रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
सोल, १२ फागुन (एएफपी) । अमेरिका र दक्षिण कोरियाले संयुक्त परमाणु अभ्यास गरेपछि प्रजग कोरियाले थप क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेर अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासलाई ‘युद्धको घोषणा’ मान्न सकिने पनि बताएको छ ।
प्रजग कोरियाली सेनाले बिहीबार बिहान चारवटा ह्वासल–२ परीक्षण गर्दै रणनीतिक क्रुज मिसाइल प्रक्षेपण अभ्यास गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार समितिले शुक्रबार जनाएको छ । यो अभ्यासले प्रजग कोरियाका ‘शत्रु शक्तिविरुद्ध घातक आणविक प्रतिआक्रमण क्षमता’ प्रस्तुत गरेको उक्त समितिले टिप्पणी गरेको छ ।
दक्षिण कोरियाली रक्षा मन्त्रालयले उक्त परीक्षणको विवरणमाथि प्रश्न गर्दै अमेरिका र दक्षिण कोरियाली निगरानीबाट प्राप्त विवरणबीचको भिन्नता विश्लेषण भइरहेको जनाएको छ ।
हालको संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धअन्तर्गत क्रुज मिसाइल प्रक्षेपणमा प्रजग कोरियामाथि कुनै प्रतिबन्ध छैन । तर, बिहीबारको अभ्यासले यो साता धेरै हतियार परीक्षण भएका छन् ।
प्योङयाङले आफ्नो आलोचना अनुचित एवम् असन्तुलित भएको टिप्पणी गर्दै सोल र वासिङ्टनको संयुक्त सैन्य अभ्यासको निन्दा गर्न राष्ट्रसङ्घलाई आह्वान गरेको छ । साथै प्योङयाङले आफूलाई अपरिवर्तनीय आणविक शक्ति घोषणा गरेको छ ।
अमेरिकी र दक्षिण कोरियाली संयुक्त अभ्यासले प्रजग कोरिया क्रुद्ध भएको छ । उक्त अभ्यासलाई प्रजग कोरियाले आफूमाथिको आक्रमणको पूर्वाभ्यासको रूपमा लिएको छ । प्योङयाङले एक विज्ञप्ति जारी गर्दै वासिङ्गटनको वैमनस्यतापूर्ण एवम् उत्तेजक अभ्यासलाई युद्धको घोषणाका रूपमा लिन सकिने जनाएको छ । साथै उसले बढ्दो सैन्य तनावको दुष्चक्रलाई रोक्न अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासलाई रोकिनुपर्ने माग गरेको छ ।
प्रजग कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा गरेको लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण अमेरिकी मुख्त्ूमिसम्म प्रहार गर्ने क्षमताको भएको क्षेप्यास्त्रका जानकारहरूले बताएका थिए । अन्तरमहादेशीय प्रहार क्षमताको उक्त क्षेप्यास्त्र गत नोभेम्बरमा प्रजग कोरियाले गरेको शक्तिशाली क्षेप्यास्त्र जत्तिकै लामो दूरीमा प्रहार गर्ने सामथ्र्यको हुनसक्ने उनीहरूको अनुमान छ ।
सुरक्षा विश्लेषकहरूले छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर प्रजग कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएका छन् ।
दक्षिण कोरियाली विदेश मन्त्रालयले प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्ध भएका चार व्यक्ति र पाँच संस्थामाथि प्रतिबन्धको घोषणा गरेको छ ।
प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएका बताउँदै आएको छ ।
Leave a Reply