सर्वहारा क्रान्ति र क्रान्तिकारी नैतिकता आत्म–रुपान्तरणको माक्र्सवादी सिद्धान्त – २
- असार २, २०८३
प्रकृति संसारको महान् र अनुपम गुरु हो । यो जगत्को सञ्चालक पनि उही हो । कसैले यो संसारलाई नाट्यशाला भन्छन् भने यसको मौन निर्देशक प्रकृति नै हो । समयको लामो अन्तरालमा मानिसले यसकै अथाह शक्ति, गतिविधि र क्रियाकलापबाट सिक्ने प्रयास गर्दै आएको हो । यद्यपि, यसका कैयौँ रहस्य र लीला बुझ्न अझै बाँकी नै छन् । बुझ्नै बाँकी भएपछि त्यसबाट सिक्न पनि बाँकी हुने नै भयो ।
प्रकृतिले अदृश्यरूपमा दिने गरेको निर्देशन र सङ्केतका आधारमा पशुप्राणीलगायत हामी मानिसको पनि जीवन चल्दछ । प्रकृतिको नियमविपरीत कोही पनि चल्न सक्दैन । प्रकृतिले जुन बेला जे रोप्ने सङ्केत दिन्छ त्यो बेला हामीले त्यही रोप्नुपर्छ । धान रोप्ने बेलामा गहुँ छरेर फल्दैन । गहुँ छर्ने बेलामा धान रोपेर हुँदैन । प्रकृतिमा जुन बेला जे फल्छ त्यही खानुपर्छ । ठावैँपिच्छे हावापानी र मौसम फरक फरक हुने हुँदा एक ठाउँको मौसममा फलेको फल त्यही समयमा अर्को ठाउँमा बसेको मान्छेले खाँदा हितकर नहुन सक्छ । विभिन्न रासायनिक पदार्थ लगाई कारखानामा पकाएर तयार बनाइएको भन्दा अँगेनामा पकाएर बनाएको खाना बढी स्वास्थ्यकर हुन्छ र योभन्दा पनि बढी प्रकृतिले आफैँ पकाएको (बोटमै पाकेको फलफूल) खानेकुरा सबभन्दा स्वस्थ्यकर हुने कुरा धेरैलाई थाहा भएकै हो । यसबाट पनि के थाहा हुन्छ भने, प्रकृतिसँग सामञ्जस्य राख्दामात्र प्राणी जगत्लाई बढीभन्दा बढी फाइदा हुन्छ ।
प्रकृृतिले दिने निःशुल्क सेवा प्राणीहितका लागि छ । सूर्य, हावा, पानीजस्ता प्राकृतिक शक्तिविना हाम्रो जीवन चल्दैन । प्रकृतिले दिने माया, सुविधा र उसले देखाउने सुन्दरतामा हामी रमाउँछौँ, आनन्दित हुन्छौँ र जीवन बिताउँछौँ । तर, उसले हामीलाई दिने कष्ट र सहन लगाउने कठोरताबाट पनि हामी भाग्न÷उम्किन सक्दैनौँ । न त उसको भयानकताबाट डराएरै हामी सहानुभूति पाउन सक्छौँ । भनिन्छ, प्रकृतिले जे गर्छ राम्रैका लागि गर्छ । यो एउटा प्राकृतिक मान्यता पनि हो । प्रकृतिमा देखिने कतिपय घटनाहरू मानिसकै मूख्र्याइँका कारण भएकाले प्रकृतिप्रति हामी सदा कृतज्ञ हुनुपर्छ ।
प्रकृतिको नियम र समय तालिकामा कुनै हेरफेर हुँदैन । पृथ्वी आफ्नो गतिमा घुमिरहन्छ । हावा निरन्तर चलिरहन्छ । ऋतुहरू आफ्नो समयमा आउँछन् । घाम, पानी, बादल, दिन, रातको गतिविधिको निश्चित समय हुन्छ । अर्थात्, प्रकृतिको आफ्नै नियम छ । त्यसमा घटबढ या यताउति हुँदैन । हामी पनि यही प्रकृतिकै सानो अंश भएको हुँदा प्राकृतिक नियमहरूको उल्लङ्घन गर्नै सक्दैनौँ । आऊँ, अहिलेलाई बरु प्रकृतिका केही मानवोपयोगी नियमहरूबारे विचार गरौँ :
प्रकृतिको पहिलो नियम
धान रोप्नुअघि हामीले खेतमा बीउ राख्नैपर्छ । नत्र प्रकृतिले त्यो ठाउँ घाँसघुसले भरिदिन्छ । ठिक त्यसरी नै हामीले हाम्रो दिमागलाई सदैव सकारात्मक विचारले भर्नुपर्छ । नत्र त्यहाँ नकारात्मक विचारले घर बनाउँछ ।
प्रकृतिको दोस्रो नियम
को मानिस कस्तो छ भन्ने कुरा थाहा पाउन गा¥हो छैन । उसको बारेमा थाहा पाउने सबैभन्दा सजिलो उपाय भनेको ऊ अरूलाई के बाँडिरहेको हुन्छ भन्ने कुरा थाहा पाउनु हो । जसले पनि आफूसँग जे चीज छ त्यही चीजमात्र बाँड्न सक्छ । कोही आत्मप्रशंसामा रमाउने खालको छ भने ऊ हरेक कुरा बढाएर भन्न रुचाउँछ । गफाडी छ भने कसैलाई भेट्नासाथ गफ दिन थाल्छ । रिसाहा छ भने रिस देखाइहाल्छ । घमण्डी भए जताततै घमण्ड बाँड्छ । परोपकारी छ भने सहानुभूति र सहयोग बाँड्छ । स्वार्थी छ भने चाकरी बाँड्छ । ज्ञानी भए ज्ञान बाँड्छ । धू्रर्त छ भने धूत्र्याइँ बाँड्छ । आफूसँग जे छ त्यही दिइने, देखाइने र बाँडिने त रहेछ !
प्रकृतिको तेस्रो नियम
हामीले हाम्रो जीवनमा जे पाउँछौँ त्यसलाई पचाउन सक्नुपर्ने रहेछ । सकिँदैन भने पचाउन सिक्नुपर्ने पनि रहेछ । अनुभव गरिएकै हो, खाना पचेन भने हामीलाई रोग लाग्छ । सम्पत्ति पचेन भने देखावटीपन बढछ । कुरा पचेन भने पोल्याहा र चम्चे बनिन्छ । कसैको स्वच्छ वा बनावटी प्रशंसा पचाउन सकिएन भने ह्वात्तै अहङ्कार बढिहाल्छ । कसैले आफूलाई गरेको अनाहक निन्दा पचाउन सकिएन भने ऊसँग शत्रुता बढिहाल्छ । त्यतिमात्र कहाँ हो र ¤ दुःख नपच्नासाथ निराशा बढछ अनि सुख पचेन भने पापाचार बढ्न थाल्छ ।
आफ्नै बानी सम्झिने कसैलाई यो कुरा तीतो पनि लाग्न सक्छ । तर, सत्य कुरा जहिले पनि सत्य नै हुन्छ । यो कुरा मनन गरेर आफैँलाई सुधार्न सके साह्रै राम्रो हो । तर, प्रकृति भनेको धेरै हदसम्म हाम्रो नानीदेखिको बानी र जन्मँदै लिएर आएको स्वभाव पनि हो । यो सदैव शाश्वत प्रकृतिसँग एकाकार भइरहेको हुन्छ । त्यसैले यस्तो नियम बदल्न निकै गा¥हो मात्र होइन, असम्भवप्रायः नै देखिन्छ ।
Leave a Reply