हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
पेइचिङ, ७ फागुन (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरीका दिन तारिख ३६ औँ अफ्रिका सङ्घको शिखर सम्मेलनलाई बधाइ सन्देश पठाउनुभएको छ ।
सी चिनफिङले गत १ वर्षयता अफ्रिका सङ्घले अफ्रिकी मुलुकलाई नेतृत्व गरी विश्व चुनौतीको सक्रियरूपमा सामना गरेर अन्तर्राष्ट्रिय समूहमा अफ्रिकाको स्थान र प्रभावलाई बढाएको भन्दै अफ्रिकी मुलुक र जनताले विकासको बाटोमा अरू सफलता पाउनसक्ने हार्दिक इच्छा आफूले लिएको उल्लेख गर्नुभयो ।
सी चिनफिङले सन् २०२२ चीन–अफ्रिका सम्बन्धको असल विकास प्रवृत्ति कायम भएको भन्दै चीन–अफ्रिका सहयोग व्यापक, बहु–तह, उच्च गुणस्तरीय विकासतिर हिँडिरहेको दोहोर्याउनुभयो । आफूले अफ्रिकी मुलुकका नेतासँग मिलेर चीन–अफ्रिका मैत्रीपूर्ण सहयोग बढाएर चीन–अफ्रिका भाग्य समुदायको रचना गर्ने इच्छा लिएको सीले बताउनुभयो ।
Leave a Reply