बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, ८ फागुन । भक्तपुरको लिबलीस्थित आस्था थियटरमा सोमबारदेखि हृदयचन्द्र नाटक मेला सुरु भएको छ । नाट्यकर्मी समाज नेपाल र आस्था सांस्कृतिक परिवारले संयुक्तरूपमा आयोजना गरेको नाटक मेलाको बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले उद्घाटन गर्नुभयो ।
आगामी १२ गतेसम्म पाँच दिन दैनिक दुई वटा नाटकका दरले प्रदर्शन हुने नाटक मेलामा आज पहिलो दिन आयोजक समितिको ‘शरणगतको स्वागत’ र पारागन एकेडेमी स्कूलको ‘खैराँती मास्टर’ प्रदर्शन गरिएको नाट्यकर्मी समाजका निरज लवजुले जानकारी दिनुभयो ।
भक्तपुरका सात विद्यालयका विद्यार्थीहरूको नाटक प्रस्तुत रहने मेलामा दोस्रो दिन ख्वप माविको ‘मरुभूमिका लेखक’ र पञ्चकन्या माविको ‘श्रीमैयाको इयर्लिङ’, तेस्रो दिन बाल विकास इङ्गलिस सेकेन्डरी स्कुलको ‘खैराँती मास्टर’ र आयोजक समितिको ‘शरणागतको स्वागत’ को प्रस्तुत गरिनेछ । खैराँती मास्टर दुई वटा समूहले प्रस्तुत गर्ने र शरणागतको स्वागत दुई दिन प्रस्तुत गर्ने उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी चौथो दिन प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको ‘राजनीतिक रंगमञ्च’ र ख्वप कलेजको ‘उनी देवता हुन्’ र पाँचाँै तथा अन्तिम दिन जेन्युइन सेकेन्डरी स्कूलको ‘कीर्तिपुरको युद्ध’ र आयोजक समितिको ‘गंगालालको चित्ता’ नाटक मञ्चन गरिने आयोजक समितिका सदस्य लवजूले बताउनुभयो ।
नाटक प्रत्येक दिन मध्याह्न १२ बजे पहिलो शो र दिउँसो ३ बजे दोस्रो शो प्रदर्शन गरिनेछ ।
Leave a Reply