भर्खरै :

कर्णालीको शिक्षा र प्राध्यापकको भूमिकाबारे अन्तरक्रिया

कर्णालीको शिक्षा र प्राध्यापकको भूमिकाबारे अन्तरक्रिया

सुर्खेत, ११ फागुन । नेपाल प्राध्यापक समाज, सुर्खेतले कर्णालीको शिक्षा र प्राध्यापकको भूमिकाबारे बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकामा आयोजित कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले शिक्षालाई उत्पादन श्रमसँग मिलाउन नसकिएसम्म शिक्षाको मूल समस्या समाधान नहुने तर्क गर्नुभयो । उहाँले कर्णाली प्रदेश युगौँदेखि विभेदमा परेको भन्दै व्यक्तित्व विकासमा समान अवसरको नीति लागू गर्न दबाबमूलक कार्यक्रमको आवश्यकता रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. पुष्पराज आचार्यले बुद्धिजीवी भन्नेले बौद्धिक छलफल, बहस तथा अन्तरक्रियामा रुचि नराखेको भन्दै प्राज्ञिक प्रकाशन भए शैक्षिक उन्नयनमा सहयोग मिल्ने विचार राख्नुभयो ।
मपविविका प्राध्यापक बासुदेव पाण्डेले स्थानीय सरकारले चाहेमा शिक्षाको विकासमा धेरै सुधार हुनसक्ने तर्क गर्नुभयो ।
मपविविका प्राध्यापक जागेश्वर नेपालले नीति र नेतृत्वमा फेरबदल नल्याई शिक्षामा परिवर्तन सम्भव नभएको विचार राख्नुभयो ।
नेप्रास, सुर्खेतका अध्यक्ष शारदा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य टीका पोखरेल, प्रकाश गुरुङ, प्रेमकुमार थापा, प्रकाश शाही, टीकाराम कँडेललगायतले विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *