भर्खरै :

भक्तपुर बचतको अर्धवार्षिक समीक्षा सम्पन्न

भक्तपुर बचतको अर्धवार्षिक समीक्षा सम्पन्न

भक्तपुर, ८ फागुन । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा कार्यक्रम आइतबार संस्थाकै सभाहलमा सम्पन्न भयो ।
समीक्षा कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले उद्घाटन मन्तव्य राख्दै भक्तपुरका सहकारी संस्थाबारे नगरसभामा पनि छलफल भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो रकम गलत ठाउँमा प्रयोग नहोस्, हाम्रो रकमले हाम्रै जीवन उकास्न मद्दत पुगोस् ।”
उहाँले जनताको रकम गलत ठाउँमा प्रयोग गरेकै कारण सहकारी संस्थाहरू बदनाम र बन्द भइरहेको स्पष्ट पार्नुभयो । भक्तपुर आदर निकेतन व्यवस्थितरूपमा सञ्चालन हुने अपेक्षा गर्दै युवाकेन्द्रित रोजगारमूलक गतिविधिहरूमा पनि संस्था लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
संस्थाका सल्लाहकार लक्ष्मीनारायण दुवालले संस्थामा आइपर्ने चुनौतीको सधँै सामना गर्न तत्पर हुनुपर्ने बताउनुभयो । उहाँले आपूm अस्तित्वमा रहन निरन्तर सङ्घर्ष गरिरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष निर्मल प्रजापतिले स्वागत, कोषाध्यक्ष रामप्रसाद प्रजापतिले संस्थाको वित्तीय विवरण प्रस्तुत गर्नुभयो भने आदर निकेतनको प्रशिक्षणको अनुभवबारे तारादेवी धन्छाले बताउनुभयो ।
कार्यक्रमको दोस्रो चरणमा भएको समूहगत छलफलमा महिला, युवा र सांस्कृतिक उपसमितिका तर्फबाट आदर निकेतन र सामाजिक पक्षका विषयमा चन्द्रलक्ष्मी दुवाल र विकास प्रजापतिले प्रस्तुति गर्नुभयो ।
आर्थिक पक्षको विषयमा शिक्षा र ऋण उपसमितिका तर्फबाट लक्ष्मीप्रसाद दुवाल, व्यवस्थापकीय पक्षको विषयमा कृषि र खेलकुद उपसमितिको तर्फबाट निराजन प्रजापति र प्रशासनिक पक्षको विषयमा सूचना तथा प्रकाशन र व्यवसाय प्रवद्र्धन उपसमितिका तर्फबाट कृष्णश्वरी दुवालले प्रस्तुत गर्नुभयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा सल्लाहकार कृष्णप्रसाद धन्छा, उपाध्यक्ष निर्मल प्रजापति, सचिव लक्ष्मीप्रसाद कुसीलगायतले समीक्षा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *