भर्खरै :

हेर्नैपर्ने नाटक मेला : प्रशंसनीय प्रयास

हेर्नैपर्ने नाटक मेला : प्रशंसनीय प्रयास

नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको उपलक्ष्यमा आस्था सांस्कृतिक परिवार तथा नाट्यकर्मी समाज नेपालको आयोजनामा हृदयचन्द्र नाटक मेला (फागुन ८–१२) भक्तपुर लिबालीस्थित आस्था थियटरमा भइरहेको छ । हृदयचन्द्रसिंह प्रधानका नाटकहरू ‘शरणागतको स्वागत, खैराँती मास्टर, मरूभूमिको लेखक, श्रीमैयाँको इयर्लिङ, राजनीतिक रङ्गमञ्च, उनी देवता हुन्, कीर्तिपुरको युद्धमा र गङ्गालालको चित्ता मञ्चन गरिएका छन् । आयोजक संस्थाद्वयका साथमा पारागन एकेडेमी, ख्वप मा.वि, पञ्चकन्या मा.वि., बालवि कास इङ्गलिस सेकेन्डरी स्कूल, प्रभात मा.वि., ख्वप कलेज र जेन्युइन मा.वि.को प्रस्तुति रहेको उक्त रङ्गकर्मी मेलामा नवप्रतिभाहरूको सशक्त प्रस्तुति हेर्न पाइन्छ ।
पार्टीको स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रममा पार्टीका समर्थक कार्यकर्ताको दर्शक दीर्घामा जति अपेक्षा गरिएको थियो† त्यो देखिएन । प्रस्तुतकर्ता विद्यालयका विद्यार्थीहरूबाट दर्शक दीर्घा भरेको देखियो ।
फागुन १० गते १२ बजे बाल विकास इङ्गलिस स्कूलको ‘खैराँती मास्टर’ हेर्ने अवसर मिल्यो । नाटक सुरू हुनुअघि सूत्राधारद्वारा प्रस्तुत ‘आगो र पानी’ बारेको कविता अत्यन्त प्रभावकारी एवं प्रशंसनीय रह्यो । नाटकले देशको शैक्षिक विकृति देखाउनुका साथै कुनै पनि साम्प्रदायिक भावनाले देश उँभो नलाग्ने सन्देश दिएको छ । नेवार, पर्वते र मधेसी विद्यार्थीबिच क्षेत्रीय द्वन्द्व देशको लागि हितकर नहुने, मास्टर पेसाले गुजारा नचल्ने र घोकन्ते विद्याका शैक्षिक विसङ्गति नाटकमा रोचक ढङ्गले देखाइएको छ । भक्तपुरमा थिएटर संस्कृति संवद्र्धन गर्नुपर्ने देखिन्छ । प्रगतिशील मजदुर, किसान, शिक्षक र व्यापारीहरूको बाहुल्यता भएको भक्तपुरमा प्रगतिवादी साहित्यकार हृदयचन्द्रसिंहका नाटकहरू जति धेरै दिन मञ्चन हुन्छ त्यसको सन्देश बाह्य समाजमा राम्रो जाने देखिन्छ । साथै यसले भक्तपुरका जनताको सांस्कृतिक स्तर पनि उठ्दै गएको प्रस्ट्याउँछ ।
नवरङ्गकर्मीहरूको प्रतिभालाई प्रोत्साहनको निम्ति पनि दर्शकहरूले साथ दिनुपर्ने देखिएको छ । नवप्रतिभाहरूलाई रङ्गमञ्चसम्म ल्याइपु¥याउन आस्था र नाट्यकर्मी समाजले गरेको प्रयास सराहनीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *