भर्खरै :

क्वाछेँ र ब्यासीमा खानेपानीको नयाँ पाइपलाइन विस्तार गर्न निरीक्षण

क्वाछेँ र ब्यासीमा खानेपानीको नयाँ पाइपलाइन विस्तार गर्न निरीक्षण

भक्तपुर, १६ फागुन । भक्तपुर नगरपालिका वडा नं. ५ क्वाछेँ क्षेत्रमा खानेपानीको नयाँ पाइपलाइन विस्तार गर्ने सन्दर्भमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, २ नं. वडाका वडाध्यक्ष हरिप्रसाद बासुकला, केयूकेएल भक्तपुरका प्रमुख चेतबहादुर ऐर र पुरातत्व विभागका प्रमुख अरूणा नकर्मीले मङ्गलबार उक्त क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएको छ ।
निरीक्षणको क्रममा लामो समयदेखि खानेपानीको समस्या भइरहेको क्वाछेँ र ब्यासीलगायतमा नयाँ पाइपलाइन विस्तारसँगै खानेपानी व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो ।
भक्तपुर नगरभित्रको खानेपानी पाइपलाइन पुरानो हुँदै गएकोले खानेपानी विस्तारमा समस्या भइरहेको कुरालाई मध्यनजर गर्दै मेलम्चीको पानी नगरका सम्भव भएका ठाउँहरूमा भक्तपुर नगरपालिकाले नयाँ पाइपलाइन विस्तार गर्ने योजनालाई अगाडि बढाउँदै आएको छ । सोही क्रममा नपाले विभिन्न क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्न अध्ययनको थालनी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *