बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, ८ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख एवम् तेह्रौँ नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा मङ्गलबार नगरसभाको बैठक बस्यो । बैठकले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ लको विनियम, २०७९ र भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ सुझावसहित सर्वसम्मतिबाट पारित ग¥यो ।
सभामा सभाध्यक्ष प्रजापतिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्य कानुनहरूले दिएको अधिकार प्रयोग गरी अघिल्लो कार्यकालमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सातवटा शैक्षिक संस्थाहरूको विनियम पारित भई लागू भइसकेको अवगत गराउँदै सोही विनियमअनुरूप ख्वप कलेज अफ लको विनियम निर्माण भएको बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरिरहेको काम अन्य स्थानीय तहहरूको लागि पनि अनुकरणीय रहेको बताउँदै नगरसभाबाट पारित ऐन, कार्यविधि, विनियम तथा निर्देशिका आवश्यकताअनुसार परिमार्जन र संशोधन हुने पनि उहाँले बताउनुभयो ।
पारित ख्वप कलेज अफ लको विनियममाथि भएको छलफलमा सभासद्द्वय हेरा ख्याजू र इन्द्रबहादुर प्याठले सञ्चालक समितिमा विज्ञहरूलाई समावेश गर्नुपर्ने, नगरवासी विद्यार्थीहरूलाई भर्ना शुल्कमा छुट र छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । सभामा उठेका जिज्ञासामाथि विधायन समितिका संयोजक हरिराम सुवालले प्रस्ट पार्नुभएको थियो ।
सोही क्रममा आजको सभामा प्रस्तुत भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ माथि छलफलमा सभासद्हरू रीता फसिकवा र पुरुषोत्तम तमखुले सुधारिएको शवदाह गृह चौबिसै घण्टा सञ्चालन गर्न सकिए जनतालाई सहज हुने र गुठियारहरूलाई शवदाह गृह सञ्चालनबारे तालिम दिन सके यथोचित हुने बताउनुभयो ।
सोमबारको सभामा नगर प्रमुख प्रजापतिको अनुमतिमा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नगरपालिका सहकारी नियमावली, २०७९ सभामा छलफलको लागि प्रस्तुत गर्नुभयो ।
नगरसभाको अर्को बैठक फागुन १० गते हुनेछ ।
Leave a Reply