भक्तपुर नगरपालिका वडा नं. २ मा स्वास्थ्य शिविर
- बैशाख ३१, २०८३
बाँके । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको सीमा सुरक्षा र सार्वभौमिकता रक्षाको लागि सङ्घर्ष नगर्ने राजनीतिक दलहरू देश र जनताको नहुने उल्लेख गर्नुभयो ।
उहाँले फागुन १५ गते कोहलपुरस्थित नेपाल टेलिभिजन प्रसारण केन्द्रका पत्रकार दुर्गा भट्टसँगको ‘बिहानी संवाद’ कार्यक्रममा भन्नुभयो, “माओवादी गृहयुद्धको बेला भारतसँगको सीमा चौकी उडाइएको हुँदा भारतीय एसएसबीलाई नेपालको भूमि अतिक्रमण गर्न सजिलो भएको छ , सीमा नक्सा बनाउन पुगेका नापी कार्यालयका कर्मचारीहरूलाई माओवादीले काम गर्न नदिएपछि कर्मचारीहरू भारत गएर सीमा नक्सा बनाउन बाध्य भए । त्यही नक्साअनुसार सीमा स्तम्भ गाडिँदा नेपालीसँग धनीपुर्जा भएको हजारौँ हेक्टर नेपाली भूमि भारततर्फ प¥यो ।”
“सुगौली सन्धियता राणा शासकहरूले नेपाली युवालाई गोर्खा भर्तीमा लगेर पहिलो र दोस्रो विश्वयुद्धमा लडाए मराए । यसरी नेपाली युवालाई भाडाको सिपाही बनाएर करोडौँ करोड पाउन्ड राणा शासकहरूले लिए र त्यो रकम नेपालीको लागि लगानी नगरी भारतमा घर जग्गा जोडे । राणा शासकहरूको सम्पत्ति १० प्रतिशत पनि नेपालमा छैन । भारतलगायत विदेशमा अवैध ढङ्गले थुपारेको सम्पत्ति सरकारले नेपालमै ल्याएर राष्ट्रियकरण गर्नु जरूरी छ ।” सांसद सुवालले जोड दिनुभयो ।
उहाँले दाल, चामल, तरकारी, खाना पकाउने ग्यास भारतबाट ल्याइएको हुँदा देशमा आर्थिक सङ्कट र बेरोजगारी बढेको उल्लेख गर्दै स्रोत नखुलेको सम्पत्ति र निजी बैङ्क राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
प्रम, मन्त्री, सांसद र उच्च अधिकारीहरूलाई काठमाडौँमा घर जग्गा किन्न नपाउने, आ–आफ्नै निर्वाचन क्षेत्रमा जनतासँगै बस्नुपर्ने कानुन बनाउनुपर्नेमा जोड दिँदै सांसद सुवालले देशघाती एमसीसी सम्झौता, एसपीपी साझेदारी खारेज गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बङ्गलादेश, भारत, पाकिस्तान, दक्षिण कोरियामा भ्रष्टाचार गर्ने राष्ट्रपति, प्रम, मन्त्रीलाई जेल राखिन्छ तर नेपालमा जेल राख्नुपर्नेहरू सिंहदरबार कब्जा गरेर बस्छन्, सांसद सुवालले उल्लेख गर्नुभयो ।
Leave a Reply