भर्खरै :

‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाको अन्तरक्रिया

‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाको अन्तरक्रिया

काभ्रे, ४ फागुन । नेपाल मजदुर किसान पार्टी बनेपाको आयोजनामा बिहीबार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया भयो ।
अन्तरक्रिया कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले ग्रीक दार्शनिक अरस्तुले भनेझैँ शिक्षाको जरा तीतो भए पनि यसको फल मीठो हुने बताउनुभयो । उहाँले भारतको संविधानका निर्माता डा. भिमराव अम्वेडकरको भनाइ उद्धृत गर्दै भन्नुभयो, “जसलाई आप्mनो दुःखबाट मुक्ति चाहिन्छ उसले लड्नुपर्छ अनि जसलाई लड्नु छ उसलाई पहिला पढ्नुपर्छ किनकि ज्ञानबिना लड्न गयो भने हार निश्चित छ ।” “आदर्श समाज निर्माणको उद्देश्य लिएर राजनीतिमा लागेका कार्यकर्ताहरूले अध्ययनमा ध्यान दिएनन् भने अर्थात् ज्ञान हासिल गरेनन् भने उद्देश्य सफल हुँदैन ।” उहाँले भन्नुभयो ।
अमेरिकी सरकारको नजरमा माओवादीहरू हाल आएर सहयोगी भएका छन् । एमसीसी सम्झौता संसद्बाट पारित गरेको हुँदा अब त्यसलाई निर्वाध कार्यान्वयन गर्न अमेरिकी उच्चस्तरीय
अधिकारीहरू हप्ता दिन बित्न नपाउँदै नेपालमा छिरिरहेका छन् । अमेरिका आप्mनो एजेन्डा एसपीपी समझदारी लागू गर्नका लागि नेपालमा अमेरिकी अधिकारीहरूको भ्रमण भइरहेको राजनीतिक विश्लेषकहरूको विचार रहेको उहाँले चर्चा गर्नुभयो ।
नेमकिपा काभ्रेका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले क्रान्तिको पक्षमा बुद्धिजीवीहरूलाई समेट्नुपर्ने र बुद्धिजीवीहरू पनि बौद्धिक मजदुर नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्धिजीवीहरूलाई क्रान्तिको पक्षमा बोल्न लेख्न लगाउन सकेन भने क्रान्ति र निर्माणमा समस्या आउन सक्छ ।” अन्तरक्रिया कार्यक्रममा सत्यनारायण श्रेष्ठ, ज्ञानेन्द्र डङ्गोल, राजु तामाङलगायतले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकामा प्रकाशित विषयहरूमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *