रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
रुसको आग्रहअनुसार संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदले हालै ‘नोर्ड स्ट्रिम’ प्राकृतिक ग्यास पाइपलाइन विस्फोट घटनाबारे खुला बहस गरेको छ । सुरक्षा परिषदका सदस्य मुलुकहरूले आ–आफ्ना अडानबारे ब्याख्या गरेका छन् । चीनले उक्त घटनाबारे वस्तुगत, निष्पक्ष र व्यावसायिक छानबिन गर्नु हरेक मुलुकको हित र ध्यानाकर्षणसित सम्बन्धित रहेको कुरा व्यक्त गर्नुका साथै छानबिन प्रक्रियालाई गति प्रदान गर्न समर्थन दिएको छ ।
सन् २०२२ को सेप्टेम्बरको अन्त्यमा रुसले जर्मनीलाई प्राकृतिक ग्यासको ढुवानी गर्ने ‘नोर्ड स्ट्रिम–पहिलो’ र ‘नोर्ड स्ट्रिम–दोस्रो’ पाइपलाइनअन्तर्गत स्विडेन र डेनमार्कको नजिकै समुद्री क्षेत्रमा चुहिएको छ । विभिन्न पक्षको विचारमा यो घटना ‘योजनावद्ध ढङ्गले’ हो । त्यसपछि डेनमार्क, जर्मनी र स्विडेनले उक्त घटनाबारे छानबिन थालेका थिए । हाल पाँच महिना बितिसकेको छ । तर ती मुलुकहरूको छानबिनले कुनै पनि नतिजा प्राप्त गरेको छैन । फेब्रुअरी ८ तारिख अमेरिकी प्रसिद्ध पत्रकार सेयमोर हेर्शले ‘नोर्ड स्ट्रिम’ घटना ह्वाइट हाउसको आदेशमा अमेरिकी केन्द्रीय जासुसी व्यूरोद्वारा कार्यान्वयन गरिएको गुप्त कारवाही भएको कुरा बताउनुभयो । अन्तर्राष्ट्रिय समाजले उक्त घटनाको वस्तुगत र निष्पक्षरुपमा छानबिन गर्न आग्रह गरेको छ ।
‘नोर्ड स्ट्रिम’ घटना राजनीतिक समस्या हो र युरोपको सुरक्षा र स्थिरतासित सम्बन्धित छ । ‘नोर्ड स्ट्रिम’ घटनाबारेको वस्तुगत र निष्पक्ष छानबिन अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षण गर्नु हो ।
Leave a Reply