको सदरमुकाम खलंगा पुग्यौँ । जुम्ला बजारको न्यु मानसरोबर होटलमा हामीलाई बस्ने व्यवस्था गरिएको थियो ।

(२०७९ माघ ६—१८ गते)

Leave a Reply

Your email address will not be published. Required fields are marked *