मध्यपूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वागत गरिने : इरानी विदेशमन्त्री
- जेष्ठ १, २०८३
भक्तपुर, १३ फागुन । भक्तपुर युवा टीमको आयोजनामा भएको दोस्रो भक्तपुर कप–२०७९ फूटबलको फाइनल खेल हिलिङ होम एफसीले जितेको छ । हिलिङ होम एफसी र केदारनाथ सुटर्सबिच शनिबार भएको फाइनल खेलमा ५—४ गोलले हिलिङ होम एफसी विजयी भएको हो ।
प्रतियोगिता निर्धारित समयसम्म दुवै टीमले दुई दुई गोल गरी बराबरीमा टुङ्गिएको थियो । पेनाल्टी सुट आउटमा हिलिङ होम एफसीले विजयी सुनिश्चित गरेको थियो । पेनाल्टी सुट आउटमा हिलिङ होम एफसीले तीन गोल गर्न सफल भएपछि विजय आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।
प्रतियोगिताको सुरूवाती गोल विजेता हिलिङ होम एफसीका जर्सी नं ३ का देवराज तामाङले गरेका थिए । खेल सुरू भएको साताँै मिनेटमै गोल देवराजले गोल गरेका थिए । तर, जवाफी गोल पराजित केदारनाथ सुटर्सले खेल सुरू भएको ३४ औँ मिनेटमा फर्काएका थिए । जर्सी नं १५ का सुदर्शन श्रेष्ठले गोल फकाई खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । खेलको ४३ औँ मिनेटमा विजेता हिलिङ होम एफसीका जर्सी नं ३ कै उही देवराज तामाङले दोस्रो गोल गरी टीमलाई अगाडि बढाउन सफल भएका थिए । तर जवाफी गोल खेलको ६६ औँ मिनेटमा पराजित केदारनाथ सुटर्सका जर्सी नं ४ का सतिश सुवालले गरेपछि खेल बराबरीमा टुङ्गिएको थियो ।
प्रतियोगितामा विजयी हुन सफल हिलिङ होम एफसीले नगद पुरस्कार एक लाख २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पायो । दोस्रो भएका केदारनाथ सुटर्सले नगद ६० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगिताको अनुशासित टीममा पाण्डुबजार एफसी घोषित भए । उत्कृष्ट खेलाडी भने केदारनाथका सतिश सुवाल घोषित भए । प्रतियोगिताबाट अनुशासित टीम र उत्कृष्ट खेलाडीलाई नगद दस हजार र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताका उत्कृष्ट मिडफिल्डर हिलिङ होम एफसीका रोहित गिरी, डिफेन्डर हिलिङ होम एफसीकै बांगल लामा, गोलकिपर हिलिङ होम एफसीकै नवीन सिलवाल, कोच हिलिङ होम एफसीकै अभिषेक चौहान र उदयीमान खेलाडी केदारनाथ सुटर्सका सुदर्शन श्रेष्ठलाई नगद पाँचपाँच हजार र ट्रफी प्रदान गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले शासक पार्टीहरू देश र जनताको पक्षमा उत्साहपूर्वक लागेमा देश अगाडि बढ्नेछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “मुखले के बोल्छ त्यो ठूलो होइन, उसले जे गर्छ त्यो महत्वपूर्ण हो ।”
खेल हारजितभन्दा देशको सीमा सुरक्षा र सम्प्रभुता रक्षाको लागि हुनुपर्नेमा अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो ।
भक्तपुर युवा टीमका अध्यक्ष केशव त्वानाबासुको सभापतित्वमा भएको उक्त पुरस्कार वितरण कार्यक्रममा भनपा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवां, भक्तपुर खेलकुद विकास समितिका दीपक थापा, भनपा युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल र टीमका संस्थापक अध्यक्ष विश्वराम कवांले पनि बोल्नुभएको थियो ।
प्रतियोगिता फागुन ५ गते शुक्रबारदेखि सुरु भएको थियो । मित्रता अनुशासन र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ विश्वराम कवांको अध्यक्षतामा २०५० सालमा भक्तपुर युवा टीम स्थापना भएको थियो । टीमले पहिलो पटक २०७८ फागुन ६ देखि १४ सम्म प्रथम भक्तपुर कप २०७८ आयोजना गरेको थियो ।
Leave a Reply