बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
– जे.एल. ‘विनायक’, भक्तपुर
ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक नगर भक्तपुरमा २०७२ सालको विनासकारी भूकम्पले धेरै क्षति पु¥यायो । त्यो क्षति र पीडाबाट जनता विस्तारै तङ्ग्रिन थालेका छन् । भूकम्पले पु¥याएको संरचनागत क्षतिमा भरथेग गर्न सरकारले तीन पटक गरी २ लाख रुपैयाँ दिने भएको छ । तर पहिलो किस्ता हजारौंले लिए पनि दोस्रो किस्ताको निवेदन केही सयको परेको र तेस्रो किस्ता त केही जनाले मात्र पाएको छ । उता बैङ्कमा भूकम्प पीडितहरूलाई दिनुपर्ने करोडौं करोड रकम थुप्रिएको छ ।
रकम भएर पनि नदिनुको सोझो र एकमात्र अर्थ राहत पाउने प्रक्रिया निकै झन्झटिलो हुनु नै हो । नेपाली समाजमा प्रचलित ‘खबर पुगोस् आइनपुगोस्’ भन्ने उखानको स्पष्ट चरितार्थ हो ।
‘खबर पुगोस् आइनपुगोस्’ भन्ने उखानको चरितार्थ भक्तपुर नगरपालिकाले पनि गरिरहेको महसुस हुने गरेको छ ।
भक्तपुर नगरपालिकाले घर निर्माण गर्दा मोहडामा पुरानो शैलीले निर्माण गर्दा इँट र काठको कूल खर्चमा ३५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । यस्तो रकम कतिजनाले प्राप्त ग¥यो ? त्यस्तो तथ्याङ्क प्रकाशमा आएको छैन । सायद एक जनाले पनि पाएको
छैन !
भक्तपुर नपाले नगरमा पुरानो शैलीका घरहरू निर्माण गर्न उत्साहित र प्रोत्साहित गर्न खोजेको छ– यो राम्रो पक्ष हो । तर त्यो कार्य झाराटार्ने किसिमको नभए निकै जाती हुन्थ्यो ।
भूकम्पपछि नगरका सबै वडाहरूमा पुराना शैलीका घर निर्माण गर्नेहरू यत्रतत्र देखिएका छन् । त्यो तथ्य नपाका जनप्रतिनिधिहरूले स्पष्टै देखेका छन्, वडा कार्यालयहरूको जानकारीमा छ र निरीक्षकहरूले प्रत्यक्ष अवलोकन गरेका छन् । तर पनि भाषण र समाचारमा बाहेक अनुदानसम्बन्धी मापदण्डबारे कसैलाई जानकारी छैन ।
एउटा कुरा के सत्य हो भने कसैले अनियमित निर्माण गरेको घटना नपालाई चाँडै थाहा हुन्छ तर कसैले नियमित निर्माण गरेको छ र भक्तपुर नपाको उद्देश्य अनुकूल पुरानो शैलीको निर्माण गरेको छ भने त्यो पटक्कै थाहा हुँदैन । अनयिमित निर्माण गरेकाबाट जरिवाना रकम आउँछ, पुरानो शैलीको निर्माण गर्ने घर धनीलाई अनुदान रकम दिनुपर्ने हुन्छ – के यसरी बुझ्दा अन्यथा होला ? अन्यथा हुँदैन, ३५ प्रतिशत रकम अनुदानको कुरा सस्तो लोकप्रियताको लागि होइन भने पुरानो शैलीको घर निर्माण गर्ने प्रत्येक घर धनीलाई पत्र पठाएर वा व्यक्ति झिकाएर ‘तपाइँले घरको मोहडा पुरानो शैलीको बनाएर नपाको उद्देश्यमा गहकिलो टेवा पु¥याउनु भयो, त्यसैले हाम्रो मूल्याङ्कनअनुसार यति रकमा अनुदानस्वरूप सधन्यवाद प्रदान गरेका छौं’ भनेर प्रशंसापत्रसहित दिनुपथ्र्यो । नपा नगरवासीको संस्था हो भने यस्तै गर्नुपथ्र्यो, होइन र ?
यस्तो अनुदान विगतमा पनि दिइएको थियो तर त्यो कार्यक्रम सफल भएन । असफल कार्यक्रमलाई निरन्तरता दिनुको औंचित्य नपाले कसरी प्रमाणित गर्छ ? विगतमा कार्यक्रम असफल हुनुको कारणबारे नगरवासीहरूमाझ थरीथरीका चर्चा हुने गरेको छ । त्यसमध्ये एउटा हो अनियमित निर्माण । घर निर्माण गर्दा कहीं न कहीं, एउटा न एउटा नक्साभन्दा फरक भएको नपाका प्राविधिक र निरीक्षकहरूले टक्लकै देख्छन् । ‘अनियमित’ को बिल्ला भिराइ दिएपछि अनुदान दिने कुरै आएन । त्यसैले ३५ को सट्टा ९५ प्रतिशत अनुदान दिने घोषणा गरे पनि रकम खर्च हुने देखिंदैन । त्यसैले कहिले काहीं मनमा कुरा उठ्छ– व्यासीमा नपाले आÇनो भवनको मोहडा पुरानो शैलीमा बनाएको छ । तर के त्यो भवन शतप्रतिशत नक्साअनुरूप वा नियमित छ ? कहंी कतै अदलबदल भएको छैन ? रौं बराबर पनि ‘अनियमित’ भएको छैन ? हामीलाई थाहा छ, नपा लाय्कुमा छँदा भवनको छाना जस्ताको थियो । अरुलाई छाना जस्ताको होइन झिंगटीको बनाउनुपर्छ भन्ने आफू भने दसकौंसम्म जस्ताको छानामा बसेको थियो । आफूले गर्दा जे पनि ठीक अरुले जे गर्दा पनि बेठीक– यो कस्तो चलन हो ?
लेखकको आसय नगर क्षेत्रभित्रका %