भर्खरै :

भागबन्डा र मोलमोलाइ गर्नु सच्चा राजनीति होइन

भागबन्डा र मोलमोलाइ गर्नु सच्चा राजनीति होइन

काभ्रे, ९ फागुन । नेपाल मजदुर किसान पार्टी अरू पार्टीको तुलनामा नितान्त भिन्न छ । नेमकिपा सिद्धान्त र विचारको राजनेति गर्छ । राजनीति सेवाको निम्ति हुनुपर्छ ।
उक्त विचार नेमकिपा बनेपा नगर समितिद्वारा मङ्गलबार आयोजित प्रवचन कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “भागबन्डा र मोलमोलाइ गर्नु राजनीति होइन, व्यक्तिभन्दा विचार महत्वपूर्ण हो । मुलुकले २० खर्ब सार्वजनिक ऋणको भार बोकिरहेको छ । यो देशको लागि भयावह स्थिति हो । गहुँ, दाल, चामल भारत निर्भर हुनुपर्ने अवस्था नेपालको हितमा छैन । रासायनिक मल कारखाना, उन्नत बीउबिजन, सिंचाइको बन्दोबस्त गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।”
त्रिभुवन विश्वविद्यालय गतिलो हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले विश्वविद्यालय गतिलो भएन भने कलेज र अन्य शैक्षिक संस्थाहरू पनि राम्रा हुँदैनन भनुभयो । जीवनको उत्तराद्र्धमा देउवा र माधव नेपाल राष्ट्रपतिको लागि ¥याल चुहाइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेमकिपाले सङ्घीय संसद् र बाग्मती प्रदेश संसद्मा नीति, विधि, नियम र नियमावली अनुसार सङ्घर्ष गरिरहेको जानकारी गराउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला अध्यक्ष कृष्णकुमार वैद्यले रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन, पाकिस्तान विभाजन, निर्वाचन उपयोग गर्ने विषय नै नेपाल मजदुर किसान पार्टी स्थापनाका आधारहरू भएको बताउनुभयो ।
नेमकिपा बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुच्छेप्रधानको सभापतित्वमा भएको प्रवचन कार्यक्रममा ऋषिराम दुलाल, सत्यनारायण श्रेष्ठ, राममन्दिल श्रेष्ठ, ओमप्रसाद मानन्धर, राजु तामाङले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको भूमिकाबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *