भर्खरै :

तिमी भन्छौ विकास भएन भनेर

  • फाल्गुन ६, २०७९
  • लिलाराम जेनी, दैलेख
  • साहित्य
तिमी भन्छौ विकास भएन भनेर

तिमी भन्छौ निकास भएन भनेर
विकास कसले गर्छ ? नेताले !
नेता कसले बनाउँछ ? जनताले !
तपाई भन्नुहोस विकास कसरी हुन्छ ?
दुई दिन गाउँ छिर्यो सपना बढ्यो ।
चोक–चोकमा भाषण ठोक्यो ।
घर– घरमा गई हात पाउँ जोड्यो ।

नेताले पैसा बाँड्यो
तिमी र म मिलेर जाँड ढोक्यो ।
अब के हुन्छ भोट खस्छ ।
जित्छ कसले जहाँबाट नोट खस्छ ।
उसले पक्कै जित्छ ।
अनि भन्छन् विकास खोइ त
विकास खल्तीमा छिर्यो नेताको
नेता खोइ त ?
सायद,
सहर छिर्यो, पाँचतारे होटल छिर्यो ।
टेन्डरको टेबल ठोक्दै होला
कुन आफ्नालाई कहाँ व्यवस्थापन
गर्ने सोचमा सोचमग्न होला ।

ह्युगो बन्छु भनी हिँडेको मान्छे
विश्वासघाती भएर निस्किए पछि,
लिंकन बनुला जसरी भाषण गर्नेहरू
मुसोलिनी र हिटलर बनेर निस्केपछि
कसरी हुन्छ ? विकास !
गधालाई गधा भन्न नपाउने मेरो देशमा
बारम्बार गधा घोडा बनाई लगन जुराइरहेछ ।
चोर आयो चोर आयो भन्दै
मान्छेको रूप लिएका हामी मनुष्यले
चोरलाई पिजौरीको चाबी दिइरहन्छौँ ।

अनि भन्छौँ सामान चोरी भयो भनेर
जब हामी सच्चा, देश भक्त चिन्दैनौँ
अन्तरेको अन्ध विश्वासमा रुमालिरहन्छौँ
विकास र निकासको कल्पना गर्न छोडिदिए हुन्छ ।
अब त सोच मान्छे भित्रको मनुष्यलाई उजागर गरेर
एकपटक हेर अनि सपनाका वित्यास लाग्दा कहानी
हटाउन सही मान्छे खोज ए सोच अब त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *