भर्खरै :

बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ पारित

बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ पारित

भक्तपुर, ४ फागुन । भक्तपुर नगरपालिकाको ते¥हौँ नगरसभाको पाँचौँ दिन पनि सभा चालु रह्यो । भक्तपुर नगरपालिकाका प्रमुख एवम् ते¥हौँ नगरसभाका सभाध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको नगरसभाको बैठकले भक्तपुर नगरपालिका, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ सर्वसम्मतिबाट सुझावसहित पारित ग¥यो ।
सभामा सभाध्यक्ष प्रजापतिले भक्तपुर नगरपालिकाले आवश्यक जग्गामा नगरपालिका र नगर क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूको संयुक्त लगानीमा जनताको सहजताको लागि बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण गरी सञ्चालन गर्न कार्यविधि बनेको बताउनुभयो ।
आज बसेको नगरसभाको विशेष समयमा सभासद्हरू मञ्जुमैँया लाखा, रीता फसिकवा, सुमित्रा बोहजु, हेरा ख्याजु, नारायणप्रसाद त्वानाबासु, पुरुषोत्तम तमखु, जितेन्द्र मुनंकर्मी, कृष्णनारायण देशेमरु, सूर्यप्रसाद श्रेष्ठ, श्यामसुन्दर मातां, कृष्णलाल किसी, सिद्धिराम अवाल र गोविन्द दुवालले भक्तपुर नपाद्वारा सञ्चालित नगर स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार, ख्वप अस्पतालको सेवा र पार्किङ व्यवस्थापन, सुधारिएको शवदाह गृह व्यवस्थापन, पार्किङ व्यवस्थापन, अव्यवस्थित तार व्यवस्थापन, सडक बत्तीको सुधार, कृषकहरूलाई निःशुल्क बीउबिजन वितरण, आवास योजनाहरूमा सडक पेटी व्यवस्थापनलगायतका विषयमा आ–आफ्नो जिज्ञासा राख्नुभयो ।
सभामा उठेका जिज्ञासामाथि प्रस्ट पार्दै सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले नगरभित्र सञ्चालित सहकारी संस्थाहरू सुरक्षित रहेको, सहकारीहरूले भाखा नाघेको ऋण व्यवस्थापन नगर्दा केही सहकारीहरूमा समस्या आएको र जग्गा बहाल करसम्बन्धी कुरा अघि बढिरहेको धारणा राख्नुभयो ।
स्वास्थ्य, शिक्षा, संस्कृति तथा वातावरण समितिका सदस्य रवीन्द्र ज्याख्वले ख्वप अस्पतालमा बिरामीको चाप हेरी सेवा विस्तार र सुधार गर्न प्रयास गरिने, आयुर्वेद औषधिका लागि थप बजेटको व्यवस्था गर्ने प्रयास रहने तथा घुम्ती सरसफाइको लागि समितिमा छलफल गरिने धारणा राख्नुभयो ।
निर्माण समितिका संयोजक उकेश कवांले विकास निर्माणसम्बन्धी जिज्ञासामाथि प्रस्ट पार्दै वार्षिक बजेट र योजनामा समावेश भएको योजनालाई प्राथमिकतामा राख्दै कार्य गरिने र खोलाको मापदण्ड २० मिटर कायम गर्न प्रयास गर्दै आएको तथा सुधारिएको शवदाह गृह स्तरोन्नतिको लागि प्राविधिक सुझावअनुसार अगाडि बढाइने बताउनुभयो ।
सभामा नगर प्रमुख प्रजापतिको अनुमतिमा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ लको प्रस्तावित विनियम, २०७८ सभामा छलफलको लागि सभामा प्रस्तुत गर्नुभयो ।
नगरसभाको अर्को बैठक फागुन ८ गते सोमबार दिनको १ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *