भर्खरै :

‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया

‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया

काभ्रे, ११ फागुन । नेपाल मजदुर किसान पार्टी बनेपाको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया कार्यक्रम बिहीबार बनेपामा भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले पत्रपत्रिका र प्रकाशनहरूको अध्ययनले पठन संस्कृतिको विकास हुने र अरूलाई पनि आफूले अध्ययन गरेका विषय प्रस्टसँग बुझाउन सक्ने हुन्छ भन्नुभयो ।
उहाँले पाकिस्तानी महिला शिक्षा तथा बाल अधिकारवादी कार्यकर्ता मलाला युसुफलाईको भनाइ उद्धृत गर्दै भन्नुभयो, “एक डाक्टरले एक जना बिरामीलाई मात्र बचाउन सक्छ । तर, राम्रो राजनीतिज्ञले लाखौँ मानिसलाई बचाउन सक्छ ।”
अध्ययन गरेका विषय अरूसँग आदानप्रदान गर्ने परिपाटीले आप्mनो स्मरण क्षमताको अभिवृद्धि हुने भएकोले यस्ता अन्तरक्रिया कार्यक्रमले सहयोग पु¥याउने केन्द्रीय सदस्य वैद्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पत्रपत्रिका पनि साहित्य नै हो । जनताको साहित्यले जनताको प्रचार प्रसार गर्छ । साहित्यकार हरिबहादुर श्रेष्ठको भनाइअनुसार “कुनै पनि साहित्य कसैको दु–धन’ (गुप्तधन) होइन ।”
नेमकिपा काभ्रेका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले संयुक्त राज्य अमेरिका र युरोपले कथित इन्डो–प्यासिफिक रणनीतिलाई फरक ढङ्गले हेरिने गरेको स्पष्ट छ भन्नुभयो ।
अमेरिकाले चीनविरुद्ध सैन्य गठबन्धन र सहयोग संयन्त्र निर्माण गरिरहेको र युरोप गैर–सैन्य सहयोगमा केन्द्रित भएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सत्यनारायण श्रेष्ठ, ज्ञानेन्द्र डङ्गोल, राममन्दिल श्रेष्ठ, राजु तामाङलगायतले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकमा प्रकाशित विषयवस्तुमा आधारित अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *