भर्खरै :

चिनियाँ मुद्रा युआनले अमेरिकी डलरलाई विस्थापित गर्ने कारण : रुस युक्रेन युद्ध ?

चिनियाँ मुद्रा युआनले अमेरिकी डलरलाई विस्थापित गर्ने कारण : रुस युक्रेन युद्ध ?

रुसले अमेरिकी डलरमा आफ्नो निर्भरता घटाउन वर्षौँदेखिको प्रयासको आगोमा युक्रेन युद्धले घ्यु थपेको छ । २०२२ मा युक्रेन युद्ध सुरु भएपछि रुसले अमेरिकी डलरमुक्त अर्थतन्त्र बनाउनेतर्फ आफूलाई तीव्ररूपमा अगाडि बढाएको छ । रुस र युक्रेन युद्ध सुरु भएपछि पश्चिमी प्रतिबन्धहरूको प्रतिक्रियास्वरूप रुसको केन्द्रीय बैङ्कले अमेरिकी डलर घटाउँदै विदेशी मुद्रा बजारमा चिनियाँ युआन किन्न थालेपछि चिनियाँ मुद्राले विश्व मुद्रा बजारमा अमेरिकी डलरलाई प्रतिस्थापन गर्ने हो कि भनेर एकाएक चर्चा चुलिएको थियो । रुसको मुद्रा व्यापारमा युआनको अंश २०२२ मा १ प्रतिशतबाट बढेर ४०–४५ प्रतिशत पुगेको छ जबकि डलरको व्यापार ८० प्रतिशतबाट ४० प्रतिशतमा झरेको छ ।
पश्चिमी प्रतिबन्धले रुसलाई अमेरिकी प्रभुत्वको अन्तर्राष्ट्रिय वित्तीय संरचनाबाट बाहिर निकालेको छ । रूसी बैङ्कहरूलाई ‘विश्वव्यापी अन्तर–बैङ्क वित्तिय सन्देशको लागि समाज’ प्रणाली ९क्ध्क्ष्ँत्० बाट निलम्बन गरियो । वासिङ्टन र ब्रसेल्सले रुसी केन्द्रीय बैङ्कको ३ सय अर्ब अमेरिकी डलर विदेशी मुद्रा सञ्चितिलाई पनि निलम्बन ग¥यो । यसको प्रतिक्रियास्वरूप रूसको केन्द्रीय बैङ्कले मुद्रा बजारमा अमेरिकी डलर र यूरोपमा कारोबार नगरी चिनियाँ युआनलाई प्रयोगमा ल्यायो । एक वर्षभन्दा कम अवधिमा युआनले रुसमा सबैभन्दा बढी प्रयोग हुने विदेशी मुद्राको रूपमा डलरलाई प्रतिस्थापन गरेको छ ।
बढ्दो भूराजनीतिक द्वन्द्व र अमेरिकाको नयाँ शीतयुद्धले उत्तेजित रुस, चीन, इरान अमेरिकी डलरबाट मुक्त हुन वा कमसेकम आफ्नो विदेशी मुद्रा भण्डारलाई विविधीकरण गर्न प्रयास गरिरहेको अवस्थामा चिनियाँ मुद्रा युआन नै विकल्पको रूपमा यी मुलुकले अपनाउन थालेका छन् । साउदी अरबले चीनसँगको तेल निर्यातमा युआनमै कारोवार गर्ने निर्णय गरेको छ । डलरलाई चुनौती दिँदै रूसले पहिले नै आफ्नो तेल र ग्यास आयातकर्ताहरूलाई आफ्नो मुद्रा रूबलमा भुक्तानी गर्नुपर्ने नियम बनाइसकेको छ ।
चीनको योजना
अमेरिकी डलरलाई प्रतिस्थापन गर्दै चीनको मुद्रालाई विश्वको सञ्चित मुद्राको रूपमा स्थापित गर्न चीनले दीर्घकालीन योजना ल्याउदै छ । चिनियाँ अर्थतन्त्रको आकार र व्यापार प्रवाहले चीनको यो प्रयासलाई मद्दत गर्ने छ । चीनले विदेशी केन्द्रीय बैङ्करहरूलाई चिनियाँ युआनलाई सञ्चितमा राख्न प्रोत्साहित गर्दैछ । सन् २०२२ मा यस अभियानलाई अगाडि बढाउन द पिपुल्स बैङ्क अफ चाइनाले पाँच राष्ट्र र बैङ्क फर इन्टरनेशनल सेटलमेन्टसँग सहकार्य गर्ने घोषणा ग¥यो । चीन, इन्डोनेसिया, मलेसिया, हङकङ, सिङ्गापुर र चिलीले प्रत्येक–१५ अर्ब युआन अर्थात् २.२ अर्ब डलर युआन तरलता व्यवस्थामा योगदान गर्ने छन् ।
यसैबिच चिनियाँ युआन पहिले नै रुसमा वास्तविक रिजर्भ मुद्रा बनिसकेको छ । युक्रेनमाथिको आक्रमणका कारण पश्चिमा राष्ट्रबाट प्रतिबन्धको सामना गरेपछि रुसी नेतृत्व चीनतर्फ फर्केको थियो । अब रूसको विदेशी सञ्चितिको १७ प्रतिशत युआनमा रहेको छ । युआन पनि मस्को एक्सचेन्जमा तेस्रो सबैभन्दा बढी माग गरिएको मुद्रा हो । रुस र चीनबिचको सम्बन्ध बलियो हुँदै जाँदा युआनको सञ्चित मुद्राको हैसियत अझ बलियो भएको छ  ।
अमेरिकी अर्थशास्त्री बर्कलेका ब्यारी इचेनग्रीन र फ्रान्सको केन्द्रीय बैङ्कका क्यामिल म्याकेयरलगायत अर्थशास्त्रीहरूले युआनको सञ्चित मुद्राको रूपमा सम्भाव्यताको विश्लेषण गर्ने एउटा अनुसन्धानात्मक लेख प्रकाशित गरे । उनीहरूका अनुसार अमेरिकी डलरलाई प्रतिस्थापन गर्न सजिलो र चाँडो नभए पनि चीनसँग राम्रो व्यापारिक सम्बन्ध भएका देशहरूमा युआनको सञ्चिति निरन्तर बढिरहेको छ । त्यसैले युआनलाई बहुध्रुवीय संसारमा अमेरिकाको डलरको विकल्प बनाउन सकिन्छ । यसको अर्थ हो चिनियाँ मुद्रा युआनले संसारलाई कालान्तरमा डलरको प्रभुत्वबाट मुक्त गर्न सक्छ । अध्ययनमा संलग्न अर्थशास्त्रीका अनुसार युआनको हालको स्थिति १९५० मा अमेरिका डलरसँग मिल्दोजुल्दो रहेको बताए । यस टिप्पणीको आधारमा चिनियाँ मुद्रा युआनले अमेरिकी डलरको अहिलेको हैसियत प्राप्त गर्न केही दशकमात्र लाग्न सक्ने अनुमान गर्न सकिन्छ । यदि पूर्वानुमानहरू सही हुने हो भने दीर्घकालीन लगानीकर्ताहरूले युआन–निर्धारित सम्पत्तिहरू र युआनमा आम्दानी हुने चिनियाँ स्टकहरूमा लगानी गर्नुपर्ने उनीहरूको सुझाव रहेको छ ।
कसरी मुद्राले सञ्चित सम्पत्तिको हैसियत प्राप्त गर्छ ?
सञ्चित मुद्राको हैसियत प्राप्त गर्ने औपचारिक प्रक्रिया नभई विश्वसनीयताको प्रतियोगिता जित्नुजस्तै हो । सञ्चित मुद्रा बन्नको लागि मुद्रामा धेरै विशेषताहरू हुनुपर्दछ जसले यसलाई अन्य देशहरू र केन्द्रीय बैङ्कहरूलाई आकर्षित गर्दछ । स्थिरता र विश्वसनीयता, व्यापक स्वीकार्यता, तरलता, परिवर्तनीयता भएको मुद्रा सञ्चित सम्पत्तिको रूपमा ग्रहण गरिन्छ । सञ्चित मुद्राको लागि एक स्थिर र विश्वसनीय मौद्रिक नीति, साथै एक स्थिर राजनीतिक र आर्थिक वातावरण आवश्यक छ । त्यसैगरी, सञ्चित मुद्रालाई विश्वव्यापी रूपमा स्वीकार्नु आवश्यक छ । यसले देशहरूलाई अन्तर्राष्ट्रिय लेनदेन र रिजर्भ सम्पत्तिको रूपमा प्रयोग गर्न सजिलो बनाउँछ । सञ्चिति मुद्रा बनाउने अर्को महत्र्वपूर्ण कारक तरलता हो । सञ्चित मुद्रा अत्यधिक तरल हुनुपर्छ, जसको अर्थ सजिलैसँग किन्न र ठूलो मात्रामा मूल्य उतार–चढावबिना बेच्न सकिन्छ । अर्थतन्त्रको आकार अर्को महत्र्वपूर्ण पक्ष हो । ठूलो र स्थिर अर्थतन्त्र भएको र अन्तर्राष्ट्रिय व्यापार र वित्तमा महत्र्वपूर्ण भूमिका खेल्ने देशको मुद्रा सञ्चित सम्पत्ति हुन्छ । त्यसैगरी, परिष्कृत वित्तीय बजारले पनि उक्त देशको मुद्रालाई सञ्चित मुद्रा बनाउँछ जसले लगानीकर्ताहरूलाई विभिन्न वित्तीय उपकरण र सेवाहरू प्रदान गर्दछ ।
१४५० देखि छ वटा प्रमुख सञ्चित मुद्रा अवधिहरू छन् । पोर्चुगलको मुद्राले १५३० सम्म विश्वव्यापी मुद्रा भण्डारणमा प्रभुत्व जमायो । त्यसपछि स्पेन बलियो भयो र उसकै मुद्राले विश्वमा प्रभुत्व जमायो । नेदरल्यान्ड्स र फ्रान्सद्वारा जारी मुद्राहरूले १७ औँ र १८ औँ शताब्दीको धेरै अवधिसम्म विश्व व्यापारमा प्रभुत्व जमाए । तर, ब्रिटिश साम्राज्यको उदयले पहिलो विश्वयुद्धको अन्त्यसम्म पाउण्ड स्टर्लिङ्गलाई सञ्चित मुद्रा बनायो । अमेरिकाले बेलायतमाथि आर्थिक श्रेष्ठता प्राप्त गरेपछि संयुक्त राज्य अमेरिकी डलरले पाउन्डलाई विस्थापित ग¥यो ।
पछिल्लो घटनाक्रमलाई हेर्दा के चीनको युआनले विश्वको प्रमुख मुद्राको रूपमा रहेको अमेरिकी डलरलाई प्रतिस्थापन गर्न सक्छ ? भन्ने प्रश्न उब्जिएको छ । चीनको अर्थतन्त्र धेरै हदसम्म अत्यन्त सफल भएको मानिन्छ । यसको सकल घरेलु उत्पादन अमेरिकी डलर १८.३२ ट्रिलियन संयुक्त राज्य अमेरिकापछि दोस्रो स्थानमा छ । यो अमेरिकापछि विश्वको दोस्रो ठूलो व्यापारिक राष्ट्र पनि हो । तर, अमेरिकी डलरको ८७ प्रतिशत बजार हिस्सासँग तुलना गर्दा चीनको मुद्रा युआनले ओगटेको विश्व व्यापारको ३ प्रतिशत सा¥है थोरै हो । चीनको आर्थिक र राजनीतिक शक्तिको बाबजुद चिनियाँ मुद्राले विश्वव्यापी प्रवाह कायम गर्न अझै सकेको छैन । अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भका अनुसार अमेरिकी डलर विश्वव्यापी व्यापारको लगभग ८० प्रतिशत हुन आउँछ र डलरले २०२१ सम्म विश्वव्यापीरूपमा खुलासा गरिएको आधिकारिक विदेशी भण्डारको लगभग ६० प्रतिशत हुन्छ । तर, अब यो अवस्थामा परिवर्तन हुने छाँटकाट देखिँदै गएको छ । हालका वर्षहरूमा यी सबै बजार र उपकरणहरूमा डलरको पकड क्रमशः घट्दै गएको छ । तर, अन्य कुनै पनि मुद्रा डलरको स्तर नजिक छैनन् । चिनियाँ युआनले अमेरिकी डलरलाई अहिले नै विस्थापित गर्न नसके पनि निश्चितरूपमा भूराजनीतिक र समष्ट आर्थिक प्रवृतिले गर्दा युआन विश्वव्यापी मुद्रामा पहिलो स्थान ओगट्ने सम्भावना देखिँदैछ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *