भर्खरै :

चिकपा केन्द्रीय समिति राजनीतिक ब्यूरोको स्थायी समिति सम्मेलनमा महामारी रोकथाम कार्यबारेको प्रतिवेदन

चिकपा केन्द्रीय समिति राजनीतिक ब्यूरोको स्थायी समिति सम्मेलनमा महामारी रोकथाम कार्यबारेको प्रतिवेदन

पेइचिङ, ७ फागुन
(सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्यूरोको स्थायी समितिको सम्मेलन फेब्रुअरी १६ का दिन आयोजना भयो । सम्मेलनले हालको कोरोना महामारी रोकथाम कार्यबारे जानकारी दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सम्मेलनमा सहभागी हुनुका साथै महत्वपूर्ण सम्बोधन गर्नुभयो ।
सम्मेलनले ३ वर्षयता चीनको महामारी रोकथाम प्रकृया अत्यन्तै उत्कृष्ट हुनुका साथै सी चिनफिङ केन्द्रित चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले जनता र जनताको जीवन प्राथमिकताको नीतिमा अडिग रहेर प्रभावकारीरूपमा जनताको जीवन सुरक्षा र स्वास्थ्यको संरक्षण गरेको उल्लेख गरेको छ ।
सम्मेलनका अनुसार, सन् २०२२ को नोभेम्बरदेखि चीनले महामारी रोकथाम नीतिको सुधार गरी छोटो समयमा महामारी अवस्थालाई स्थिर पारेको छ । यसरी नै २० करोडभन्दा बढी मानिसले चिकित्सा उपचार पाएका छन् भने लगभग ८ लाख गम्भीर बिरामीले प्रभावकारी उपचार पाएका छन् । महामारीको मृत्युदर विश्वकै न्यूनतम स्तरमा कायम राखिएको छ र मानवजातिको सभ्यता इतिहासमा ठूलो मुलुकले महामारी जितेको चमत्कार सिर्जना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *