शैक्षिक प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई आफ्नो सर्वाङ्गीण विकासमा ध्यान दिन आग्रह
- जेष्ठ २९, २०८३
नेपाली कामदार जनता, प्रगतिशील, वामपन्थी तथा देशभक्तहरूले नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवस हर्षोल्लासका साथ मनाए । हिमाल, पहाड र तराईका दुर्गम जिल्लाहरूमा विविध गतिविधिका साथ स्थापना दिवस मनाइएको खबर पत्रपत्रिकामा प्रकाशित हुने क्रम जारी छ ।
नेमकिपाको ४९ औँ स्थापना दिवसको अवसरमा फेरि पनि देशभित्र र देशबाहिर रहेका समस्त मजदुर–किसान, देशभक्त एवम् प्रगतिशील नेपाली दिदीबहिनी–दाजुभाइ, विश्वका साम्राज्यवादविरोधी, विश्व शान्तिका पक्षधर तथा समाजवादप्रति आस्था राख्ने मित्रहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै छलफललाई अगाडि बढाउनु उचित होला !
महत्वपूर्ण राजनीतिक दस्तावेज
नेमकिपाको स्थापना २०३१ साल माघ १० गते भएको हो । ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’, ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’, ‘नेपाल–भारत सम्बन्ध र भारत’ नेपाल मजदुर किसान पार्टी स्थापनाका वैचारिक तथा सैद्धान्तिक आधार स्पष्ट पार्ने पुस्तक हुन् । पुस्तकाकारमा आउनुभन्दा अगाडि अध्यक्ष रोहितले छलफलका निम्ति तत्कालीन पुष्पलाल नेतृत्वको नेकपामा पेश गर्नुभएको थियो । पुस्तकको रूपमा पञ्चायतकालमै अर्थात् चालिसकै दशकमा प्रकाशित भए । त्यस ताका राजनीतिक कार्यकर्ताहरूद्वारा सर्वाधिक पढिएका पुस्तकमध्ये परेको स्मरणीय छ । ती पुस्तक विभिन्न दलका कार्यकर्ताहरूले खोजीखोजी र लुकीलुकी पढ्थे । धेरैका निम्ति ती बौद्धिक खुराक बन्यो । ती पुस्तक आज पनि उत्तिकै सामयिक छन् । समयसँगै ती पुस्तकको महत्व बढ्दै छ । यथार्थमा नेमकिपाको मात्र होइन नेपाली राजनीतिका यी महत्वपूर्ण दस्तावेज हुन् ।
सर्वत्र चासोः रोहित को हुन् ?
पञ्चायत कालमा राजनीतिक दलहरू प्रतिबन्धित हुनाले अरू पार्टीभैmँ नेमकिपा पनि ‘रोहित समूह’ नाउँले बढ्ता चिनिन्थ्यो । नेपाली राजनीतिमा रोहित को हुन् भन्ने सर्वसाधारण तथा बौद्धिकहरूबिच व्यापक जिज्ञासाको विषय बनेको थियो । पञ्चायती राजनीतिक सन्नाटामा समेत ठाउँ–ठाउँमा भइरहेका किसान सङ्घर्ष, भ्रष्टाचारविरोधी सङ्घर्ष, विद्यार्थी गतिविधि आदिका कारण पार्टीभित्र र बाहिर रोहितको व्यापक ‘खोजी’ भएको विशेषगरी पुराना राजनीतिक कार्यकर्ताहरू सगर्व स्मरण गर्छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय सवाललाई लिएर निस्कने पर्चा, जुलुससँगै रोहितको चर्चा चल्ने गरेको ती कार्यकर्ताहरू सम्झन्छन् ।
रोहितबारे सडकदेखि दरबारसम्म अनेक अनुमानहरू लगाइन्थेः ‘सच्चा क्रान्तिकारी’, ‘भारतपरस्त’, ‘भारतविरोधी’, ‘दरबारको मान्छे’, ‘चीन समर्थक’, ‘हतियार बोकेर हिँड्ने डरलाग्दो मान्छे’ आदि । विभिन्नको विभिन्न खालका धारणा थिए । भ्रम पनि त्यति नै पैmलाइएको थियो ! माथि उल्लेखित पुस्तकहरूको प्रकाशनसँगै राजनीतिक वृत्तका धेरै खुल्दुली या जिज्ञासा मेटिएको थियो । पैतालीस सालको ‘भक्तपुर काण्ड’ पश्चात् दरबारले समेत ती पुस्तक पढेको र तत्पश्चात् आफ्नो बुझाइ या सूचनाको स्रोत गलत हुन पुगेको स्वीकारिएको जानकारहरू बताउँछन् ।
ती पुस्तक र ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’, ‘जनताको साहित्य र साहित्यकार’, ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलन’ लगायतका पुस्तकको गाता च्यातेर अथवा ‘रोहित’ नाउँ मेटेर अन्य ‘वामपन्थी’ दलहरूले आफ्ना कार्यकर्ताहरूलाई अध्ययन गराउने गरेको भुक्तभोगीहरू आज पनि सम्झन्छन् । ती दलका नेता–कार्यकर्ताहरू स्वयम् स्वीकार्छन् ।
मुख्य शत्रुबारेको दिग्भ्रम नेमकिपाले चि¥यो
तत्कालीन राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबारे सैद्धान्तिक बेमेल र नेपाली क्रान्तिको बाटोबारे पुष्पलाल नेतृत्वको पार्टीभित्र लामो बहस एवम् सङ्घर्षपश्चात् अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को नेतृत्वमा नेमकिपाको स्थापना भएको हो । भारतद्वारा गरिएको सिक्किमको विलय, भारतीय विस्तारवादद्वारा पाकिस्तानमा गरिएको सैन्य हस्तक्षेप तथा बङ्गलादेशको जन्म र तत्कालीन सोभियत सङ्घले लिएको संशोधनवादी–साम्राज्यवादी नीतिको नेमकिपाका अग्रजहरूले खण्डन तथा विरोध गरे । भारतको विस्तारवादी नीति तथा बजार एकाधिकारको विरुद्ध हिजो थालिएको सङ्घर्ष कति दूरदर्शी कदम थियो भन्नेबारे आज हामी अनुभव गर्दै छौँ ।
सम्प्रभुता सम्पन्न देश तथा स–साना देशहरूको स्वतन्त्रता, अखण्डता एवम् अस्तित्व रक्षाको पक्षमा नेमकिपाले अडान लियो । भियतनाममाथि अमेरिकी साम्राज्यवादी हमलाको विरोध नेमकिपाका अग्रजहरूले गरे । अर्को राजनीतिक महत्वको विषय त नेमकिपाले ५०–५५ वर्षपछि पनि साम्राज्यवाद तथा विस्तारवादविरोधी अडान छोडेन । त्यसको ज्वलन्त प्रमाण भनेको नेमकिपा एक्लैले नागरिकता विधेयक, एमसीसी र एसपीपीविरुद्ध गरेको सङ्घर्ष हो । राजनीतिक पार्टीको परिपक्वता तथा वैचारिक सुसंस्कार यसले छर्लङ्ग पार्दछ । स्पष्ट शब्दमा भन्नुपर्दा साम्राज्यवादी तथा विस्तारवादी थिचोमिचो एवम् बल मिचाइँविरुद्ध सङ्घर्षको सिलसिलामा नेमकिपाको जन्म भयो । अन्यायपूर्ण युद्धको विरोध गर्दै शान्तिको झन्डा फहराउँदै नेमकिपाको स्थापना भयो ।
मुख्य शत्रु को हो भन्ने विषयमा नेपाली वामपन्थी आन्दोलन अल्मलिइरहँदा नेमकिपाले नेपाली जनताको मुख्य शत्रु भारतीय विस्तारवाद तथा भारतीय एकाधिकार पुँजी रहेको स्पष्ट पा¥यो । राजा र राजदरबार नै पहिलो शत्रु भन्ने खोटपूर्ण ठम्याइ व्याप्त हुँदा नेमकिपाले फरक तर यथार्थपरक विश्लेषण ग¥यो जुन आज ५० वर्षपछि पनि यथार्थभन्दा पटक्कै टाढा नभएको वर्तमान आपैmँ बताउँदै छ ।
नेमकिपा र अन्य पार्टीबिचको सैद्धान्तिक भिन्नता
नेमकिपाले माओ त्सेतुङ विचारधाराअनुसार किसान आन्दोलन तथा वर्गसङ्घर्षको निरन्तरतामा जोड दियो । नेमकिपा तल्लो वर्गको सेवा तथा उत्थानमा समर्पित बन्यो । नेमकिपाले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थामा गएर देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने लेनिनवादी नीतिलाई व्यवहारमा लागु ग¥यो । आजसम्म नेमकिपा क्रान्तिकारी संसद्वादको नीतिबमोजिम सङ्घर्षत छ । यी र यस्ता सैद्धान्तिक विषयमा तत्कालीन पुष्पलाल नेतृत्वको नेकपामा मतभेद बढ्दै गएपछि अवसरवादी तथा विसर्जनवादीहरूबाट नेपाली क्रान्तिलाई जोगाउन नेमकिपाको स्थापना अनिवार्य भएको हो ।
नेपाली वामपन्थी आन्दोलनमा नेमकिपा प्रकाशस्तम्भको रूपमा परिचित छ । राजनीतिक नैतिकता, वैचारिक स्पष्टता, सैद्धान्तिक अडान, देशभक्तिपूर्ण भावना, साम्राज्यवादविरोधी सङ्घर्ष, नेतृत्वको स्वच्छ छवि नेमकिपाको परिचय बनिसकेको छ । मानव समाजको अपराजय एवम् आधुनिक वैज्ञानिक विचार माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई मार्गनिर्देशक सिद्धान्त मान्ने नेमकिपा देशमा समाजवादी गणतन्त्र स्थापनाको निम्ति सङ्घर्षरत छ । स्मरणीय छ, एमालेले माओ विचारधारा पार्टीको मार्गनिर्देशक सिद्धान्तबाट हटाएको झन्डै ४ दशक भयो । यतिखेर ‘माओवादी’ पार्टी नाम, झन्डा र निर्वाचन चिह्न परिवर्तनको कसरतमा रहेको समाचार सार्वजनिक भइसकेको छ । यसबाट नेमकिपा र अन्य पार्टीबिचको सैद्धान्तिक भिन्नता प्रस्ट हुन्छ । अवसरवाद नेपाली वामपन्थी आन्दोलनको सबैभन्दा डरलाग्दो रोग साबित भयो ।
नेमकिपालाई ‘भक्तपुरमा सीमित’ देख्ने माधवलाई हाँक !
हिमाल, पहाड र तराईका ५८ वटा जिल्लाका जनताबिच नेमकिपा क्रियाशील छ । विशेषगरी समाजको तल्लो वर्गबिच नेमकिपा काम गर्दै छ । ‘जनताको प्रजातन्त्र’ नेमकिपाको निम्नत्तम तत्कालीन कार्यक्रम हो भने समाजवाद हुँदै साम्यवादसम्म पुग्ने नेमकिपाको दीर्घकालीन उद्देश्य हो । एसिया, ल्याटिन अमेरिका, अफ्रिकालगायत विश्वका कुनाकाप्चामा भइरहेका मजदुर तथा वामपन्थी आन्दोलन, साम्राज्यवादविरोधी सङ्घर्षप्रति ऐक्यबद्धता व्यक्त गर्दै विभिन्न देशका समाजवादी व्यवस्थाहरूका उपलब्धिको प्रचारप्रसार गरी नेपाली कामदार जनतालाई शिक्षित बनाउँदै नयाँ आन्दोलन र सङ्घर्षको तयारी गर्नु नेमकिपाले आप्mनो कर्तव्यको रूपमा लिएको छ । आफ्नो विश्व दृष्टिकोण निर्माण गर्न सफल र विश्व राजनीतिक आन्दोलन एवम् घटनाबारे साहित्य प्रकाशन तथा छलफल निरन्तर चलाउँदै आएको पार्टीलाई ‘भक्तपुरमा सीमित’ देख्ने माधव नेपालको पार्टीले यी विषयबारे हेक्का राख्नुपर्ने हो । नेमकिपाले आजसम्म गरेका कार्यको एकचौथाइमात्र माधव नेपालले जीवनपर्यन्त गर्न सके पनि सन्तोष लिने ठाउँ रहनेछ ।
यहाँनिर एउटा कविताको अंश उद्धरण गर्नु सान्दर्भिक होला !
आपूmलाई भीमसेन, हर्कुलश र बज्रङ्गबली ठान्ने र
मलाई सा¥है सानो, होचो र पातलो देख्ने
मेरा मित्र,
मलाई सा¥है कमजोर, सुस्त र सङ्कीर्ण देख्ने
मेरा मित्र,
४९ वर्ष होइन,
४९ महिना पनि होइन,
केबल ४९ दिन
मैलेजस्तै आप्mनै खुट्टाले टेकेर देखाऊ,
नैतिकता, इमानमा बाँचेर देखाऊ,
सिद्धान्तमा अडिग भएर देखाऊ,
मैलेजस्तै सुस्ता, कालापानी, महाकाली गाऊ
मैलेजस्तै एमसीसी, एसपीपी मुर्दावाद बोलेर देखाऊ
हो, केबल ४९ घण्टा
सिंहदरबारको कुर्सीमोह त्यागेर देखाऊ
विदेशी दूतावासका फोन नउठाई देखाऊ,
विदेशी दूतावासका लञ्च–डिनर त्यागेर देखाऊ,
प्रभुको पूजा आराधना छोडेर देखाऊ
कसैको कठपुतली बन्न अस्वीकार गरेर देखाऊ
४९ मिनेट होइन, केबल ४९ सेकेन्डमा
‘पूनर्मूषिको भवः’ सराप सुनिनेछ
बाघ फेरि मुसानै बन्नेछ !
तिम्रो लागि त अदालतको निर्णयसमेत आवश्यक हुनेछैन !
तिम्रो त पद र परिचयमात्र होइन प्राण खोसिने छ ।
तिम्रो नाममा कुनै नेपालीले एक थोपा आँसु बगाउने छैन !
पछिल्लो संसदीय सङ्घर्षमा नेमकिपा
नेमकिपा संसद्लाई राजनैतिक, वैचारिक तथा वर्गसङ्घर्षको थलो मान्दछ । पुँजीवादी संसद्को क्रान्तिकारी उपयोग नेमकिपाको नीति हो । क्रान्तिकारी संसद्वादको झन्डा सगर्व नेमकिपाले नै फहराउँदै छ । पुँजीवादी सरकारमा सामेल नहुने नेमकिपाको स्पष्ट नीति हो । रङ्गीन स्यालले सबैलाई रङ्गाउन खोज्ने र नरङ्गिए लखेट्न खोज्नेबारे नेमकिपा सजग छ । संसदीय सङ्घर्षमा नेमकिपाले भाग लिएको झन्डै ४० वर्ष भयो । नेपालको संसदीय इतिहासमा योपटक बडो विचित्र भयो । संसदीय मूल्यमान्यता भत्काउने काम स्वयम् जिम्मेवार दलहरूबाट भयो । वेस्ट मिनिस्टर प्रणालीबमोजिम पहिलो दल हुनेले सरकार गठन गर्दछ र दोस्रोले विपक्षमा बस्दछ । दोस्रो हुनेले छाया सरकार निर्माण गर्दछ र सरकारका हरेक कमजोरीमा बिना मोल्हाइजा छ्यास्छ । सरकारलाई निरङ्कुश बन्न नदिन तथा जनताप्रति उत्तरदायी बनाउन पहरेदारको भूमिका निर्वाह गर्दै छ । सरकारमा हिस्सा लिँदैन । त्यसको अर्थ हो, नैतिकरूपमा कमजोर नबन्ने र विरोध गर्ने अधिकार सुरक्षित राख्ने । सरकारसामु निहुरेको या लहसिएको शक्ति या नेता प्रतिपक्ष बन्न सम्भव नै छैन । तर, योपटक यसो भएन ।
पदको खिचातानीको क्रममा सबै एकातिर नै मिसिए । नेमकिपाबाहेक सङ्घीय संसद् र बाग्मती प्रदेशसभामा रहेका सबै दलले विश्वासको मत दिए । सरकारको विपक्षमा उभिने साहस नेमकिपा एक्लैले देखायो । नेमकिपाले संसद्को गरिमा जोगाएको सर्वत्र चर्चा चल्यो । नेपाली काङ्ग्रेसले त लाइनमा उभिएर भोज पनि खायो पछि जुठो भएको छैन हामीलाई अर्को भाग पनि चाहियो भनि रुञ्चे स्वर पनि निकाल्यो । संसदीय अभ्यास केटाकेटी खेल होइन । संसद् न जिस्किने ठाउँ हो न त जिद्धी गर्दैमा सबै थोक मिल्ने रमाइलो मेला या हाटबजार नै हो !
अन्त्यमा,
देशको हरेक राजनैतिक सङ्कटमा नेमकिपाले सुझबुझका साथ देश र जनताको पक्षमा उपाय सुम्पने या बाटो देखाउने गरेको जगजाहेर छ । जनमतसङ्ग्रह, पञ्चायती निर्वाचनको उपयोग, बहुदल पुनःस्थापनापछि सार्वजनिक कलकारखाना तथा सेवा निजीकरणको नीति, ‘माओवादी’ को सशस्त्र द्वन्द्व, महाकाली सन्धि, भारतद्वारा गरिएको सीमा अतिक्रमण, शाही प्रतिगमनको विरोध तथा प्रतिनिधिसभाको पुनःस्थापना, सङ्घीयताको सवाल, भूकम्पपश्चात् भारतले लगाएको नाकाबन्दी, नागरिकता विधेयक, एमसीसी, एसपीपी, प्रमुख प्रतिपक्षको विवाद आदि महत्वपूर्ण राजनीतिक सवाल तथा घटनामा नेमकिपाले जसरी सङ्घर्ष ग¥यो र जुन नीति लियो त्यसको सिको शासक दलहरूले पटक्कै गरेनन् । ‘जात नै जाने भय’ ले ग्रस्त बने !
नेमकिपाले सडक र सदनमा उठाएका आवाजमात्र सुनेको भए देश यति आर्थिक–सामाजिक हिसाबले कमजोर हुने नै थिएन । देशको यो राजनीतिक सङ्कट तथा अस्थिरता आउने नै थिएन । त्यसको कारण स्वयम् शासक दलहरू नै हुन् । शासक दलको नेतृत्वको सैद्धान्तिक विचलन तथा अवसरवादी प्रवृत्तिका कारण देश दलदलमा फस्दै गएको हो ।
नेमकिपाको सिद्धान्तनिष्ठता, राजनीतिक स्पष्टता एवम् परिपक्वता, निःस्वार्थ भाव, देशभक्तिको शतांशमात्र अन्य नेता या दलले अनुशरण गरेको भए देशले आजको दुरावस्था देख्नुपर्ने नै थिएन ।
Leave a Reply