इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
मुलुकको राजनीति कहिले कुन पदको मुद्दामा त कहिले कुन पदीय मुद्दामा फसिरहेको छ । शासकहरूको हरेक पटकको छलफल सत्ता वरिपरि नै केन्द्रित भएको पाइएको छ । प्रधानमन्त्री कुन दलबाट बन्ने, को बन्ने र कति समयको लागि पदमा बस्ने भन्ने विषयमा अल्मलिरहेको हुन्छ भने कहिले सभामुखमा को रहने भन्ने विषय रहन्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख को र कुन दलको राख्ने भन्ने मुद्दा हरेकपटक पेचिलो बन्ने गरेको पाइन्छ । अहिले राष्ट्रपति पद यसको दृष्टान्त बनेको छ । यही फागुन २५ गते नयाँ राष्ट्रपतिको लागि निर्वाचन हुँदै छ ।
राष्ट्रपतिले मुलुकको अभिभावकत्व ग्रहण गर्ने गर्दछ । तर, आफू सो पदमा उक्लिएपछि कसरी जनताको मुद्दालाई सम्बोधन गर्ने ? देशको सार्वभौमिकताको रक्षाका लागि के कस्ता कदम उठाउने भन्ने मुद्दा महत्वपूर्ण हुनुपर्दछ, जुनसुकै पदको लागि । सार्वभौमसत्ता रहेन भने यी माथिका कुनै पनि पद ग्रहणको खासै औचित्य रहँदैन । राष्ट्रपतिका आकाङ्क्षीहरूमध्ये हाल चर्चामा आएका कुनै पनि नेतामा पदग्रहणपश्चात्का कदमबारे खासै चर्चा चलाउन सकेका छैनन् । उम्मेदवारहरू सबैजसो पद धारण गर्न लालायित देखिन्छन् । उनीहरूमा पद प्राप्तिलाई नै राजनीतिको अभिष्ट ठान्ने मनसाय रहेको देखिन्छ । यसैको परिणाम पदप्रति नेताहरूको आशक्ति बढेको अनुमान सर्वत्र गरिँदै छ ।
शासकहरूमा पद मोह भएपछि स्वाभाविकरूपमा राजनीतिक अस्थिरता उत्पन्न हुने गर्दछ । पद एउटा तर आकाङ्क्षी धेरै । बहुमतको सरकार गठनको साटो सहमतिको सरकार । दलीय एजेन्डामा होइन पद बाँडफाँडमा सत्ता राजनीति केन्द्रित । यसको परिणाम हो आजको राजनीतिक अस्थिरताको कारक । यही अस्थिरताका कारण देशको अवस्था दिनप्रतिदिन ओरालो लागिरहेको छ । बालक, वयस्क र वृद्धा जुनसुकै उमेर समूहका मानिसहरू खुसी हुन नसकेको प्रजातन्त्र र गणतन्त्रका कारण आज देश परनिर्भरमात्रै होइन देशको सार्वभौमिकतासमेत विदेशीको हातमा जाने खतरा बढ्दो छ । यद्यपि, शासक दलका नेताहरू कुर्सी वा पदीय झगडा अनि पद बाँडफाँडमा मात्रै आफ्नो दैनिकी बिताइरहेका छन् । तिनीहरूको दौडधूपले ‘……. लाई भन्दा देख्नेलाई लाज’ भएको छ । दर्जनौँपटक एउटै विषयमा तिनीहरू लामा लामा बैठक बस्छन् केवल पद बाँडफाँडकै लागि, सहमतिकै लागि ।
दशकौँदेखि शासक दलका नेताहरूले जनअपेक्षाविपरीत गतिविधिलाई निरन्तरता दिँदै गर्दा देशमा बाहिरी शक्तिराष्ट्रहरूको हस्तक्षेप पनि सोही अनुपातमा बढिरहेको छ । यो सृङ्खला यसरी अगाडि बढेको दृष्टिगोचर हुन्छ कि सभामुख, प्रधानमन्त्री या राष्ट्रपति पदमा समेत यी नामावलीमध्येबाट राख्नुपर्ने आवश्यकताबोध मात्रै गर्दैनन्, निर्देशनात्मक भाषा बोल्न थालिसकेका छन् छिमेकी मुलुकका जिम्मेवार नेताहरू । तिनीहरूका यस किसिमका अभिव्यक्ति नेपालको सावभौमिकतामाथिको ठाडो हस्तक्षेपको रूपमा लिन्छन् कूटनीतिक व्यक्तित्वहरू । एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकका लागि कुनै पनि प्रकारका बाह्य हस्तक्षेप स्वीकार्य हुने कुरै भएन ।
एकातिर मुलुकको राजनीतिमा विदेशी चासो र हस्तक्षेप हाबी भइरहेको छ भने अर्कोतिर स्वयम् नेपाली शासक दलका नेताहरूको व्यवहारले तिनीहरूको अभिव्यक्ति वा कदमलाई थप मलजल प्रदान गरिरहेको अनुभूति गरिँदै छ । नेताहरूको इमानदारिता, विचार र स्थिरतामा आएको चरम लापरबाही नै शक्तिराष्ट्रहरूको चलखेलको थलो बनेको अनुमान पनि गरिँदै छ । पद आफ्नो र आफ्नो वरिपरि नभए राजनीतिक भविष्य नै अन्योलमा पर्ने चिन्ताले नेताहरू ग्रसित भएका पो हुन् कि भन्ने शङ्का उत्पन्न हुन्छ । तिनीहरू हरपल पदको छलफल वा बार्गेनिङमा व्यस्त भएका लख काट्न कठिन छैन ।
शासक दलका नेताहरूमा अलिकति भए पनि वैचारिक अडान बाँकी भएको भए, राजनीतिक इमानदारिता बाँकी भएको भए र देश र जनताप्रतिको जिम्मेवारीबोध बाँकी भएको भए आजको परिस्थिति उत्पन्न हुने थिएन । आज जुन परिस्थिति उत्पन्न भयो त्यसले न देशलाई हित पु¥याउँछ, न त जनतालाई । शासक दलका नेताहरूको क्षणिक हितमा लाग्दा कतै कालान्तरमा पछुताउनुपर्ने दिन नआउला ?
सत्ता र पद प्राप्तिका लागि गठबन्धनको राजनीतिलाई आफ्नो संस्कारकै रूपमा अगाडि बढाउँदै आएका नेताहरूबाट यो देशलाई खतरा उत्पन्न भएको कुरामा विवाद आवश्यक देखिँदैन । गठबन्धन र सहमतिबाटै सबै प्रकारका राजनीतिक समस्याहरूको समाधान ननिस्कने यथार्थलाई आत्मसात गर्न नसक्दा गठबन्धन नै देश र जनताको लागि घाँडो बन्न पुगेको छ । राजनीतिक अस्थिरताको कारक बन्न पुगेको छ ।
राजनीतिमा निर्लज्ज तवरमा प्रस्तुत भएका वर्तमान प्रधानमन्त्रीको बेलाबेलामा हुने ‘यु टर्न’ ले पनि राजनीति दूषित बन्दै गइरहेको अनुभूति धेरैले गरेका छन् । सत्ताको वरिपरि घुमिरहने स्वभावका ‘धनी’ उनले पदको लागि कहिले काङ्ग्रेससँग त कहिले एमालेसँग तालमेल गरिरहेका छन् । यसले राजनीतिलाई विकृत बनाएको मात्रै छैन बरु राजनीतिप्रति आम मानिसको बुझाइ नै गलत हो कि भने भ्रम पैदा गरेको छ । निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन काङ्ग्रेससँग तालमेल गरेका उनले हिजो प्रधानमन्त्री बन्नका लागि एक्कासि एमालेसँग सत्ता समीकरण गरे । एमालेको आडमा उनी प्रधानमन्त्री भए । तर, आज राष्ट्रपतिको विषयमा एमाले नेतृत्वसँग कुरा नमिल्दा उनी पुनः ‘यु टर्न’ गर्न पुगे र काङ्ग्रेससँगको समीकरणलाई पुनः जोड दिन पुगे । शीर्ष नेताहरूको यस किसिमको प्रवृत्तिले राजनीतिक स्थिरताको कल्पना गर्नु ठूलो कमजोरी हो । ‘माछा आए दुला हात सर्प आए बाहिर हात’ ले देशको राजनीति सङलो होइन थप दूषित हुने छ । यस प्रकारका प्रवृत्तिविरुद्ध जनजागरण ल्याउन सकेमात्रै नेपाल र नेपालीको भविष्य राम्रो हुनेछ । गलत पात्रले राम्रो सन्देश दिने गर्दैन, राम्रो सन्देशको अपेक्षा गर्नका लागि राम्रो पात्र हुनुपर्दछ । आजका शासक दलका नेताहरू देशको राजनीतिक स्थिरताका लागि अयोग्य प्रमाणित भइसकेका छन् । ‘धमिलो पानीमा माछा मार्न उद्यत’ हरूका लागि ‘पानी धमिलो’ बनाउने र भाग पाउने काममात्रै तिनीहरू गर्न सक्छन् । तिनीहरू राम्रा भएनन् । देशभक्त र प्रजातन्त्रवादी पनि हुन सकेनन् ।
हिजो प्रधानमन्त्री पदको लागि आफूले खाएको थालमा फोहोर गर्नेले आज राष्ट्रपति पदको लागि र आफ्नो पद जोगाउनको लागि पुनः फोहोर थालमा खान जाने गल्ती गर्दै छन् । यस्ता मनोवृत्ति भएका नेताले भोलि के गर्ला अहिल्यै भन्न सकिन्न । तर, राम्रो गर्दैन, यो पक्का हो । राजनीतिमा इमानदारिता अत्यावश्यक मानिन्छ । कोही इमानदार हुन्छु भनेर हुने कुरा पनि होइन । यो मानवीय प्रवृत्तिको कुरा हो । प्रवृत्ति सामान्य संस्कारसँग सम्बन्धित हुन्छ । राजनीति गर्ने व्यक्तित्वमा इमानदारिता चाहिन्छ, राजनीतिक संस्कार हुनुपर्दछ । इमानदारिताको स्थानमा धुत्र्याइँ, धोका र विश्वासघात गर्ने बानीलाई नै आफ्नो राजनीतिक संस्कारको रूपमा अगाडि बढाउने नेता कार्यकर्ताहरूबाट राम्रो परिणामको आशा गर्नु व्यर्थ हुन्छ । तिनीहरूबाट सही संस्कारको आशा गर्नु मूर्खता हो । यस प्रकारको प्रवृत्ति अँगाल्नेले भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
Leave a Reply