वाग्मती प्रदेश प्रमुख देवकोटा भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनमा
- जेष्ठ २९, २०८३
एमाले सम्मिलित माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकार धर्मसङ्कटमा परेको छ । हालको गठबन्धन सरकार भत्किएला कि भन्ने चिन्ता एमालेलाई छ । सरकारको नेतृत्व गर्ने माओवादी केन्द्र विश्वासको मत दिने सबै दलसँग सहमति गरी राष्ट्रपति चयन गरेर देश अघि बढाउनुपर्नेमा जोड दिँदै छ । राजेन्द्र लिङदेनको नेतृत्वमा रहेको राप्रपा सरकारमा सामेल भएर सरकारको विरोध गर्दै छ । देशको लागि राजा आवश्यक भएको भन्दै राप्रपाका सांसदहरू संवैधानिक राजतन्त्रात्मक व्यवस्था र हिन्दू राष्ट्रहरू कायम गर्नुपर्ने विचार राख्दै छन् । प्रमलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको आफ्नो माग सम्बोधन नभएको भन्दै असन्तोष पोख्दै सरकारमा सामेल भएका छैनन् । यस हिसाबले बहुमत प्राप्त यो सरकार कमजोर देखिएको छ ।
नेकालाई विश्वासघात गरेर प्रतिबद्धता उल्लङ्घन गरी प्रम बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अनुहार उज्यालो देखिएको छैन; उनी सशङ्कित देखिएका छन् । उनको अनुहारमा अन्तर्घातका कुन्ठाका लक्षणहरू देखिएका छन् । अरू दलको भिन्न मतको कुरा छोडौँ, माओवादी केन्द्रभित्रै राष्ट्रपति चयन गर्ने, सरकार सञ्चालनमा सहकार्य र समन्वय गर्ने, एमालेलाई बाहिर राखेर गठबन्धन टुटाउने या नटुटाउने आदि विषयमा मतभेद देखिएको छ । यसरी सरकारको नेतृत्व गर्ने दल र सरकारमा सामेल भएका दलका नेताहरूको भिन्नभिन्न मतले गर्दा यो सरकार कमजोर देखिएको हो । यो सरकारले निरन्तरता पाउने हो कि होइन भन्ने विषयमा सरकारमा सामेल दलका नेताहरू नै चिन्तित छन् ।
सत्तारुढ दलका नेताहरूमाझ राष्ट्रपतिको चयन सन्दर्भमा मात्र होइन अन्य नीतिगत विषयमा पनि फरक मत देखिनेमा शङ्का छैन । प्रम दाहाल सरकारमा रहेर सरकारको विरोध गर्न नपाउने, सरकारी नीति, निर्णय र संविधानको विरोध गर्न नपाउने बताउँदै छन् । सरकारको विरोध गर्ने भए सरकार छोड्नुपर्ने कुरा बताइरहँदा राप्रपाका सांसदहरू संवैधानिक राजतन्त्र र हिन्दू राज्यको पक्षमा वकालत गर्दै छन् । यसबारे सरकारको नेतृत्व गर्ने दल माओवादी केन्द्र सत्ता गठबन्धन कायम नरहला कि भन्ने चिन्ताले ग्रसित छ । यता सरकारमा रहेर सेवा सुविधामा भुलिरहेको राप्रपा सरकारमा सामेल भएकोमा राप्रपाकै नेता, कार्यकर्ता र समर्थकहरू असन्तोष पोख्दै छन् । यिनीहरूका अनुसार राजतन्त्रविरोधी कम्युनिस्टहरूको सरकारमा राप्रपा सामेल हुनुहुँदैन, सामेल हुनु गलत छ । राष्ट्रिय स्वतन्त्र पार्टीको पनि छुट्टै असन्तोष छ । नागरिकताको कारण गृहमन्त्री र सांसद पद गुमेको राप्रपाको पनि आफ्नै असन्तोष छ ।
यसरी सत्तारुढ दलभित्रका नेताहरूको असन्तोष, मतभेद र अन्तद्र्वन्द्वको कारण वर्तमान सरकारको स्थिति घिटीघिटी भएको देखिन्छ । सत्तारुढ दलभित्रका यी अन्तरविरोध र मतभेदले कुन दलले कहिले समर्थनको फिर्ता लिने र कहिले गठबन्धन नै टुटेर अर्काे नयाँ समीकरण बन्ने हो ? कुनै ठेगान छैन । सत्तासीन दलका नेताहरू एकले अर्काेलाई विश्वास गरिहाल्ने स्थितिमा छैनन् । उनीहरूभित्र फेरि कसले कसलाई धोका दिने हो शङ्कै शङ्का छ । उनीहरू दुविधामा छन् । सत्तासीन दलका नेताहरूले कहिले वामपन्थी दलबिच सहकार्य गर्नुपर्ने र कहिले समाजवादी केन्द्र खोलेर विचार मिल्ने कम्युनिस्टहरू एकै ठाउँमा आउनुपर्ने विचार पनि खोक्न थालेका छन् । यसरी शङ्कै शङ्का र अविश्वासले देश कसरी अघि बढ्छ ?
Leave a Reply