यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
-अञ्जली मोदे
महिलामाथि यौन दुव्र्यवहारको विरोधमा शुक्रबारदेखि बनारस हिन्दु विश्वविद्यालयका छात्राहरुले शुरु गरेको आन्दोलनमाथि प्रहरी दमन भएको छ । शनिबार राति प्रहरीले विश्वविद्यालयको मुलद्वारमा प्रदर्शन गरिरहेका प्रहरीले दमन गरेका थिए । सो क्रममा कयौं विद्यार्थीहरु घाइते भएका थिए । घटना भएको समय प्रधानमन्त्री मोदी बनारसमा थिए । विद्यार्थीहरुले मुलद्वारमा प्रदर्शन गर्दै गर्दा उनी त्यही बाटोबाट आउने कार्यक्रम थियो । तर विद्यार्थीहरुको प्रदर्शन छल्न उनले आफ्नो बाटो परिवर्तन गरेका थिए । सोही सन्दर्भमा अञ्जली मोदेले लेखेको यो विचार प्रस्तुत छः
बनारस हिन्दु विश्वविद्यालयका छात्राहरुले आफूमाथि हुने गरेको यौन हिंसाको बयान सत्य हो । यो भारतीय महिलाले आफ्नो जीवनमा हरेक दिन भोग्ने गरेको सत्य हो । भारतीय महिलाले यौन हिंसालाई सामान्य घटनाको रुपमा सहन तयार नहुनु वा स्वीकार नगर्नु वा चुप लागेर नबस्नु उनीहरुको सशक्तिकरणको प्रमाण हो ।
भारतमा बन्ने सबै सरकार महिला सशक्तिकरणको कुरा गर्छन् । बनारस हिन्दु विश्वविद्यालयका उपकुलपति र उनले नेतृत्व गरेको प्रशासनले आफ्नो सुरक्षाको लागि सङ्घर्षमा उत्रेका छात्राहरुलाई ‘राष्ट्रघाती’ शक्ति देखे । छात्राहरुको आन्दोलनलाई उनीहरुले ‘प्रचारबाजी’ र भारतका प्रधानमन्त्रीलाई निशाना बनाएर गरिएको ‘पूर्णतः राजनीतिक’ गतिविधिको संज्ञा दिएका छन् ।
बनारस हिन्दु विश्वविद्यालय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा पर्दछ । राम्रो–नराम्रो जे भए पनि, बनारस हिन्दु विश्वविद्यालयमा पढिरहेका र त्यहाँको छात्रावासमा बसिरहेका छात्राहरुलाई पनि मोदीले प्रतिनिधित्व गरिरहेका छन् । त्यसकारण यदि ती छात्राहरुले आफ्नो अवस्थाबारे मोदीको ध्यानाकर्षण गर्न पनि त्यो प्रदर्शन गरिरहेको भए त्यो उनीहरुको अधिकार हो । तर विश्वविद्यालयका उपकुलपतिले यो कुरा बुझ्न सकेनन् ।
हामीलाई बरोबार भन्ने गरिएको छ, प्रधानमन्त्री देशका नेता हुन् । शाब्दिक रुपमा यो वाक्य सत्य हो । झुठा शब्दहरुमा व्यक्त महिला सशक्तिकरणका नाराबाहेक महिलाको समर्थनमा र उनीहरुले भोगिरहेका वास्तविक समस्याबारे उनी एक शब्द पनि बोल्ने गर्दैनन् ।
विगतमा पनि महिलामाथि दुव्र्यवहारको कुरा उठ्दा मोदी अधिकांशतः मौन रहने गरेका छन् । उनी केही पनि नभएको जस्तै गरी खुरुखुरु आफ्नो काममा लाग्ने गरेका हुन्छन् । बनारसमा उनी एउटा गाई स्वास्थ्य शिविर र ढल निकासको उद्घाटन गर्दैथिए ।
सम्मानको विचार
आफ्नै निर्वाचन क्षेत्रका छात्राहरुले विश्वविद्यालय क्याम्पसमा सुरक्षाको माग गरिरहेका बेलामा भारतका प्रधानमन्त्री र बनारसबाट व्यवस्थापिका सदस्य नरेन्द्र मोदी भने ‘गाईको सेवा’ गरेको भन्दै आत्मसन्तुष्टि लिइरहेका थिए । चुनावमा मतसँग त्यो सेवाको कुनै अर्थ छैन । गाई कसैको मतदाता होइनन् । जब आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुले सुरक्षाको माग गर्दै गर्दा मोदी भने ‘इज्जत घर’ भन्दै शौचालय उद्घाटनमा व्यस्त थिए । ती शौचालयहरु भारतीय महिलाको इज्जत जोगाउन बनाइएको भनिएको छ ।
संविधानले जनतालाई दिएका सबै मौलिक अधिकारहरु हरेक दिन उल्लंघन भइरहेको बेला सम्मानको के अर्थ रहन्छ र ? बनारस हिन्दु विश्वविद्यालयका महिलाहरुलाई शौचालयको कुनै कमी छैन तर एक जना नागरिकको रुपमा उनीहरुले पाउनु पर्ने अधिकार दिनदिनै खोसिएको छ । आफ्नो मतबाट चुनाव जितेको एक जना प्रतिनिधिबाट उनीहरुले आशा गर्ने सबभन्दा न्युनतम कुरा भनेको सबैतिर महिलाहरुको सुरक्षा हो । कम्तीमा उनी जितेको निर्वाचन क्षेत्रमा त्यसको अपेक्षा हुनु स्वाभाविक हो । गाई र फोहोरसँगै आफूबारे पनि मोदीले केही बोलिदिओस् भन्ने ती छात्राहरुको अपेक्षा हो ।
तर भारतका सबभन्दा शक्तिशाली राजनीतिज्ञ र सो क्षेत्रका सांसद नरेन्द्र मोदीले विश्वविद्यालयका छात्राहरुलाई भेट्न नपरोस् भनी विश्वविद्यालयको गेट पार गर्नुपर्ने बाटो नै बद्लिएर अर्को बाटोबाट गए । जब कोही सांसदले आफ्नो क्षेत्रलाई नै उपेक्षा गर्दछ भन्ने त्यहाँ प्रश्न उठ्ने गर्दछः के प्रधानमन्त्री ती छात्राहरुसँग डराएका हुन् ? आफ्नो अधिकारको लागि लडिरहेका छात्राहरुबाट मोदी डराएका हुन् ? के ती महिलाहरु गाईलाई दिएको सम्मान दिन जत्तिको पनि लायकका छैनन् ?
स्क्रोल.आइएन
Leave a Reply