रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
हेटौडा, १३ फागुन । बाग्मती प्रदेशसभाको बा¥हौँ बैठक शनिबार बस्यो । बैठकमा सांसदहरूले विशेष समय लिएर समसामयिक विषयमा विचार व्यक्त गरे ।
विशेष समयमा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले जनताको परिवर्तनको चाहनालाई कुनै पनि शक्तिले दबाउन नसक्ने बताउनुभयो । राजतन्त्र फेरि फर्किने दाबीबारे धारणा राख्दै उहाँले भन्नुभयो, “इतिहासको पाङ्ग्रा अगाडि बढ्छ† पछाडि होइन । सामन्तवादपछि पुँजीवाद र त्यसपछि समाजवादतर्फ जाने समाज विकासको नियम नै हो ।”
प्रदेशसभा सदस्य गोसाईले जात्रैजात्राको काठमाडौँमा फेरि राष्ट्रपति निर्वाचनको जात्रा चलिरहेको उल्लेख गर्दै विदेशी हस्तक्षेपको विरोध सम्पूर्ण स्वतन्त्रताप्रेमी, स्वाधीनताप्रेमी तथा स्वाभिमानी नेपालीले गर्नुपर्ने विचार राख्नुभयो ।
“यो देशमा राष्ट्रपति फलानोलाई बनाउ भनी विदेशी नेताहरू निर्देशन दिँदै छन् । भारतीय दूतावासले चलखेल गर्दै छ । यो हस्तक्षेप अस्वीकार्य छ ।” उहाँले भन्नुभयो ।
राष्ट्रपति निर्वाचनमा देखिएको गठजोड तथा षड्यन्त्रले शासक दलहरूको शक्तिमोह एवं पदलोलुपता उजागर गर्दै छ र देशमा अस्थिरताको कारण त्यही भएको सांसद गोसाईले प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “यो निर्वाचनले शेक्सपियरको भनाइ याद गरायो – ‘नर्क यतिखेर खाली छ । किनभने, दानवहरू यतिखेर पृथ्वीलोकमा पुगेका छन् ।’ ती दानव चिन्ने तपार्ईं हाम्रो जिम्मा ¤”
सांसद गोसाईले गठबन्धन भत्किनु र बन्नु अब आश्चर्यको विषय नभएको बताउँदै नैतिकता, इमानदारी, विचार र सिद्धान्त त्यागेकाहरू बाट अरू आशा गर्न नसकिने स्पष्ट पार्नुभयो ।
उहाँले प्रदेश निर्वाचनको चार महिना र सरकार गठनको केही महिना बितिसक्दा पनि उपलब्धि शून्यताको स्थिति कायम रहनु शुभसङ्केत होइन भन्नुभयो ।
राप्रपाले सरकार छोडेको र विश्वासको मत फिर्ता लिएको प्रसङ्गबारे सांसद गोसाईले नेमकिपाको अडान सही साबित भएको र शासक दलहरूको स्थिरता, सुशासन झूट प्रमाणित भएको प्रस्ट पार्नुभयो ।
Leave a Reply